नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जको जामा मस्जिदमा करोडौंको घोटाला  !
नेपालगञ्जको जामा मस्जिदमा करोडौंको घोटाला  !
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ ७, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जको जामा मस्जिदमा करोडौंको घोटाला  !

नेपालगञ्ज । नेपालगञ्जमा रहेको दारुल उलुम फैजुन्नवी जामा मस्जिद ईदगाह संचालक समितिको आन्तरिक विवाद जिल्ला प्रशासन कार्यालय बाँके हुँदै गृह मन्त्रालयसम्म पुगेको छ । आठ बर्षदेखि लेखा परिक्षण र नविकरण नगरी करोडौं रकम अपचलन गरेको र विगत ७ महिनादेखि निर्वाचन गराउने भनेर जिल्ला प्रशासन कार्यलयले गठन गरेको तदर्थ समितिले समेत साधारणसभा गराउन नसकेपछि तदर्थ समितिले नै निर्वाचन गराउन भनी ५ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो तर उक्त समितिले समेत निर्वाचन प्रक्रियामा नगएर तेस्रो साधारण सभा गरेर १९२७ जना सदस्य रहेको जामा मस्जिदमा १ सय ५१ जनाको उपस्थिति गराई अबैधानिक तरिकाले मूल समिति नै गठन गरेपछि साधारण सदस्यहरुले निर्वाचनको माग गर्दै आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएका छन् । 

ज्ञापनपत्र बुझाउँदै साधारण सदस्यहरुले निर्वाचन गराउने भनी गठन भएको निर्वाचन समितिका संयोजक सलिम हल्वाई (बाबु नेता) ले आफ्नो घरमा बसेर मूल समिति गठन गर्दै आफैं मूल समितिको कोषाध्यक्ष बनेपछि संयोजक हल्वाईको कर्तुत सार्वजानिक भएको बताए । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई ज्ञापनपत्र बुझाउँदै मुस्लिमहरुले २४ घण्टाभित्रै अबैधानिकरुपमा गठन भएको समितिलाई खारेज गरेर निर्वाचन घोषणा नगरिए चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

प्रजिअ रिजालले ज्ञापनपत्र बुझ्दै मुस्लिमहरुले उठाएको मागप्रति आफू गम्भीर रहेको बताउँदै जामा मस्जिदको विवादका विषयमा छानविन सुरु गरिएको बताए । उनले ८ बर्षसम्म संस्था नविकरण र लेखा परिक्षण समेत नगरी पश्चिम नेपालको सबैभन्दा ठूलो धार्मिक संस्थामा कसरी आर्थिक कारोबार हुन सक्यो ? कस-कसले कुन प्रयोजनका लागि उक्त संस्थामा पैसा दिए लगायतका विषयमा छानविन सुरु गरिएको बताउँदै उनले संस्था नविकरण नभएसम्म कुनै व्यक्तिले गठन गरेको समितिलाई बैधानिकता दिन नमिल्ने बताए । प्रजिअ रिजालले समाजभित्रै द्वन्द गराउन मनोपरी तरिकाले समिति गठन गरेको प्रमाणित भए निर्वाचन समितिलाई हदैसम्म कारवाही गर्ने बताए । 

मुस्लिमहरुले आजै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टलाई समेत भेटेर ज्ञापनपत्र बुझाएका छन् । मेयर विष्टले निर्वाचन गराउन नगरपालिकाले पहल गर्ने बताउँदै मस्जिदलाई अनिर्णयको बन्दी बनाउन खोज्नु चिन्ताको विषय भएको भन्दै निर्वाचन गराउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । मुस्लिमहरुले आजै गृह मन्त्रालय र मुस्लिम आयोगलाई समेत इमेलमार्फत ज्ञापन पत्र पठाएका छन् ।


प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  २१:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP