prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३४औं स्थापना दिवस
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३४औं स्थापना दिवस
banijya office
पाण्डे र मौर्यलाई 'अख्तियार अनुसन्धान सेवा पुरस्कार
बागेश्वरी पोस्ट
सोमबार, माघ २८, २०८१ बागेश्वरी पोस्ट
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३४औं स्थापना दिवस

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जले चालू आर्थिक बर्षमा ६२ प्रतिशत प्रगति गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं स्थापना दिवसको अवसरमा आज नेपालगञ्जमा आयोजित कार्यक्रममा सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश बहादुर अधिकारीले उजुरी फछ्र्यौटमा साउनदेखि हालसम्म ६२ प्रतिशत प्रगति हासिल गरेको बताए ।

nepalgunj 081-082

गत बर्ष ८३.८३ प्रतिशत प्रगति हासिल भएको अधिकारीले जानकारी दिए । नेपालगञ्ज कार्यालयको कार्य क्षेत्र लुम्बिनीका बाँके, बर्दिया, दाङ र रोल्पा जिल्ला हुन् । चालू आर्थिक बर्ष २०८१/८२ मा सम्पर्क कार्यालय नेपालगञ्जमा २७९ वटा उजुरी दर्ता भएका छन् । साउनमा ७१, भदौमा ४१, असोज ३१, कार्तिक २८, मंसिर ३७, पुसमा ४० र माघ महिनामा ३१ उजुरी दर्ता भएका छन् ।

कार्यालय प्रमुख अधिकारीको सभापतित्व एवम् लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाँकेका स्थानीय पालिका प्रमुखलाई बार्षिक प्रतिवेदन हस्तान्तरण गरिएको थियो । कार्यक्रममा अधिकारीले हालसम्मको कार्य सम्पादन अवस्थाका बारेमा जानकारी गराएका थिए । त्यस अवसरमा 'अख्तियार अनुसन्धान सेवा पुरस्कार' बाट दुई जना कर्मचारीलाई पनि पुरस्कृत गरिएको छ । प्रमुख अतिथि अग्रवालले इन्जिनियर नवीन पाण्डे र प्रहरी हवल्दार गुलाब चन्द्र मौर्यलाई पुरस्कृत गरेका थिए । कार्यक्रममा  स्थापना दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई शिल्ड र प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री अग्रवालले भ्रष्टाचारलाई सामाजिक रोगको संज्ञा दिँदै भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताए । उनले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशिलताका साथ अघि बढ्नुपर्नेमा जोड दिए । सुशासन प्रबद्र्धनका लागि सबै इमान्दार र गम्भीर बन्नुपर्ने मन्त्री अग्रवालको भनाई छ । 

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले शुभकामना मन्तब्य ब्यक्त गर्दै सदाचार र सुशासन प्रबद्र्धनका लागि सबै प्रतिबद्ध भए मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिनेमा जोड दिएका थिए । बक्ताहरुले आगामी दिनमा आयोगले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरेका थिए । 

कार्यक्रममा डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी, राप्तीसोनारीका अध्यक्ष तप्त बहादुर पौडेल, नरैनापुरका अध्यक्ष इश्तियाक अहमद शाह, विभिन्न सरकारी कार्यालयका प्रमुख, पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, पत्रकार लगायत उपस्थित थिए । "भ्रष्टाचार नियन्त्रणमा नागरिक साझेदारी, सुशासन प्रबद्र्धनमा सबैको जिम्मेवारी" भन्ने मूल नाराका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं स्थापना दिवस मनाइएको छ ।

 


प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १५:१९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP