prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • काँग्रेस बाँकेले ७ पालिकाका प्रमुख–उपप्रमुखसंग गरायो पत्रकारहरुको साक्षात्कार
काँग्रेस बाँकेले ७ पालिकाका प्रमुख–उपप्रमुखसंग गरायो पत्रकारहरुको साक्षात्कार
banijya office
बागेश्वरी पोस्ट
शनिबार, फागुन १०, २०८१ बागेश्वरी पोस्ट
काँग्रेस बाँकेले ७ पालिकाका प्रमुख–उपप्रमुखसंग गरायो पत्रकारहरुको साक्षात्कार

नेपालगन्ज ।  नेपाल कांग्रेस बाँकेले जिल्लाका सात पालिकाका प्रमुख-उपप्रमुखलाई पत्रकारहरुसँग साक्षात्कार गराएको छ । जनप्रतिनिधिहरुलाई जनताप्रति उत्तरदायी बनाउन नेपाली काँग्रेस बाँकेले प्रयास प्रारम्भ गरेको हो । काँग्रेसबाट निर्वाचित पालिकाका प्रमुखहरुलाई पार्टी कार्यालयमा बोलाएर उनीहरु निर्वाचित भएर आएपछि हालसम्म के के काम गरे ? त्यसको जवाफ मागेको छ, त्यो पनि जिल्लाका पत्रकारलाई सँगै राखेर । ‘सम्भवत: जनप्रतिनिधिलाई पार्टी कार्यालयमा बोलाएर पत्रकारसँग अन्तरक्रिया गरेको यो पहिलो पटक हो,' पार्टी सभापति नारायण प्रसाद गौडेलले भने–‘कम्तिमा यसले जनप्रतिनिधिहरुलाई जनताप्रति थप उत्तरदायी बन्न प्रेरित गर्नेछ र आफूले गरेका राम्रा अभ्यासहरु पत्रकारमार्फत उजागर गर्न मद्दत गर्नेछ ।’ 

nepalgunj 081-082

सभापति गौडेलले उत्कृष्ट काम गर्ने पालिकालाई सम्मान गरिने बताए । ‘बाँकेका आठ वटा पालिका मध्ये जुन पालिकाले जनताको हितको पक्षमा काम गर्छ, त्यो पालिकालाई पार्टीको आगामी तेस्रो जिल्ला सम्मेलनमा सम्मान गरिनेछ’– उनले भने । सभापति गौडेलले निम्न वर्गका नागरिकको पहुँच पुग्ने गरी जुन पालिकाले काम गरिरहेको छ, त्यो पालिका पुरस्कृत हुने बताए ।  

May be an image of 9 people, people studying, table and text

नेपाली कांग्रेसबाट जिल्लाका विभिन्न स्थानीय सरकारको नेतृत्व तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुले हालसम्म गरेको काम र योजनाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जनप्रतिनिधिहरुले घोषणापत्र अनुरुप काम गर्दै गएको समेत जिकिर गरे । सभापति गौडेलले बाँकेका सम्पूर्ण स्थानीय तहले आफ्नो क्षेत्रको आवश्यकता अनुसार काम गरिरहेको बताए । उक्त पत्रकार सम्मेलनमा सात स्थानीय तहका प्रमुख तथा उप प्रमुखहरुले आ–आफ्नो पालिकामा गरेका काम र योजनाको बारेमा जानकारी दिएका थिए । फ्लोरबाट उठेका प्रश्नहरुलाई स्थानीय जनप्रतिनिधीहरुले पालैपालो जवाफ दिएका थिए । यसैगरी पालिकाभित्र गरिएका कामहरुमा भौतिक पूर्वाधार विकास, नीति तथा कानुन, सामाजिक विकास, सुशासन, आर्थिक विकाससंगै स्वास्थ्य, शिक्षा, कृषि, विपद्, जेष्ठ नागरिक, महिला तथा बालबालिका लगायतकोे क्षेत्रमा जनतामुखी काम गरिरहेको पनि जानकारी दिएका छन् ।

May be an image of 15 people, people studying and table

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्य, बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाही, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल, डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी, कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदी, खजुरा गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्ल लगायतको उपस्थिति रहेको थियो । त्यसक्रममा कोहलपुर नगरपालिका प्रमुख आचार्यले शैक्षिक गुणस्तर सुधारमा बिगतको परीक्षा प्रणाली क्रमभंग नै गरिएको बताए । उनले कोहलपुर नगरलाई पर्यटनको हब बनाउन कोहलपुरको पिपरीमा जैबिक पार्क निर्माणका लागि १३ करोडको लागतमा गुरूयोजना तयार गरिएको बताए । आचार्यले कोहलपुरका प्रत्येक वडामा सडकको पहुँचका लागि ५ किलोमिटर पिच, २० किलोमिटर ग्राबेल सडक निर्माण गरिनुका साथै ७ किलोमिटर पक्की नाला, १५ किलोमिटर कच्ची नाला निर्माण गरिएको बताए । कोहलपुर नगरपालिका उपप्रमुख सुवेदीले कोहलपुर नगरपालिकाले कोहलपुरको समाजिक, आर्थिक र संस्कृतिको बिकास गर्ने गुरूयोजना अनुसार काम गर्दै आएको बताइन् । 

May be an image of 10 people and people studying

यस्तै डुडुवा गाउपालिका अध्यक्ष चौधरीले डुडुवालाई नेपालमै सबैभन्दा धेरै दुुग्घ उत्पादन हुने गाउँपालिका बनाउने योजनाका साथ काम गरिरहेको बताए । उनले २०७६ साल साउन १ गतेदेखि कन्या शिक्षा मुद्दती योजना लागू गरिएको बताए । यसमा छोरी जन्मिने वित्तिकै उनको नाममा पालिकाले बैंकमा १० हजार रुपैयाँ जम्मा गरिदिने गरिएको बताए । जुन रकम एसईई गरिसकेपछि २० बर्षपछि मात्र निकाल्न पाइन्छ । त्यसमा बालिकाको अभिभावकको मृत्यु भएमा ५ लाखको शैक्षिक बीमा पनि पालिकाले गरिदिएको चौधरीले बताए । उच्च शिक्षामा प्रेरित गर्ने उद्देश्यले प्रत्येक बर्ष एसईई उत्तीर्ण छात्राहरुलाई डुडुवाले साइकल समेत उपलब्ध गराउँदै आएको उनले बताए । 

May be an image of 9 people, people studying and table

बैजनाथ गाउँपालिका अध्यक्ष शाहीले बैजनाथ गाउँपालिकाले नेपालको कुनै पनि पालिकामा नभएको कार्यक्रम किसानसंग पालिका अध्यक्ष कार्यक्रम संचालन गरी किसानहरूको समाजिक, आर्थिक र सांस्कृतिक बिकासको काम गर्दै आएको बताए । उनले मिडियाकर्मीले स्थानीय निकायहरूको खोजमूलक समाचार तयार पारी प्रकाशन गरे स्थानीय निकायहरू सचेत हुने बताए । राप्तीसोनारी गाउँपालिका अध्यक्ष पौडेलले गाउँपालिका आमनागरिकको बिकासका लागि पालिकाले स्वास्थ्य, शिक्षा, खेलकुद, कृषि पशुपालन, महिला र बालबालिका, सडक पूर्वाधार तथा बिजुली बत्तीलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । यस्तै खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले निर्वाचनमा जनतालाई दिएको बाचा अनुसार काम गर्दै आएको बताइन् ।

May be an image of 12 people, people studying and text that says 'पत्रकार सळ्मेलन नेपाली काग्रेस बाके'May be an image of 10 people, people studying, table and textMay be an image of 15 people, people studying and tableMay be an image of 13 people and people studyingMay be an image of 11 people and people studying


प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  ०९:५६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP