Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोहलपुरमा अल्मुनाई मिटअप कार्यक्रम
कोहलपुरमा अल्मुनाई मिटअप कार्यक्रम
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ ५, २०८१ बागेश्वरी पोस्ट
कोहलपुरमा अल्मुनाई मिटअप कार्यक्रम

नेपालगञ्ज । बालिका शिक्षा कार्यक्रम अन्तर्गत कोहलपुरमा अल्मुनाई मिटअप कार्यक्रम सम्पन्न भएको छ । बास नेपालले रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरेको यो कार्यक्रममा कक्षा १२ पास अर्थात (अल्मुनाई) बालिकाहरूलाई एकै ठाउँमा भेला गराइएको थियो । रुम टु रिडले हरेक वर्ष आयोजना गर्दै आएको यस कार्यक्रमले बालिकाहरूको प्रगतिबारे जानकारी लिने, सफलताका कथा आदानप्रदान गर्ने तथा आपसी सम्बन्धलाई सुदृढ गर्ने उद्देश्य राखेको छ ।

कोहलपुर र बैजनाथका विभिन्न विद्यालयमार्फत बालिका शिक्षा कार्यक्रमबाट कक्षा १२ उत्तीर्ण गरेर क्याम्पस तथा विभिन्न क्षेत्रमा सक्रिय बालिकाहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम उद्घाटन गर्दै रुम टु रिडका बरिष्ठ फिल्ड कार्यक्रम प्रबन्धक खड्ग बहादुर कुँवरले ठूलो संख्यामा अल्मुनाईहरूसँग भेटघाट गर्न पाउँदा खुशी लागेको बताए । उनले कार्यक्रमले अल्मुनाईहरूबीच अनुभव आदानप्रदानका लागि विशेष अवसर प्रदान गर्ने उल्लेख गरे ।

बास नेपालकी केन्द्रीय कोषाध्यक्ष कल्पना अधिकारीले बालिका शिक्षा कार्यक्रमको अल्मुनाई व्यक्तित्वहरूको कथा सुन्दा गर्व महसुस भएको बताइन् । कार्यक्रममा क्यारियर काउन्सिलिङ र उत्प्रेरणाका विषयमा कार्यक्रम संयोजक हेमराज भट्टले प्रस्तुति दिएका थिए । वरिष्ठ सामाजिक परिचालक सुस्मिता लामाको सहजीकरणमा भएको कार्यक्रममा सहभागी बालिकाहरूले आफ्नो अनुभव र प्रेरणाका कथा सुनाए ।

अनुभव र प्रेरणादायक कथा आदानप्रदान

सिर्जना थारु, नितु सुनार, मिना बुढाथोकी, संगिता सुनार, सिता बुढा, कबिता गुरुङ, एकता भण्डारी र टिका डाँगी लगायत सहभागीहरूले बालिका शिक्षा कार्यक्रमले आफ्नो जीवनमा ल्याएको सकारात्मक परिवर्तनबारे बताए । उनीहरूले जीवन जिउने कला, बोल्ने सीप, निर्णय क्षमताको विकास र समस्या समाधान गर्न सिकेको अनुभव सुनाए ।

कार्यक्रममा अल्मुनाईहरूको प्रतिभा उजागर गर्न ट्यालेन्ट शो पनि गरिएको थियो । कुल ६० जना अल्मुनाईहरूको सक्रिय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बास नेपालका सूचना अधिकारी हेमराज भट्टले बताए ।
 


प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  २०:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP