नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'नागरिक समाजको भूमिका महत्वपूर्ण'
'नागरिक समाजको भूमिका महत्वपूर्ण'
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन १९, २०८१ बागेश्वरी पोस्ट
'नागरिक समाजको भूमिका महत्वपूर्ण'

नेपालगञ्ज । प्रतिनिधिसभा सदस्य सुर्य ढकालले नेपालका हरेक परिवर्तनमा नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाको आयोजनामा आज नेपालगञ्जमा सम्पन्न बाँके जिल्ला स्तरीय तेश्रो नागरिक सम्मेलनलाई सम्बोधन गर्दै ढकालले समाज रुपान्तरणका लागि हरेक क्षेत्रमा नागरिक समाज अग्रपंक्तिमा रहने गरेको बताए । बहुदलीय व्यवस्थादेखि देशमा लोकतन्त्र र गणतन्त्र स्थापना गर्ने कार्यमा नागरिक समाजको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले तीनै तहका सरकारहरुले नागरिकका आवाजहरुलाई संवेदनशील रुपमा लिनुपर्ने बताए । कार्यक्रमका प्रमुख अथिति समेत रहेका ढकालले नागरिक सम्मेलनमा उठान भएका विषयलाई सम्बोधन गर्न आफ्नो तर्फबाट गर्न सकिने पहल गर्ने बताउँदै नागरिक समाजलाई साझेदारीको रुपमा सरकारले लिनुपर्नेमा जोड दिए । 

नागरिक सम्मेलनमा नागरिक समाजका संस्थाहरुको चुनौति तथा नागरिक स्वतन्त्रताको विषयमा छलफल गरिएको थियो । नागरिक सम्मेलनलाई सम्बोधन गर्दै गैसस महासंघ नेपालका केन्द्रीय अध्यक्ष राम प्रसाद सुवेदीले साझेदारी, पहरेदारी र खबरदारीका लागि नागरिक संघसंस्थाहरुले सदैव तटस्थ रुपमा भूमिका खेल्दै आएको बताए । समाज रुपान्तरणका लागि नागरिक समाजले खेलेको भूमिकालाई स्मरण गराउँदै सुवेदीले सरकार पक्ष स्वेच्छाचारी बन्दै गएको र नागरिक आवाजलाई वेवास्ता गरेकोप्रति गम्भीर ध्यानाकर्षण गराएका थिए । नागरिक संस्थाहरुले गरेको योगदानलाई विर्सन नहुने भन्दै देशमा व्यवस्था फेरिए पनि अवस्था उस्तै रहेको बताउँदै अध्यक्ष सुवेदीले भने “सरकारमा बसेकाले ऐन कानून र संविधानले व्यवस्था गरे अनुसारका अधिकारको प्रत्याभूत गराएर अगाडि बढे सहकार्य गर्न तयार छौं, संविधान विपरीत र देशको कानुन विपरीत गएको खण्डमा खबरदारी गर्न पछि पर्ने छैनौँ ।”

नागरिक सम्मेलनमा गैसस महासंघ नेपालका केन्द्रीय सदस्य नमस्कार शाहले परिवर्तित अवस्थामा नागरिक समाजको भूमिका, अवस्था, समस्या र चुनौतीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । नागरिक सम्मेलनमा बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायले समाज विकासमा नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको बताउँदै सामाजिक कार्यमा नागरिक समाजसंग हातेमालो गर्न स्थानीय सरकार तयार रहने बताइन्  । सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तुल बहादुर कार्की, गैसस महासंघ नेपाल बाँकेका पूर्व अध्यक्षहरु पुर्णलाल चुके, तेजविक्रम शाह र प्रभात कुमार ठकुरी, नेपालगञ्ज उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश संयोजक द्वारिका अधिकारी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, इन्सेकका प्रदेश संयोजक भोला महत, गैसस महासंघ नेपाल बाँकेका सल्लाहकार बसन्त गौतम लगायतले नागरिक समाजको भूमिकाको विषयमा बोलेका थिए ।

कार्यक्रममा गैसस महासंघ नेपालका केन्द्रीय सदस्य धर्मलाल रोकाया, कर्णाली प्रदेश इन्चार्ज बिष्णु देवी रावल, बर्दिया शाखा अध्यक्ष प्रिज्मा थारु लगायतको सहभागिता रहेको थियो । गैरसरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको सम्मेलन शाखा सचिब रमेश सिटौलाले सञ्चालन गरेका थिए । गैसस महासंघ नेपाल बाँकेका उपाध्यक्ष मन भण्डारीले स्वागत गरेको सम्मेलनमा १५० बढी नागरिक समाजका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

केन्द्रीय अध्यक्ष सुवेदीलाई नागरिक सम्मान


गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष राम प्रसाद सुवेदीलाई नागरिक सम्मान गरिएको छ । आज नेपालगञ्जमा सम्पन्न बाँके जिल्ला स्तरीय तेश्रो नागरिक सम्मेलनमा गैसस महासंघ नेपाल बाँके शाखाले सुवेदीलाई नागरिक सम्मान गरेको हो । सुवेदीले नागरिक समाजको नेतृत्व गरेर नागरिक आन्दोलनमा पु¥याएको योगदानको कदर गर्दै बाँकेका नागरिक समाजहरुको तर्फबाट उक्त सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अथिति प्रतिनिधिसभा सदस्य सुर्य ढकाल, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाया, गैसस महासंघ नेपालका केन्द्रीय सदस्य नमस्कार शाह, धर्मलाल रोकाया, बाँके शाखा अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना र बाँकेका नागरिक समाजका प्रमुखरुले माला, खादासहित सम्मानपत्रले सम्मान गरेका थिए । सुवेदीले लामो समयदेखि नागरिक समाजको नेतृत्वमा रहेर समाज परिवर्तको लागि काम गर्दै आएका छन् । 

May be an image of 6 people, dais and text


 


प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १८:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पछिल्लो चार महिनामा शान्ति पुनःस्थापना केन्द्रद्वारा नेपालगञ्ज नाकाबाट १२६ जनाको उद्दार
पछिल्लो चार महिनामा शान्ति पुनःस्थापना केन्द्रद्वारा नेपालगञ्ज नाकाबाट १२६ जनाको उद्दार
सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम
सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम
पूर्व प्रहरी संगठन बाँकेको नवनिर्मित भवन उद्घाटन
पूर्व प्रहरी संगठन बाँकेको नवनिर्मित भवन उद्घाटन
नेपालगञ्जका धेरैजसो टुर्स एण्ड ट्राभल्स इजाजत नलिएरै सञ्चालन
नेपालगञ्जका धेरैजसो टुर्स एण्ड ट्राभल्स इजाजत नलिएरै सञ्चालन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP