नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पत्रकार महासंघ लुम्बिनीले एक करोडको 'पत्रकार कल्याण कोष' स्थापना गर्ने
पत्रकार महासंघ लुम्बिनीले एक करोडको 'पत्रकार कल्याण कोष' स्थापना गर्ने
बागेश्वरी पोस्ट
आइतबार, माघ १३, २०८१ बागेश्वरी पोस्ट
पत्रकार महासंघ लुम्बिनीले एक करोडको 'पत्रकार कल्याण कोष' स्थापना गर्ने

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको दोस्रो बैठकले पत्रकार हितका लागि एक करोड रुपैयाँको पत्रकार कल्याण कोष स्थापना गर्ने निर्णय गरेको छ ।

अध्यक्ष शुक्रऋषि चौलागाईंको अध्यक्षतामा आज सम्पन्न नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिको बैठकले पत्रकार हितका लागि स्थापना गरिने पत्रकार कल्याण कोष अभिवृद्धिका लागि तीनै तहका सरकार, विभिन्न दाता, शुभेच्छुक र पत्रकार साधारण सदस्यहरूसँग अपिल गर्ने निर्णय गरेको महासचिव पाण्डवप्रसाद शर्माले जानकारी दिए ।

महासंघलाई रणनीतिक, प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्दै दीर्घकालीन उद्देश्य प्राप्त गर्न अध्यक्ष चौलागाईंलाई वार्षिक कार्ययोजना ल्याउने जिम्मेवारी दिइएको छ ।

बैठकले लुम्बिनी प्रदेशस्तरीय सञ्चार प्रशिक्षण केन्द्र स्थापना गर्ने निर्णय समेत गरेको छ । प्रशिक्षण केन्द्र स्थापनाका लागि संघीय, प्रदेश र स्थानीय सरकारसँग बजेटका लागि पहल गर्ने निर्णय गरिएको छ ।

समितिको निर्णय प्रक्रियालाई छरितो र प्रभावकारी बनाउनका लागि पदाधिकारी रहने गरी सचिवालय गठन गर्ने निर्णय भएको छ ।

त्यस्तै लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गत गठित प्रदेश सञ्चार समन्वय परिषद्लाई क्रियाशील बनाउन पहल थाल्न सम्बद्ध मन्त्रालयलाई जोडदार माग गरिएको छ । प्रदेश र स्थानीय तहलाई सञ्चारमैत्री कानून र कार्यक्रम ल्याउन आग्रह गर्ने निर्णय समेत गरिएको छ ।

महासंघको कामलाई थप प्रभावकारी बनाउन उपाध्यक्ष रामप्रसाद आचार्यको संयोजकत्वमा कार्यक्रम तथा प्रकाशन विभाग, उपाध्यक्ष मीना ढकालको संयोजकत्वमा महिला विभाग र महासचिव पाण्डवप्रसाद शर्माको संयोजकत्वमा संगठन विभाग गठन गरिएको छ ।

बैठकले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा क्यालेन्डर प्रकाशन गर्ने निर्णय गरेको छ । क्यालेन्डर प्रकाशनका लागि सचिव गोविन्द प्रसाद शर्माको संयोजकत्वमा कोषाध्यक्ष प्रेमनारायण आचार्य, सदस्यहरू तेजेन्द्र केसी, प्यार अलि खाँन र सीता पाण्डेलाई जिम्मेवारी दिइएको छ ।


प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १८:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP