नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँकेमा ३५ हजार बढी किशोरीलाई 'एचपिभी खोप' लगाइँदै
बाँकेमा ३५ हजार बढी किशोरीलाई 'एचपिभी खोप' लगाइँदै
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ १२, २०८१ बागेश्वरी पोस्ट
बाँकेमा ३५ हजार बढी किशोरीलाई 'एचपिभी खोप' लगाइँदै

नेपालगन्ज । बाँकेमा ३५ हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका आठ स्थानीय तहमा रहेका ३५ हजार ४४ जना किशोरीलाई खोप लगाइने भएको हो ।

बाँकेमा विद्यालयमा अध्ययनरत ३३ हजार तीन सय ७५ जना र विद्यालय बाहिर रहेका दुई हजार आठ सय ५० जना गरेर ३५ हजार ४४ जना किशोरीलाई खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

फोकल पर्सन श्रेष्ठका अनुसार तीन सय ७८ वटा विद्यालयमा अध्ययनरत किशोरीलाई खोप लगाउनका लागि जिल्लामा चार सय ५९ वटा खोप केन्द्र तोकिएको छ । जसमा तीन सय ७८ वटा विद्यालयमा र ८१ वटा विद्यालय बाहिर खोप केन्द्र छन् । फोकल पर्सन श्रेष्ठका अनुसार राप्तीसोनारीमा सामुदायिक तथा संस्थागत गरी ४८ विद्यालयमा अध्ययनरत तीन हजार दुई सय एक जना र विद्यालय बाहिरका ५२ जना गरेर तीन हजार दुई सय ५३ जना, जानकी गाउँपालिकामा १२ विद्यालयमा अध्ययनरत एक हजार सात सय २१ जना र विद्यालय बाहिरका छ सय ८४ जना गरेर दुई हजार चार सय पाँच जना, नेपालगन्ज उपमहानगरपालिकाका ९९ विद्यालयमा अध्ययनरत सात हजार तीन सय ३६ जना र विद्यालय बाहिर रहेका नौ सय २६ जना गरेर आठ हजार दुई सय ६२ जना, डुडुवा गाउँपालिकामा २४ विद्यालयमा अध्ययनरत दुई हजार दुई सय ४२ जना र विद्यालय बाहिर रहेका ८६ जना गरेर तीन हजार तीन सय २८ जना र नरैनापुर गाउँपालिकामा ३३ विद्यालयमा अध्ययनरत दुई हजार एक सय ३८ जना र विद्यालय बाहिर रहेका तीन सय ५२ जना गरेर दुई हजार चार सय ९० जनालाई खोप लगाउने कार्यक्रम रहेको खोप फोकल पर्सन श्रेष्ठले बताए ।

खोप माघको २२ गतेदेखि फागुनको ६ गतेसम्म विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई खोप लगाइने उनले बताए । बाँकेमा दुई चरणमा खोप अभियान सुरु हुनेछ । पहिलो चरणमा माघ २२ गतेदेखि नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा ७ दिनसम्म खोप अभियान चल्नेछ । अन्य राप्तीसोनारी, डुडुवा, नरैनापुर र बैजनाथ गाउँपालिकामा भने माघ ३० गतेबाट अभियान चल्ने पनि फोकलपर्सन श्रेष्ठ बताउँछन् । त्यसका लागि जिल्लामा खोप आइसकेको रहेको अहिले खोप लगाउनका लागि पालिका तहमा स्वास्थ्यकर्मीलाई जानकारीसँगै तालिम दिने काम भइरहेको पनि श्रेष्ठले बताए ।


प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १३:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३७ जनाले गरे रक्तदान
३७ जनाले गरे रक्तदान
लायन्स कोहलपुरद्वारा आयोजित रक्तदानमा ५१ पिन्ट रगत संकलन
लायन्स कोहलपुरद्वारा आयोजित रक्तदानमा ५१ पिन्ट रगत संकलन
डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसार ९० प्रतिशत उपलब्धि
डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसार ९० प्रतिशत उपलब्धि
नेपालगञ्जका २५ अस्पतालमा ९४ निःशुल्क शैया, भदौ १ देखि सेवा प्रभावकारी बनाइँदै
नेपालगञ्जका २५ अस्पतालमा ९४ निःशुल्क शैया, भदौ १ देखि सेवा प्रभावकारी बनाइँदै
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP