Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • निजामती कर्मचारी युनियन नरैनापुरद्वारा नवनिर्वाचितलाई सम्मान
निजामती कर्मचारी युनियन नरैनापुरद्वारा नवनिर्वाचितलाई सम्मान
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन १०, २०८१ बागेश्वरी पोस्ट
निजामती कर्मचारी युनियन नरैनापुरद्वारा नवनिर्वाचितलाई सम्मान

नरैनापुर । नेपाल निजामती कर्मचारी युनियन  नरैनापुर इकाई समिति बाँकेले  नवनिर्वाचितहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ । नरैनापुरमा नेपाल निजामती  कर्मचारी युनियन नरैनापुर गाउँपालिका  स्थानीय कार्यसमिति अध्यक्ष तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि भरत महतोको अध्यक्षता एवम् नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको प्रमुख आतिथ्यता तथा कांग्रेस क्षेत्र नम्बर १ का सभापति पोषण  केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।   

कार्यक्रममा बाँके जिल्लाबाट नवनिर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र बाँके जिल्ला कार्यसमितिका नवनिर्वाचित सबैलाई सम्मान-पत्र र गम्छाले सम्मान गरिएको थियो । कार्यक्रममा कांग्रेस महासमिति सदस्य एवम् कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्य, नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, नेपाल निजामती कर्मचारी युनियन बाँके अध्यक्ष नगेन्द्र शाही, वडा नम्बर १ अध्यक्ष  इशाक जोलहा, वडा नम्बर ५ अध्यक्ष कृष्णचन्द्र मौर्य, वडा नम्बर ३ का निवर्तमान अध्यक्ष राज कुमार मौर्य, मिथिला  सेवा समाजका अध्यक्ष रामलोचन साह लगायतको उपस्थिति थियो ।

May be an image of 11 people, temple, dais and text

कार्यक्रममा कांग्रेस सभापति गौडेलले नवनिर्वाचितलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरे । उनले उत्कृष्ट काम गर्न आग्रह गर्दै सेवा प्रवाहमा जनतासंग प्रत्यक्ष जोडिने भएकाले कर्मचारीले कार्यसम्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए । निजामती कर्मचारी युनियन नरैनापुरका सहसचिव  बालक राम पासेले स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने संचालन उपाध्यक्ष मोकदर अलि मुकेरीले गरेका थिए । 

यसैबीच भरत महतोले नेपाल निजामती  कर्मचारी युनियनको केन्द्रीय महाधिवेशनमा मधेशी सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नरैनापुर इकाई उपाध्यक्ष भएर तीन बर्ष काम गरेका महतो पछिल्लो पटक  नेपाल निजामती  कर्मचारी  युनियन नरैनापुर गाउँपालिका  स्थानीय  कार्यसमितिको दोस्रो  अधिबेशनबाट अध्यक्ष  पदमा निर्वाचित भएका छन् । यसैगरी नेपाल निजामती  कर्मचारी युनियन बाँकेको ९औं जिल्ला  अधिबेशनबाट  केन्द्रिय  महाधिबेशन प्रतिनिधि पदमा समेत निर्वाचित भएका उनले अब हुने नेपाल निजामती कर्मचारी  युनियन  केन्द्रिय  महाधिवेशनमा मधेशी समूहबाट केन्द्रीय  सचिव पदमा उम्मेदवारी दिने बताएका हुन् । महतोले बाँके लगायत  देशभरिका सम्पूर्ण  केन्द्रिय महाधिवेशन  प्रतिनिधिहरुलाई सहयोग गर्न अनुरोध गरेका छन् । 


प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  ०९:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP