prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सरकार र पार्टीलाई बाँकेका कांग्रेस नेता कार्यकर्ताको प्रश्नै प्रश्न
सरकार र पार्टीलाई बाँकेका कांग्रेस नेता कार्यकर्ताको प्रश्नै प्रश्न
RSG-2
संविधान संशोधनबारे प्रधानमन्त्रीको पछिल्लो अभिब्यक्तिले आशंका बढायोः साउद
बागेश्वरी पोस्ट
शुक्रबार, पुस २६, २०८१ बागेश्वरी पोस्ट
सरकार र पार्टीलाई बाँकेका कांग्रेस नेता कार्यकर्ताको प्रश्नै प्रश्न

नेपालगञ्ज । नेपाली कांग्रेसका नेता कार्यकर्ताले सरकार र स्वयम् पार्टीलाई थुप्रै प्रश्न गरेका छन् । नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा जिल्ला दौडाहमा रहेका केन्द्रीय सदस्यहरुसंगको कार्यकर्ता भेटघाट कार्यक्रममा स्थानीय नेता कार्यकर्ताले दुई ठूला दल मिलेर सरकार बनाउँदा पनि जनताले त्यसको सुखद अनुभूति गर्न नपाएको गुनासो गरे ।

सुशासन र समृद्धिका लागि सरकार बनेको भनिए पनि औचित्य पुष्टि हुन नसकेको उनीहरुको भनाई छ । जनआकांक्षा अनुरुप काम हुन नसकेकाले पार्टी सरकारमा हुँदा पनि समाजले थुप्रै प्रश्नहरुको गरिरहेको उनीहरुको तर्क छ । जनजिविकाका सवालदेखि जनसरोकारका विषयहरुमा नेता कार्यकर्ताले प्रश्न उठाएका छन् ।

पार्टीमा क्रियाशील सदस्यता नवीकरण र वितरण तथा कार्यकर्ताको उचित मूल्यांकन र मनोभावनालाई सम्बोधन गर्न नसकेको उनीहरुको टिप्पणी छ । महासमिति सदस्य मेघराज ओली, माया पुन, महाधिवेशन प्रतिनिधि भानुभक्त भट्टराई, संगिता थारु, जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, जिल्ला सदस्य देब बहादुर खाँड, पुरन सिंह ठकुरी, सीता काफ्ले, शारदा शर्मा, गोपाल गिरी, अरुण विक्रम शाह लगायतले जिज्ञासा राखेका थिए ।

May be an image of 7 people

त्यसक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री एनपी साउदले कांग्रेस-एमाले गठबन्धन सरकारलाई गल्ती गर्ने छुट नभएको बताएका छन् । साउदले मुलुकमा सुशासन र समृद्धि हासिल गर्नका लागि दुई ठूला दल मिलेर बनेको गठबन्धन सरकारबाट जनताको धेरै अपेक्षा रहेकाले गल्ती गर्ने छुट नरहेको बताए । भ्रष्टाचार, सुशासन, अर्थतन्त्रका विषयमा थुप्रै चुनौति देखिएको उनले बताए ।

कांग्रेसले संविधान संशोधन चाहेको स्पष्ट पार्दै उनले त्यसका लागि राष्ट्रिय सहमति भने आवश्यक रहेको बताए । संविधान संशोधनबारे प्रधानमन्त्रीको पछिल्लो अभिब्यक्तिले आशंका बढाएको उनको भनाई छ । सरकार बन्दा भएको सात बुँदे सहमतिमा पनि संविधान संशोधनको विषय उल्लेख भएको भन्दै उनले प्रधानमन्त्रीले आफ्नो अभिब्यक्तिलाई स्पष्ट पार्नुपर्ने बताए ।

नेपाली कांग्रेसलाई एकताबद्ध र सुदृढ गर्नुपर्नेमा जोड दिँदै साउदले १४औं महाधिवेशनको म्याण्डेट पनि एकताबद्ध कांग्रेस भएकाले सबै त्यसमा लाग्नुपर्ने बताए । उनले आफूहरुको भ्रमण कांग्रेसलाई मजबुत बनाउन रहेको बताए । बर्दियादेखि सुरु भएको यात्रा बाँके हुँदै कपिलबस्तु, नवलपरासी र नवलपुरसम्म पुग्ने उनको भनाई छ । टोलीमा साउदसहित केन्द्रिय सदस्यहरु डा. डिला संग्रौला, अब्दुल सत्तार र चम्पादेवी खड्का छन् । कार्यकर्ता भेटघाट कार्यक्रममा उनीहरुसंगै केन्द्रिय सदस्यहरु कृष्णकिशोर घिमिरे, मैकुलाल बाल्मिकीले पनि आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा अतिथिहरुलाई स्वागत गर्दै जिल्ला सभापति नारायण प्रसाद गौडेलले कांग्रेस अरुको बैशाखी टेकेर सरकारमा जाने प्रबृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । उनले पार्टी सरकारमा हुँदा पनि जनअपेक्षा अनुसार काम हुन नसकेको टिप्पणी गरे । भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता रोकिन नसकेको भन्दै उनले सरकारले जनताको मन जित्नुपर्नेमा जोड दिए । कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।

May be an image of 15 people, people studying and textMay be an image of 15 people, people studying and textMay be an image of 7 people and textMay be an image of 7 people, people studying and crowdMay be an image of 14 people, people smiling, people studying, table, hospital and text


प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  २०:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP