नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, पुस ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • वन्यजन्तुबाट प्रभावित राजपुरबासी क्षतिपूर्ति नपाएर हैरान
वन्यजन्तुबाट प्रभावित राजपुरबासी क्षतिपूर्ति नपाएर हैरान
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ ७, २०८१ बागेश्वरी पोस्ट
वन्यजन्तुबाट प्रभावित राजपुरबासी क्षतिपूर्ति नपाएर हैरान

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ राजपुरका किसानहरु जंगली जनावरको आतंकले आर्थिक र मानसिक दुवै समस्या झेलिरहेका छन् । बाघ, बाँदर, निलगाई र बँदेलका कारण किसानका बाली र पशुचौपायामा ठूलो क्षति पुगेको छ तर समस्या समाधानका लागि प्रभावकारी पहल हुन नसकेको उनीहरूको गुनासो छ ।

स्थानीय खडक बहादुर ओली भन्छन्, “बाघले खोरबाटै बाख्रा तानेर लग्छ । समस्या लिएर गाउँपालिका र राष्ट्रिय निकुञ्जमा गयो भने कसैले सुन्दैन।” उषा सुनारको अनुभव अझै मार्मिक छ, उनले भनिन्, “मेरो बाख्रा खाइदिएको तीन वर्ष भयो । राहतका लागि निवेदन दिन निकुञ्ज जाँदा स्थायी लेखा नम्बर मागिन्छ । यस्तो झन्झटिलो प्रक्रियामा को जाने ?”

यसैगरी, रामबहादुर रोकायले बाघले गाईका बाच्छा खाए पनि राहत लिने प्रक्रियाको झन्झट सुनेर निवेदन नै नदिएको बताए । “हप्तौँ पिच्छे बाघले पशुचौपाया तान्छ, तर कुनै सुनुवाई हुँदैन,” उनले भने । छलफलमा सहभागी एक बहादुर खत्रीले भने, “राहतका लागि निवेदन दिएर फाइल अगाडि बढाउने खर्च राहत भन्दा बढी हुने भएकाले धेरैले आशा गुमाएका छन् ।”

वनशक्ति सामुदायिक वन उपभोक्ता समितिकी सचिव शान्ति चन्दले भनिन्, “क्षतिको राहत र बीमाबारे समुदायलाई जानकारी नै छैन । यसले समस्या अझै बढाएको छ ।” लोकबहादुर विश्वकर्माले निकुञ्ज र स्थानीय निकायबीच समन्वयको अभावले राहत प्रक्रिया झन् कठिन बनेको गुनासो गरे ।

राजपुरका किसानहरूमाझ वन्यजन्तुबाट हुने क्षतिबाट समुदायले भोग्नुपरेको समस्याबारे छलफल गर्न र क्षतिपूर्ति प्राप्तिका उपाय खोज्न आज आयोजित ‘गोलघर सम्वाद’ कार्यक्रमका सहभागीले यस्तो गुनासो गरेका हुन् ।

यो कार्यक्रम युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रमको साझेदारीमा नेपालगञ्जस्थित समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन) मार्फत् संचालित ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण अभियान’ अन्तर्गत गरिएको हो ।

कार्यक्रमको सहजीकरण गर्दै सहजकर्ता प्रकाश उपाध्यायले वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका २०८० र बीमा प्रक्रियाबारे जानकारी गराउँदै सामूहिक प्रयासमा जोड दिए ।

वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनिकरण र क्षतिपूर्ति प्राप्तिका लागि सबै पक्षबीच साझा समन्वय बढाउन अभियान सुरु गरिएको सीसीएनका कार्यकारी निर्देशक तुला अधिकारीले बताए । कार्यक्रममा ५७ जनाको सहभागिता रहेको थियो ।

यो अभियान बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर २ र बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा सञ्चालित छ । सम्वाद कार्यक्रमको रेडियो तथा भिडियो प्रसारण समेत गरिने सीसीएनले जनाएको छ । 


प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १८:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पछिल्लो चार महिनामा शान्ति पुनःस्थापना केन्द्रद्वारा नेपालगञ्ज नाकाबाट १२६ जनाको उद्दार
पछिल्लो चार महिनामा शान्ति पुनःस्थापना केन्द्रद्वारा नेपालगञ्ज नाकाबाट १२६ जनाको उद्दार
सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम
सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम
पूर्व प्रहरी संगठन बाँकेको नवनिर्मित भवन उद्घाटन
पूर्व प्रहरी संगठन बाँकेको नवनिर्मित भवन उद्घाटन
नेपालगञ्जका धेरैजसो टुर्स एण्ड ट्राभल्स इजाजत नलिएरै सञ्चालन
नेपालगञ्जका धेरैजसो टुर्स एण्ड ट्राभल्स इजाजत नलिएरै सञ्चालन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP