prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बार्षिक १० करोडसम्म राजश्व दिने नेपालकै ठूलो चक्ला वन बाँकेमा !
बार्षिक १० करोडसम्म राजश्व दिने नेपालकै ठूलो चक्ला वन बाँकेमा !
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन २०, २०८१ बागेश्वरी पोस्ट
बार्षिक १० करोडसम्म राजश्व दिने नेपालकै ठूलो चक्ला वन बाँकेमा !

नेपालगञ्ज । बाँकेमा नेपालकै सबैभन्दा ठूलो चक्ला वन क्षेत्र छ । राप्तीसोनारी गाउँपालिकास्थित शमशेरगञ्ज-माथेवास सरकारद्वारा व्यवस्थित वन (चक्ला) व्यवस्थापन योजना हो । जुन आर्थिक बर्ष २०७३/७४ देखि सुरु भएको हो । यो योजना २०८२/८३ सम्म सञ्चालन हुनेछ । २५७८ हेक्टर क्षेत्रफलमा फैलिएको चक्ला वनमा उत्पादनशिल क्षेत्र २२७८ हेक्टर रहेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख सिनियर डिभिजन वन अधिकृत शंकर प्रसाद गुप्ताले बताए । यो वन क्षेत्रबाट बार्षिक १० करोड राजश्व संकलन हुने गुप्ताले जानकारी दिए । 

May be an image of 2 people, suit, grass and tree

चक्ला वन कार्ययोजना कार्यान्वयनका लागि बार्षिक ३ करोड बजेट आवश्यक भए पनि सरकारले ६० लाख मात्र विनियोजन गर्दा थिनिंग, पुनरुत्पादन तयारी कटान, सुधार कटान, फायरलाइन निर्माण, वाच टावर निर्माण लगायतका अति आवश्यक क्रियाकलापहरु सञ्चालन हुन नसकेको शमशेरगञ्ज सव डिभिजन वन कार्यालय ओभरीका बरिष्ठ वन अधिकृत मनोज शर्मा लम्सालले बताए । चक्ला वनको मुख्य प्रजाति साल हो । जिल्लामा अर्को चक्ला वन क्षेत्र योजना कार्यान्वयनका लागि तयारी पनि थालिएको छ । सिनियर डिभिजनल वन अधिकृत गुप्ताका अनुसार राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर १ र ४ मा २२८९ हेक्टर क्षेत्रफलमा अर्को चक्ला वन कार्यक्रम कार्यान्वयनको तयारी भइरहेको छ । 

May be an image of 1 person, studying and text

वन संवद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन अन्तर्गतको वन क्षेत्र बाँकेमा ८४०३.१३ हेक्टर छ । जसमा सरकारद्वारा व्यवस्थित एउटा चक्ला वन २५७८ हेक्टर र २४ वटा सामुदायिक वन ५८२५.१३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । डिभिजन वन कार्यालयको क्षेत्राधिकार भित्रको वन क्षेत्र ५७,७३९.०६ हेक्टर छ । जुन कुल वन क्षेत्रको ४८.१४ प्रतिशत हो । डिभिजन वन कार्यालय अन्तर्गत जिल्लामा ६ वटा सव डिभिजन कार्यालय छन् । कार्यालय प्रमुख गुप्ताका अनुसार बाँके निकुञ्ज तथा त्यसको मध्यवर्ती क्षेत्र बाहेक जिल्लाको सम्पूर्ण भू-भाग डिभिजन वन कार्यालयको कार्य क्षेत्रभित्र पर्दछ । बाँकेमा नेपालगञ्ज र खजुरामा दुई प्रतिशत भन्दा कम वन क्षेत्र छ भने जानकीमा शून्य छ । अहिले जिल्लामा ढकेरी वन नर्सरीमा श्रीखण्डको विरुवा उत्पादन पनि थालिएको गुप्ताले जानकारी दिए । उनले आगामी बर्ष १८ हजार श्रीखण्डको विरुवा निःशुल्क बाँड्ने बताए । यसले २० बर्षमा राम्रो आम्दानी दिन्छ । डिभिजन वन कार्यालय बाँकेले आज जिल्लास्थित पत्रकार तथा मिडियाकर्मीहरुसहितको संयुक्त सहभागितामा स्थलगत भ्रमण आयोजना गरेर मुख्य मुख्य गतिविधिहरुको बारेमा जानकारी गराएको छ । शमशेरगञ्जस्थित चक्ला वन क्षेत्र र त्रिशक्ति सामुदायिक वन क्षेत्रको अवलोकन गराई त्यसबारे स्थलगत जानकारी गराइएको डिभिजन वन कार्यालय बाँकेको सूचना अधिकारी टंक बहादुर गुरुङ्गले बताए ।

May be an image of 7 people

कार्यालयले नियमित वन गस्ती तथा वन्यजन्तुको उद्दार सम्बन्धि कार्यहरु, सामुदायिक वन समूहहरुमा सुशासन, लेखा अभिलेख कोचिंग, दिगो वन व्यवस्थापन तालिम तथा समस्याग्रस्त वन्यजन्तु पहिचान तथा क्षमता विकास सम्बन्धि तालिमहरुको सञ्चालन, रक्षा सामुदायिक वनमा आधुनिक पार्क निर्माण, दुर्गा मन्दिर खजुरामा पार्क निर्माण तथा सुधारिएको घाटगद्दी निर्माण कार्यको इबिडिंग खोल्ने कार्य अन्तिम चरणमा पुगेको, वन डढेलो नियन्त्रणका लागि चक्ला वनमा ७ जना अग्नी नियन्त्रकको नियुक्ति, कम्दी करिडोरमा क्यामेरा जडान, नयाँ बृक्षारोपणको लागि स्थान छनौट, बन्यजन्तु पीडितलाई राहत वितरण लगायतका काम गरेको कार्यालय प्रमुख गुप्ताले जानकारी दिए । त्यसक्रममा बरिष्ठ डिभिजन वन अधिकृत गुप्ता र बरिष्ठ वन अधिकृत लम्सालले पत्रकार र सञ्चारकर्मीसमक्ष समग्र वन व्यवस्थापन प्रणाली र अन्य गतिविधिबारे विफ्रिंग गरेको सूचना अधिकारी गुरुङ्गले जानकारी दिए । 

May be an image of 1 person, grass and treeMay be an image of 1 person, studying and text


प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  २१:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP