prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जको मुख्य सडकको अवस्था नै बेहाल
नेपालगन्जको मुख्य सडकको अवस्था नै बेहाल
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन २६, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्जको मुख्य सडकको अवस्था  नै बेहाल
तस्बिर: अर्जुन ओली

नेपालगन्ज। नेपालगन्ज उपमहानगरको ‘मुटु’ मानिने धम्बोझी चोकदेखि खजुरा जोड्ने सडक खण्डमा अचेल दिनहुँजसो दुर्घटना भइरहन्छन्। घाम लाग्दा धूलाम्य र पानी पर्दा जलामग्न हुने उक्त सडकको अवस्था बेहाल छ।

paribartan 1

सडकमा ओहोरदोहोर गर्ने सवारीसाधन तथा पैदलयात्रीले अनेक सास्ती खेप्नु परिरहेको छ। उपमहानगरको मुटुमै रहेको सडकको यस्तो दुरावस्था देखेर दैनिक रूपमा आवतजावत गर्ने सर्वसाधारण चिन्तित छन्। ‘सडकको अवस्था अत्यन्त बेहाल भइसकेको छ तर सडक मर्मत गर्नेतर्फ कसैले चासो दिएको पाइँदैन,’ धम्बोझीका राजेश कुर्मीले भने, ‘घाम लागेपछि धूलाम्य र वर्षा भएपछि हिलाम्य हुने यो सडकमा दिनहुँजसो दुर्घटना निम्तिरहेको छ।

यो सडकले कुनदिन मान्छेको ज्यान लिने बेर छैन।’ धम्बोझी चोकबाट पश्चिमतर्फ करिब एक किलोमिटर दूरीमा जिल्ला प्रहरी कार्यालय रहेको छ। सोही सडक हुँदै खजुरा, बर्दियाको गुलरिया र राजापुरसम्मका सवारीसाधन गुड्छन्। जिप्रका, खजुरा र बर्दियासम्म आवतजावत गर्ने सर्वसाधारणले यही सडक प्रयोग गर्छन्। सडकमा बस, माइक्रो–बस, म्याजिक, इलेक्ट्रिक, अटोरिक्सा, मोटरसाइकल, साइकललगायत सानाठूला सवारीसाधन गुड्छन्। साघुँरो र जीर्ण सडकमा सवारीसाधनबीच प्रतिस्पर्धा नै चल्छ। यसले गर्दा सानातिना दुर्घटना हुने गर्छन्। सर्वसाधारणमात्र नभएर शान्ति–सुरक्षामा खटिने प्रहरीले नै यो सडकबाट सास्ती खेपिरहेको छ।

जिल्ला प्रहरी कार्यालय बाँके प्रमुख एवम् प्रहरी उपरीक्षक ९एसपी० वीरबहादुर ओली जीर्ण सडकका कारण प्रहरीलाई शान्ति–सुरक्षामा खटिन कठिनाइ हुने गरेको दुखेसो पोख्छन्। ‘सडकको अवस्था एकदमै बिग्रिसकेको छ, शान्ति–सुरक्षाका लागि प्रहरीलाई तत्कालै दौड्नुपर्ने हुन्छ,’ उनले भने, ‘सडकमा खाल्डाखुल्डी भएका कारण भनेको समयभित्र पुग्न सकिँदैन।’ सडक मर्मत गरिदिन आफूले सडक डिभिजन कार्यालयलाई अनुरोध गरेको एसपी ओलीले सुनाए।

उक्त सडक नेपालगन्ज उपमहानगरपालिकाभित्र परे पनि कार्यक्षेत्र भने सडक डिभिजन कार्यालयको हो। सडक डिभिजन कार्यालयले समयमै मर्मत प्रक्रिया अगाडि नबढाउँदा सडक जीर्ण बनेको हो। नगरप्रमुख डाक्टर धवलशम्सेर राणाले जीर्ण सडक उपमहानगरपालिकाको कार्यक्षेत्रभित्र नपर्ने स्पष्ट पार्दै आवश्यक मर्मत गर्न सडक डिभिजन कार्यालयले ठेक्का लगाइसकेको जानकारी प्राप्त भएको बताए। ‘सडकमा खाल्डाखुल्डी भएको हुँदा मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ तर मर्मतका लागि सडक डिभिजनले ठेक्का सम्झौता गरिसकेको कुरा सुनेको छु,’ राणाले भने।

सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख रामकुमार देवले जीर्ण सडक मर्मतका लागि ठेक्का सम्झौता भइसकेको बताए। ‘सडक मर्मतका लागि ठेक्का भइसकेको छ,’ उनले भने, ‘अब केही दिनभित्रै काम सुरु भएको देख्नुहुन्छ।’ डिभिजन प्रमुख देवका अनुसार ठेकेदारले कम्पनीले आगामी असार मसान्तभित्र काम सम्पन्न गर्ने समय पाएको छ तर वैशाखसम्ममा काम सम्पन्न हुने अपेक्षा गरिएको छ।नागरिकन्युजबाट साभार।


प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट
इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशको आयोजनामा रक्तदान कार्यक्रम
इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशको आयोजनामा रक्तदान कार्यक्रम
तत्काल सदस्यता नवीकरण गर्न पत्रकार महासंघ बाँकेको ताकेता
तत्काल सदस्यता नवीकरण गर्न पत्रकार महासंघ बाँकेको ताकेता
जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य
जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP