prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गिरीलाई शुक्रबार बस्ने आयोगको बैठकले सभासद बनाउने निर्णय गर्ने
गिरीलाई शुक्रबार बस्ने आयोगको बैठकले सभासद बनाउने निर्णय गर्ने
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन २९, २०७६ बागेश्वरी पोस्ट
गिरीलाई शुक्रबार बस्ने आयोगको बैठकले सभासद बनाउने निर्णय गर्ने
शंकर गिरी

नेपालगन्ज । नेपाली कांग्रेसले प्रदेश ५ को समानुपातिकतर्फको रिक्त सांसदमा शंकर गिरीलाई सिफारिस गरेको छ । प्रमुख निवार्चन आयुक्त दिनेशचन्द्र थपलियाले रिक्त पदमा कांग्रेस केन्द्रीय कार्यालयबाट गिरीको नाम सिफारिस भएको जानकारी दिए । 

प्रदेश ५ का प्रदेश सभा सदस्य बलदेव शर्मा पोखरेलको निधन भएपछि एउटा सदस्य पद रिक्त थियो । सो रिक्त स्थानमा कांग्रेसले गिरीलाई सिफारिस गरेको छ । गिरी कांग्रेसको तर्फबाट प्रदेश ५ मा समानुपातिकतर्फ खस आर्यको सूचिमा दोस्रो नम्बरमा समावेश थिए।

कांग्रेसबाट सिफारिस भएका गिरीलाई शुक्रबार बस्ने आयोगको बैठकले सभासद बनाउने निर्णय गर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए।

गिरीको राजनितीक यात्रा :
आजभन्दा ४९ वर्ष अगाडी अर्थात २०२७ साल पौष १ गते राति १६ वर्षको कलिलो उमेर तत्कालिन राप्ती अंचलाधिश कार्यालयको गेटमा कालो झण्डा गाडेर सक्रिय राजनीतिको शुभारम्भ गरेका गिरी कांग्रेसको सशस्त्र संघर्षको क्रममा २०३१ सालमा पिस्तोल काण्डमा नेपालगन्जमा होस या २०३८ सालको आमनिर्वाचन वहिष्कार गर्दा या २०४२ सालको सत्याग्रहका वेला उनी दाङको जेलमा कैद हुन पुगेका थिए र यस अतिरिक्त विभिन्न समयमा नेपालगन्जदेखि दाङमा पटक पटक गरि गिरफ्तार, हिरासत तथा नजरवन्द परेका गिरी पटक पटक पार्टीको आन्तरिक गुटवन्दीको शिकार हुन पुगेका थिए ।

२०४७ पछिको दाङको कांग्रेस भित्रको राजनीतिमा कोइराला खेमामा अडिग गिरी र कांग्रेस भित्र प्रभावशाली नेता खुमवहादुर खड्का विचको शित युद्धका बाबजुत गिरी आफ्नो सिद्धान्त र निष्ठामा सक्रिय राजनीतिका लागिरहे ।

२०७० को दोश्रो संविधान सभाको निर्वाचनमा उनी समानुपातिक कोटाबाट उम्मेदवार बनेका थिए तर तत्कालिन सभापति शुशिल कोइरालाका अति विश्वास पात्र भएर पनि अन्तिम समयमा उनको नाम काटिएको थियो ।

वीपी कोइरालाद्वारा अनुमोदित २०३६ को जनमत संग्रहमा बहुदल प्रचार समिति नेपाली कांग्रेस दाङको सचिव भएका गिरी २०४० सालमै राप्ती अंचल केन्द्रिय सम्पर्क समितिको सदस्य भएका थिए । पार्टीको नवौं, दशौं, एघारौं, वाह्रौं र १३औं महाधिवेसनमा प्रतिनिधित्व गरेका थिए । पार्टीको ८औं महाधिवेशनमा दाङको तत्कालिन क्षेत्र ३ को क्षेत्रिय सभापतिमा १ मतले पराजित भएका थिए भने १२औं महाधिनेशनमा नेपाली कांग्रेस दाङको सभापतीमा उम्मेदवारी दिएका थिए र दोश्रो चरणको निर्वाचनमा उनी पराजित भएका थिए ।

आगरा विश्वविद्यालयबाट इतिहास र राजनितिशास्त्रमा स्नातक गरेका गिरी २०४० देखि २०४९ सम्म अमर माध्यमिक विद्यालय उरहरीमा प्रध्यानाध्यपक भई सक्रिय शैक्षिक नेतृत्व समेत गरेका थिए । कुसल राजनितिज्ञरुपमा चिनिने गिरीले तुलसीपुर क्षेत्रकै शैक्षिक पक्षमा शिक्षाको कमीलाई पुर्ति गर्न राप्ती बबई क्याम्पसको स्थापनाको परिकल्पना गर्न महत्वपूर्ण योगदान दिएका छन् । त्यस्तै तत्कालिन उरहरी गाविस वडा नं २ कचिलामा २०५३ सालदेखि निजि स्कूल दिब्यज्योति खोली त्यस क्षेत्रको शैक्षिक विकासमा पनि महत्वपुर्ण योगदान गरेका थिए ।

२०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता भएका गिरी २०५९ पछिको हरेक आन्दोलनमा नेतृत्वदायी भुमिकामा रहेका छन् । चाहे त्यो राजाद्वारा गराइएको नगर निर्वाचनको विरुद्धमा प्रहरी हिरासतमा जादाँ होस या २०६२/६३ को आन्दोलनमा चाहे त्यो माओवादीद्वारा कब्जा गरिएका सम्पत्ति फिर्ता अभियानमा दर्जनौ पटक वार्तामा जादाँ होस उनी निस्वार्थ कुनै पदका लोभ विना नेतृत्वदायी भुमिकामा रहे ।

त्यसो त उनी २०७० को संविधानसभाको चुनावमा अन्तिम समयमा समानुपातिक सभासदको नाम काटिदा तत्कालिन सभापति शुशिल कोइरालासंग कुनै बार्गे्निङ गरेको भए पार्टीको केन्दीय सदस्य, प्रधानमन्त्री शुशिल कोइरालाको राजनैतिक सल्लाहकार, या भनै कुनै उच्च पदमा आसिन हुने थिए तर निस्वार्थ भावनाले लागेका गिरी पार्टी नेतृत्वले गरेको निर्णयलाई आत्मसाथ गरि सक्रिय राजनितिमा लागिरहे ।

तसर्थ वीपीको समाजवाद र दर्शनको अनुयायी, कुसल राजनितिज्ञ, विभिन्न विषयबस्तुलाई चिर्न सक्ने, विकास प्रेमी र आफ्नो जीवनको सम्पूर्ण उर्जावान समय (करिव ५ दश) निस्वार्थ पार्टीमा लागेका दाङ कांग्रेसका पुराना तर सक्रिय नेता गिरीलाई कांग्रेस नेतृत्वले अहीले सम्झेको छ ।


प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  १८:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP