नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेका स्थानीय तहलाई सञ्चार नीति बनाई कार्यान्वयनमा ल्याउन आग्रह
बाँकेका स्थानीय तहलाई सञ्चार नीति बनाई कार्यान्वयनमा ल्याउन आग्रह
‘पत्रकारितामा सकारात्मकता र आध्यात्मिक चिन्तन’ अभिप्रेरणा कार्यक्रम गर्ने निर्णय
बागेश्वरी पोस्ट
आइतबार, माघ ६, २०८१ बागेश्वरी पोस्ट
बाँकेका स्थानीय तहलाई सञ्चार नीति बनाई कार्यान्वयनमा ल्याउन आग्रह

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले सञ्चार नीति नबनाएका बाँकेका स्थानीय तहहरूलाई तत्काल सञ्चार नीति बनाई कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ । जिल्ला कार्यसमिति बैठकले सञ्चार नीति बनाई सञ्चार सम्बन्धि नीति र कानुनहरूलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन ध्यानाकर्षण गर्ने निर्णय गरेको हो । त्यसका लागि समन्वय, सहकार्य र सहजीकरण गर्न तयार र प्रतिबद्ध रहेको महासंघले जनाएको छ ।

अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको बैठकले नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यालय रहेको नेपालगञ्ज उपमहानगरपालिका–४ सञ्चारग्राम (बसपार्क) स्थित जग्गा संरक्षण गर्ने हेतुले सम्बन्धित सरोकारवालासँग सार्थक संवाद र सहजीकरण गर्ने गरी शाखा अध्यक्ष गिरीको संयोजकत्वमा सम्पूर्ण पूर्व अध्यक्षहरू र आस्थागत संगठनहरूका अध्यक्षहरू सदस्य रहने गरी कार्यदल गठन गर्ने निर्णय पनि गरेको सचिव कृष्ण ओलीद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ । 

यस्तै नेपाल पत्रकार महासंघ बाँके शाखा कार्यालयमा रहेका ५ वटा सटर भाडामा रहेको र ती सटर आम्दानीको मुख्य स्रोत भएकाले तिनलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न कोषाध्यक्ष सुनिल रेग्मीको संयोजकत्वमा कार्यसमिति सदस्यद्वय रविन्द्र घिमिरे र पहलबहादुर केसी सदस्य रहने गरी ३ सदस्यीय समिति बनाउने निर्णय समेत गरिएको छ । निर्णय प्रक्रियालाई छिटो–छरितो र सहज बनाउन कार्यसमितिका पदाधिकारी रहने गरी सचिवालय गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले माघ ८ गते मंगलबार ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र क्षेत्रीय कार्यालय नेपालगञ्जको समन्वय–सहकार्यमा ‘पत्रकारितामा सकारात्मकता र आध्यात्मिक चिन्तन’ अभिप्रेरणा कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको सचिव ओलीले बताए । उक्त कार्यक्रम सफल बनाउन उपाध्यक्ष तिलक गाउँलेको संयोजकत्वमा सहसचिव भगतराम थारू र कार्यसमिति सदस्य रजनी योगी सदस्य रहने गरी ३ सदस्यीय कार्यक्रम संयोजन समिति बनाउने निर्णय गरिएको छ । 

यसैगरी बैठकले माघ अन्तिम साता डुडुवा गाउँपालिकाको समन्वय–सहकार्यमा स्थानीय पर्यटकीय स्थलहरूको प्रवद्र्धनार्थ डुडुवा गाउँपालिका वडा नम्बर ५ स्थित सिद्धिविनायक लायन्स पार्कमा ‘पत्रकार सद्भाव वनभोज (पिकनिक)’ कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रम सफल बनाउन उपाध्यक्ष करुणा शाहको संयोजकत्वमा सहसचिव रविन्द्र सिंह ठकुरी, कार्यसमिति सदस्यहरू समिरमान श्रेष्ठ, धना बिष्ट केसी र निर्मला चौधरी सदस्य रहने गरी ५ सदस्यीय कार्यक्रम संयोजन समिति गठन गर्ने निर्णय गरिएको छ ।


प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १९:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP