नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्ज भवानियापुरमा बनेको सुविधा सम्पन्न 'सिटी हल' उद्घाटन
नेपालगन्ज भवानियापुरमा बनेको सुविधा सम्पन्न 'सिटी हल' उद्घाटन
बागेश्वरी पोस्ट
मंगलबार, फागुन १३, २०८१ बागेश्वरी पोस्ट
नेपालगन्ज भवानियापुरमा बनेको सुविधा सम्पन्न 'सिटी हल' उद्घाटन

नेपालगन्ज । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालगन्जमा नवनिर्मित सिटी हलको उद्घाटन गरेका छन् । उपप्रधानमन्त्री सिंहले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ भवानियापुरस्थित नगरकै अहिलेसम्मकै ठूलो क्षमताको सुविधा सम्पन्न सिटी हलको आज एक समारोहका बीच उद्घाटन गरेका हुन् । 

सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग, सघन सहरी तथा भवन निर्माण आयोजनाले सिटी हल निर्माण गरेको हो । ठेकेदार कम्पनी लामा कन्स्ट्रक्सनले २८ करोड बढी लागतमा निर्माण सम्पन्न गरेको सिटी हलमा ७९५ सिट क्षमताको सुविधा सम्पन्न हल छ । त्यस बाहेक अन्य साना तीन वटा बहुउद्देश्यीय हल पनि छन् । २०७५ देखि निर्माण सुरु भएको सिटी हल २०८१ साउन २० गते सम्पन्न भएको सघन सहरी तथा भवन निर्माण आयोजना नेपालगन्जका कार्यालय प्रमुख रामकृष्ण आचार्यले बताए । सिटी हल उद्घाटन पश्चात् उपप्रधानमन्त्री सिंहले नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई हस्तान्तरण गरेका थिए । 

सिटी हल उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले सिटी हलको सही सदुपयोग गर्नुपर्ने बताए । उनले सिटी हलले नेपालगन्ज क्षेत्रको आर्थिक क्रियाकलाप प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख विष्टले सिटी हल छिट्टै संचालनमा ल्याइने बताए । विष्टले सिटी हलको संरक्षण र सम्बर्द्धनमा लागिपर्ने बताए । 

कार्यक्रममा संघीय सांसदहरु किशोर सिंह राठौर, दीपा शर्मा, लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवाल, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख विष्ट लगायतले बोलेका थिए । सहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

 


प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP