नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जमा ५० जनाको सहभागितामा अलुम्नाई मिटअप 
नेपालगञ्जमा ५० जनाको सहभागितामा अलुम्नाई मिटअप 
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ ७, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जमा ५० जनाको सहभागितामा अलुम्नाई मिटअप 

नेपालगञ्ज । बालिका शिक्षा कार्यक्रम अन्तर्गत नेपालगञ्जमा अलुम्नाई मिटअप कार्यक्रम भएको छ । बास नेपालले रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरेको उक्त कार्यक्रममा कक्षा १२ पास अर्थात (अलुम्नाई) बालिकाहरूलाई एकै ठाउँमा भेला गराएर मिटअप गरिएको हो ।

अलुम्नाईहरुका लागि हरेक वर्ष आयोजना गर्दै आएको मिटअप कार्यक्रमले बालिकाहरूको प्रगतिबारे जानकारी लिने, सफलताका कथा आदानप्रदान गर्ने तथा आपसी सम्बन्धलाई सुदृढ गर्ने उद्देश्य राखेको थियो । खजुरा गाउँपालिकाको ज्ञानोदय नमुना माबि र कोहलपुर नगरपालिकाको राम माबिमार्फत बालिका शिक्षा कार्यक्रमबाट कक्षा १२ उत्तीर्ण गरेर क्याम्पस तथा विभिन्न क्षेत्रमा सक्रिय बालिकाहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटनमा स्वागत गर्दै बास नेपालका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले कक्षा १२ पास गरेर विभिन्न क्षेत्रमा क्रियाशिल बालिकाहरुलाई एकै ठाँउमा सहभागी भएर अनुभव आदानप्रदान र प्रतिभा शो गरेको देख्दा खुसी लागेको बताए । कार्यक्रममा रुम टु रिडका बरिष्ठ फिल्ड कार्यक्रम प्रबन्धक खड्ग बहादुर कुँवरले बालिकाहरुलाई पढाई निरन्तरता दिँदै ब्यक्तिगत र सामाजिकरुपमा सकारात्मक कार्य गर्न अनुरोध गरेका थिए । उनले अलुम्नाई  व्यक्तित्वहरूको कथा सुन्दा गर्व महसुस भएको बताए । 

कार्यक्रममा क्यारियर काउन्सिलिङ र उत्प्रेरणाका विषयमा रुम टु रिडका कार्यक्रम अधिकृत निरोज कोइरालाले प्रस्तुति गरेका थिए भने अल्मुनाई नेटवर्क फरमेसन कार्यक्रम संयोजक हेमराज भट्टले गरेका थिए । बास नेपालका वरिष्ठ सामाजिक परिचालक जमुना चौधरीले सहजीकरण गरेको कार्यक्रममा सहभागी बालिकाहरू सन्ध्या थापा मगर, प्रकृति भण्डारी, लक्ष्मी पुन मगर, रहमतुल खाँले आफ्नो अनुभव र प्रेरणाका कथा सुनाएका थिए । उनीहरुले बालिका शिक्षा कार्यक्रमले आफ्नो जीवनमा ल्याएको सकारात्मक परिवर्तनबारे बताएका थिए । उनीहरूले जीवन जिउने कला, बोल्ने सीप, निर्णय क्षमताको विकास र समस्या समाधान गर्न सिकेको अनुभव सुनाएका थिए । कार्यक्रममा अल्मुनाईहरूको प्रतिभा उजागर गर्न ट्यालेन्ट शो पनि गरिएको थियो । 

कार्यक्रममा बासका बरिष्ठ सामाजिक परिचालक मेघा राना, रचना चौधरी, चन्द्रा बुढा, शोभा थापा मगर, लेखा अधिकृत हंस शाही र ५० जना अल्मुनाईहरूको सक्रिय सहभागिता रहेको थियो । 


प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  २१:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP