नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • डिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौतीबारे छलफल
डिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौतीबारे छलफल
बागेश्वरी पोस्ट
आइतबार, माघ ६, २०८१ बागेश्वरी पोस्ट
डिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौतीबारे छलफल

नेपालगञ्ज । डिजिटल मिडियामा महिलाको सहभागिता बृद्धिका लागि समन्वयात्मक पहलको आवश्यकता रहेको नेपालगन्जमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । सण्डे कल्बलाई निरन्तरता दिँदै क्रियाशिल पत्रकार महिला बाँकेले आज आयोजना गरेको डिजिटल मिडियामा महिला सहभागिता, अबसर र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् ।

क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उदघाट्न गर्दे नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले डिजिटल मिडियामा महिला सहभागिता बृद्धिका लागि पहल थाल्ने प्रतिबद्धता ब्यक्त गरे । उनले पत्रकार महिलाहरुको आवश्यकता अनुसार डिजिटल प्लेटफर्ममा अग्रसर भएर लागिपर्ने पत्रकार महिलाहरुलाई विश्वास दिलाए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य झलक गैरेले डिजिटल मिडिया अहिलेको आवश्यकता भएकाले यसलाई कसरी सदुपयोग गर्ने र यसको प्रयोग कसरी गर्ने भन्ने कुरा मुख्य बिषय रहेको बताए । उनले डिजिटल मिडियामा प्रस्तुत गरिने बिषय र प्रसंङ्गले धेरै प्रभाव पार्ने बताए । कार्यक्रममा क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक सचिव तथा पूर्व अध्यक्ष उमा थापा मगरले पत्रकार महिलाहरुले डिजिटल प्लेटफर्मको प्रयोग गर्दै आफूलाई दक्ष बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याइन् । उनले पत्रकारिता गरिरहँदा देखिएका चुनौतीहरुलाई समाधान गर्दै डिटिटल प्लेटफर्मको प्रयोग गरेर संचार जगतमा पनि राम्रो संभावना रहेको बताइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतमले समस्या भित्र संभावना खोजेर अगाडि बढ्नुको बिकल्प नरहेको बताउँदै डिजिटल मिडिया अहिलेको जल्दोबल्दो बिषय भएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव सरला सुवेदी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपाल प्रेस युनियन बाँकेका पूर्व अध्यक्ष अर्जुन वली, समाजबादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल, अवधि पत्रकार संघ बाँकेका अध्यक्ष प्रहलाद विश्वकर्मा, ठकुरी पत्रकार समाजका अध्यक्ष करुणा शाह लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा डिजिटल मिडियामा महिला सहभागिता, अबसर र चुनौतीका बिषयमा बरिष्ठ पत्रकार शंकर प्रसाद खनालले सहजीकरण गरेका थिए । उनले डिजिटल मिडियामा सहभगिता बढ्दै गएको अवस्थामा यसलाई भरपर्दो र सत्यतथ्यमा आधारित बनाउनुपर्ने कुरामा जोड दिए । विश्वमा यसको प्रयोग बढेको र रुचाइएकोले पत्रकारिता क्षेत्रमा पनि यो सुहाउँदो र छरितो भएको धारणा राखे ।

क्रियाशिल पत्रकार महिला बाँकेले सण्डे क्लब अन्तर्गत आज नयाँ कार्यसमिति निर्वाचित भइसकेपछि पहिलो कार्यक्रम गरेको हो । यस पछाडि सण्डे कल्ब अन्तरगत ब्यक्ति विशेष सफलताका कथामा आधारित भएर गर्ने क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष गिरीले बताइन् । उनले डिजिटल मिडियामार्फत सूचनामूलक सामग्रीहरु प्रसारण गर्न सकिने भएकाले यसतर्फ पत्रकार महिलाहरुलाई आकर्षित गर्दे सशक्त बनाउने उद्देश्य अनुसार कार्यक्रम गरिएको बताइन् ।  कार्यक्रमको सञ्चालन सचिव निशु जोशीले गरेकी थिइन् । 


प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  २०:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP