prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • ४१औं जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सम्पन्न
४१औं जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस २४, २०८१ बागेश्वरी पोस्ट
४१औं जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सम्पन्न

नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा ४१औं जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सिधनवामा आज सम्पन्न भएको छ । गोष्ठीको उद्घाटन गर्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले रेडक्रसको कार्यक्रममा आउँदा मानवताको उर्जा प्राप्त हुने गरेको बताउँदै विपद् हुनासाथ सबैले रेडक्रसलाई सम्झने गरेको उल्लेख गरे । उनले अहिले मानवता हराइरहेकोले बालबालिकाहरुलाई नैतिक शिक्षा दिन शिक्षकहरुलाई अनुरोध गर्दै पालिकास्तरको विपद् व्यवस्थापन सम्बन्धि योजना निर्माणमा बाँके रेडक्रसले सहयोग गरेको धारणा व्यक्त गरे ।

कार्यक्रममा बर्षभरी संचालन भएका प्रतियोगिताहरुका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । यसरी सम्पन्न भएका प्रतियोगिताहरुमा निबन्ध, कविता र चित्रकला रहेका थिए । उक्त प्रतियोगिताका विजेता प्रथमलाई १ हजार ५ सय, दोश्रोलाई १ हजार र तृतीयलाई ५ सय नगद पुरस्कार र प्रमाणपत्र तथा आतिथ्यता ग्रहण गर्ने विद्यालयलाई प्रशंसापत्र प्रदान गरिएको छ । युवा रेडक्रस सर्कल सिद्धेश्वर मावि सिधनवाको आतिथ्यतामा भएको कार्यक्रमको बन्दसत्रमा शैक्षिक सत्र २०८२ का लागि ४२औं जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी, प्रधानाध्यापक तथा शिक्षक नायक गोष्ठी, निबन्ध, कविता र चित्रकला प्रतियोगिता आयोजना गरिने योजना तर्जुमा भएको छ । 

उद्घाटन सत्र नेरेसो जुनियर तथा युवा रेडक्रस विकास समितिका संयोजक यमनारायण महतोको अध्यक्षतामा र बन्दसत्र जुरेस समिति सदस्य एवं युवा सर्कल सिद्धेश्वरका शिक्षक नायक दिर्घराज बजगाईको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा २८ वटा विद्यालय सर्कलका शिक्षक नायक, छात्र छात्रा र १४ वटा उपशाखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।  

कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष पौडेल, वडा नम्बर ६ का वडा अध्यक्ष लबराज खरेल, नेरेसो बाँके शाखाका मन्त्री अजिज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उपकोषाध्यक्ष दुखीराम लोनिया, उपमन्त्री तेजबहादुर सुवेदी, सोनारी उपशाखा सभापति यज्ञनारायण शर्मा, शाखाका उपनिर्देशक दोलखबहादुर डाँगी, सिद्धेवर माविका प्रअ ओम प्रकाश पुन, नेरा मावि गुलरीका शिक्षक नायक पुष्पराज खड्का लगायतले विचार व्यक्त गरेका थिए भने कार्यक्रम संचालन सिद्धेश्वर माविका शिक्षक नारायणप्रसाद जैसीले गरेका थिए ।


प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १९:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP