नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • 'वीपी मार्ग' मा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको पदयात्रा सुरु
'वीपी मार्ग' मा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको पदयात्रा सुरु
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस २३, २०८१ बागेश्वरी पोस्ट
'वीपी मार्ग' मा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको पदयात्रा सुरु

नेपालगञ्ज । नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेले बिपी मार्गमा पदयात्रा सुरु गरेको छ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर आजदेखि कांग्रेस क्षेत्र नम्बर १ बाँकेले वीपी मार्गमा दुई दिने पदयात्रा सुरु गरेको हो । 

कोहलपुरको खड्कवार हुँदै सल्यान घुइयावारी जोड्ने उक्त सडकको प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. वीपी कोइरालाले शिलान्यासको तयारी गरेका थिए । र, तत्कालीन अवस्थामै बजेट समेत विनियोजन गरेका थिए । खड्कवार–घुइयावारी, दाङ–सल्यान, बुटवल–पाल्पा, धनकुटा–हिले सडक निर्माणका लागि बजेट विनियोजन गर्दै शिलान्यासको तयारी गरेका थिए । संसदमा समेत उनले ती सडक निर्माण गर्ने गरी तयारी गरिएको जानकारी समेत दिएका थिए । 

तर, राजा महेन्द्रले वि.सं. २०१७ साल पुस १ गते ‘कु’ गरेसँगै सडक निर्माणको काम अलपत्र परेको हो । खड्कवार–घुइयावारी सडकका लागि विनियोजित बजेटले बबई-छिन्छु-सुर्खेत सडक निर्माण भयो । तर, अहिलेसम्म कोहलपुरको खड्कवार हुँदै सल्यान घुइयावारी जोड्ने उक्त सडक निर्माणले पूर्णता पाउन सकेको छैन । यो सडक सल्यान कोहलपुर आउजाउका लागि निकै चलनचल्तीको मानिन्छ । सल्यानबाट कोहलपुर–नेपालगञ्ज झर्नु प¥यो भने अधिकांश मानिसहरुले यही खण्डलाई प्रयोग गर्थे । यो दूरीका हिसाबले पनि अत्यन्तै छोटो छ । खड्कवार हुँदै सल्यान घुइँयावारी पुग्न २० किलोमिटर भन्दा कम छ । यो लुम्बिनी प्रदेश र कर्णाली प्रदेश जोड्ने महत्त्वपूर्ण सडक समेत हो । वीपी कोइरालाको परिकल्पना र आवश्यकता समेत रहेको उक्त सडक निर्माणमा दवाव दिन वीपी मार्गमा पदयात्रा गर्न लागिएको क्षेत्रीय सभापति पोषण केसीले जानकारी दिए ।

May be an image of 5 people and text

"पार्टीका संस्थापक नेता बीपी कोइराला लगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ का रुपमा मनाउने गरिन्छ," केसीले भने–"त्यही सन्दर्भ पारेर वीपी मार्गमा पदयात्रा गरिएको हो ।" चालू आर्थिक वर्षका लागि यो सडक निर्माणका लागि बजेट समेत विनियोजन भएको छ । प्रकाश ज्वाला भौतिक पूर्वाधार मन्त्री भएका बेला बजेट विनियोजन भएको हो । विनियोजित बजेटलाई कार्यान्वयन गर्नका लागि दवाव स्वरुप पनि यो पदयात्रा गर्न लागिएको क्षेत्रीय सभापति केसीले बताए । 

May be an image of 10 people, tree and text

पदयात्रामा कांग्रेसको एक सय दिने केन्द्रीय अभियानका बाँके जिल्ला प्रतिनिधि केन्द्रीय सदस्य कृष्ण किशोर शर्मा घिमिरे, बाँके जिल्ला सभापति नारायण प्रसाद गौडेल, लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुसाल, बाँके सचिव सुधांशु कोइराला लगायत करीब ३० जना नेता कार्यकर्ताहरू सहभागी भएको क्षेत्रीय सचिव खुम बहादुर बस्नेतले बताए । पदयात्रा शुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने पनि उपस्थित थिए । 

May be an image of 8 people and text

May be an image of 6 people and textMay be an image of 4 peopleMay be an image of 9 peopleMay be an image of 3 people and treeMay be an image of 3 people, tree and text

 
 


प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १८:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फागुन २१ को निर्वाचनका लागि नेकपा बाँकेद्वारा उम्मेदवार सिफारिस
फागुन २१ को निर्वाचनका लागि नेकपा बाँकेद्वारा उम्मेदवार सिफारिस
नेपालगञ्ज जेसीज वर्ष २०२६ अध्यक्षमा मोहित बाबु शर्मा निर्वाचित, कार्यकारी उपाध्यक्षमा बिष्णुसहित दुई जना
नेपालगञ्ज जेसीज वर्ष २०२६ अध्यक्षमा मोहित बाबु शर्मा निर्वाचित, कार्यकारी उपाध्यक्षमा बिष्णुसहित दुई जना
बाँके काँग्रेसको नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को उद्घाटन
बाँके काँग्रेसको नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को उद्घाटन
कांग्रेस केन्द्रीय सदस्य गिरीले गरे उपसभापति लड्ने घोषणा
कांग्रेस केन्द्रीय सदस्य गिरीले गरे उपसभापति लड्ने घोषणा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP