नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'पत्रकारितामा सकारात्मकता र आध्यात्मिक चिन्तन' अभिप्रेरणा कार्यक्रम
'पत्रकारितामा सकारात्मकता र आध्यात्मिक चिन्तन' अभिप्रेरणा कार्यक्रम
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ ८, २०८१ बागेश्वरी पोस्ट
'पत्रकारितामा सकारात्मकता र आध्यात्मिक चिन्तन' अभिप्रेरणा कार्यक्रम

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेले 'पत्रकारितामा सकारात्मकता र आध्यात्मिक चिन्तन अभिप्रेरणा' कार्यक्रम गरेको छ । बह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र क्षेत्रीय कार्यालय नेपालगञ्जसंगको सहकार्यमा आज राजयोग प्रशिक्षण केन्द्रमै अभिप्ररेणा कार्यक्रम गरिएको हो । 

शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षता एवम् महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अभिप्रेरणा कार्यक्रममा बह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नेपालगञ्ज प्रमुख ब्रहमकुमारी दुर्गा, ब्रहमकुमारी मुना र बह्मकुमारी आरतीले पत्रकारिताका क्रममा सकारात्मकताको विकास, समय र तनाव ब्यवस्थापनका लागि आध्यात्मिक चिन्तन र ज्ञानको आवश्यकतामाथि चर्चा गर्दै ब्यबहारिक कार्यान्वयनका लागि योग, ध्यान र साधनामा जोड दिएका थिए । 

May be an image of 6 people, dais and text

बह्मकुमारी दुर्गाले अध्यात्मिकबादलाई समावेश गरेर पत्रकारिता गर्नुपर्नेमा जोड दिइन् । उनले समयको महत्वलाई बुझेर आफू र समाज बदल्ने गरी काम गर्न आग्रह गरिन् । अहिलेको समय विषम रहेको भन्दै उनले संयमित र जिम्मेवार ढंगले पत्रकारिता गर्न आवश्यक रहेको बताइन् । बह्मकुमारी दुर्गाले जीवनमा सुन्दर रोल निभाउने दृढता लिनुपर्नेमा जोड दिँदै आफूलाई सधैं तनाव, पीडा र अशान्तिबाट मुक्त गर्नुपर्ने उल्लेख गरिन् । उनले नेपाल पत्रकार महासंघ बाँके शाखासंग सहकार्य गरेर अभिप्रेरणा जागृत गर्ने गरी यो कार्यक्रम गर्न पाउँदा निकै हर्षित भएको बताइन् । उनले ध्यान, योग र साधनामा निरन्तर जोडिन पत्रकारहरुलाई आग्रह समेत गरिन् । 

अभिप्रेरणा कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै ब्रहमकुमारी आरतीले पत्रकारितामा सकारात्मकता र आध्यात्मिक ज्ञानको आवश्यकतामा जोड दिँदै पत्रकारितालाई 'आध्यात्मिक यात्रा'को संज्ञा समेत दिइन् । उनले पत्रकारितामा पनि निरन्तर 'चार्ज' हुन जरुरी रहेको बताइन् । ब्रहमकुमारी मुनाले परिवर्तनको सुरुवात स्वयं आफूबाट गर्न सके मात्र अरुलाई बदल्न सकिने उल्लेख गरिन् । उनले परिस्थिति परिवर्तन गर्नलाई मनस्थिति परिवर्तन गर्न आवश्यक रहेको भन्दै पत्रकारितामार्फत समाज बदल्न स्वयं पत्रकारहरुमा पनि सकारात्मकता र आध्यात्मिक चिन्तन हुनुपर्ने बताइन् । 

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष चौलागाईले पत्रकारहरुले समय र तनाव व्यवस्थापन गर्दै आफ्नो कर्म गर्नुपर्नेमा जोड दिँदै मानव जीवनमा सकारात्मकता र आध्यात्मिक चिन्तन अति जरुरी रहेको बताए । पत्रकारहरुका लागि गरिएको अभिप्रेरणा कार्यक्रम निकै लाभदायी हुने विश्वास ब्यक्त गर्दै उनले यस्ता सिकाई र अनुभवबाट परिपक्वता र आत्मज्ञानको विकास हुने बताए । "यो सुखद सुरुवात हो, अब पत्रकारहरुले आफ्नो ब्यस्त दिनचर्याका बाबजुद योग, ध्यान र साधनाका लागि समय छुट्याउनुपर्दछ," चौलागाईले भने-"मनलाई शान्त नराख्दासम्म सकारात्मकता विकास हुन सक्दैन ।" 

शाखा अध्यक्ष गिरीले अहिले समाज नकारात्मकतातिर ढल्किरहेको अवस्थामा पत्रकारितालाई पनि नकारात्मक उर्जाबाट मुक्त गर्दै सकारात्मकता विकास गर्न टेवा पुर्याउने, आफूभित्रको संसारलाई चिनाउने र बदल्ने माध्यम आध्यात्म भएकाले आत्मज्ञान सिकाईको प्रस्थान विन्दुको रुपमा बह्मकुमारी ईश्वरीय विश्वविद्यालयसंग सहकार्य गरेर अभिप्रेरणा कार्यक्रम आयोजना गरिएको बताए । उनले पत्रकारहरुलाई समय र तनाव व्यवस्थापनका लागि जीवनोपयोगी सीप र कला सिकाउने उद्देश्यले पनि यो कार्यक्रम गरिएको बताए । "पत्रकारहरुमा सकारात्मकता र आध्यात्मिक ज्ञान विकासका लागि यो हाम्रो सुरुवाती प्रयास हो, यसलाई यहाँहरुले प्रस्थान विन्दुको रुपमा लिनुपर्दछ," गिरीले भने-"निरन्तरको ध्यान, योग र साधनाका माध्यमबाट आफूलाई सधैं, विनयी, विनम्र, अनुशासित र सन्तुलित राख्न उत्प्रेरित गर्नुपर्दछ । उनले अभिप्रेरणा कार्यक्रमको सहकार्यका निम्ति ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयलाई धन्यवाद दिए । 

May be an image of 9 people, dais, hospital, temple and text

नेपाल पत्रकार महासंघ बाँके शाखा उपाध्यक्ष एवम् अभिप्रेरणा कार्यक्रम संयोजक तिलक गाउँलेले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा पूर्व अध्यक्षद्वय निरज गौतम र झलक गैरेले पनि पत्रकारितामा सकारात्मकता र आध्यात्मिक चिन्तनको आवश्यकता र महत्वबारे धारणा राखेका थिए । बाँके शाखाको माघ ४ गते सम्पन्न दोस्रो बैठकले 'पत्रकारितामा सकारात्मकता र आध्यात्मिक चिन्तन' अभिप्रेरणा कार्यक्रम गर्ने निर्णय गरेको थियो । त्यसै अनुसार बह्मकुमारी ईश्वरीय विश्वविद्यालयसंग सहकार्य गरेर कार्यक्रम गरिएको सचिव कृष्ण ओलीले बताए । उनका अनुसार यो कार्यक्रम सम्पन्न गर्न शाखाले उपाध्यक्ष गाउँलेको संयोजकत्वमा सहसचिव भगतराम थारु र सदस्य रजनी योगी रहेको कार्यक्रम संयोजन समिति गठन गरेको थियो । कार्यक्रममा करीब ५ दर्जन पत्रकारहरुको उपस्थिति थियो । 

May be an image of 6 people, dais and hospitalMay be an image of 8 people, dais, temple and textMay be an image of 9 peopleMay be an image of 8 people, crowd and textMay be an image of 8 peopleMay be an image of 12 people, people smiling and text


प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १९:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP