prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सबै दललाई समेटेर संविधान संशोधन प्रक्रियालाई परिपक्व बनाएर अघि बढ्छौंः गगन थापा
सबै दललाई समेटेर संविधान संशोधन प्रक्रियालाई परिपक्व बनाएर अघि बढ्छौंः गगन थापा
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन १७, २०८१ बागेश्वरी पोस्ट
सबै दललाई समेटेर संविधान संशोधन प्रक्रियालाई परिपक्व बनाएर अघि बढ्छौंः गगन थापा

नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सबै दललाई समेटेर संविधान संशोधन प्रक्रियालाई परिपक्व बनाएर अघि बढ्ने बताएका छन् । महामन्त्री थापाले कसैको अधिकार नघटाई थप व्यवस्थित बनाउने गरी संविधान संशोधन गरिने बताए । उनले अब केही दिनमै संविधान संशोधनका लागि राजनीतिक संयन्त्र बनाइने समेत जानकारी दिए । 

पेशागत तथा बुद्धिजीवी विभाग नेपाली कांग्रेस र डेमोक्रेटिक लयर्स एसोसिएसनले आज नेपालगञ्जमा आयोजना गरेको 'संविधान संशोधनः आवश्यकता र चुनौती' विषयक लुम्बिनी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले निर्वाचन प्रणाली, संघीयता र सुशासन सुदृढ हुने गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । उनले निर्वाचन अघिको गठबन्धन अप्रिय बनेको अनुभव सुनाउँदै त्यसलाई पनि मध्यनजर गर्नुपर्ने बताए । महामन्त्री थापाले उत्तेजनाको राजनीतिले मुलुकलाई फाइदा नहुने भन्दै संयमित बन्नुपर्ने आवश्यकता औंल्याए । थापाले वि.सं. २०८०-९० को दशकलाई विकासको दशक बनाउनुपर्ने बताएका छन् । उनले अबको दश बर्ष विकास, रोजगार र समुन्नतिका लागि काम गर्नुपर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर, केन्द्रीय सदस्यहरु डा. गोविन्द राज पोखरेल, मैकुलाल बाल्मिकी र रंगमति शाही, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, सहमहामन्त्री निमा गिरी, बाँके सभापति नारायण प्रसाद गौडेल, संविधानविद् काशी राज दाहाल, अधिबक्ता प्रहलाद बहादुर कार्की, पेशागत तथा बुद्धिजीवी विभाग लुम्बिनी प्रमुख लक्ष्मण पन्थी लगायतले सम्बोधन गरेका थिए । कांग्रेस केन्द्रीय सदस्य एवम् पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख डा. डिला संग्रौलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

May be an image of 7 people, speaker and text that says '盛・ संविधान संशोधन: आवश्यकता र चुनोति विपयक लुभ्िनी प्रदेश स्तरीय अन्तरक्रिया मिति: २0१৭ फागुन मिति:श०फामुल १७ गते स्थान: भेरी प्राविधिक कार्यत्रम शिक्षालय नेपालगज G नेपाल ਤमोव्याट्िक लय्स एस सियसन आयोजक (DLA Nepal) पेशागत पेशामत्ाकजीमीचियार तेथा दिजीवी विसाম नेपाली शाड़रोस'

May be an image of one or more people and crowd


प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १९:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP