Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • चन्दा माग्दै बाल्मिकीलाई ज्यान मार्ने धम्की, कांग्रेस बाँकेको गम्भीर ध्यानाकर्षण
चन्दा माग्दै बाल्मिकीलाई ज्यान मार्ने धम्की, कांग्रेस बाँकेको गम्भीर ध्यानाकर्षण
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन २५, २०८१ बागेश्वरी पोस्ट
चन्दा माग्दै बाल्मिकीलाई ज्यान मार्ने धम्की, कांग्रेस बाँकेको गम्भीर ध्यानाकर्षण

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले पार्टीका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य मैकुलाल बाल्मिकीलाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कार्यबहाक सभापति गोपाल प्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ती जारी गरेर बाल्मिकीलाई बारम्बार चन्दा रकम माग्दै, नदिएको खण्डमा ज्यान मार्ने धम्की आइरहेको घटनाप्रति नेपाली कांग्रेस बाँकेको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । कांग्रेसले यस्ता कार्यमा संलग्न व्यक्तिलाई अनुसन्धान गरी कारबाही गर्न सम्बन्धित निकायसंग जोडदार माग गरेको छ । 

"कोभिड १९ पछि आएको विश्वव्यापी आर्थिक मन्दीको मारमा नेपाली जनता र निजी क्षेत्र पनि परेका छन् । देशको भविष्यलाई मार्गनिर्देश गर्न सक्ने शैक्षिक क्षेत्रमा पनि नराम्ररी प्रभाव परिरहेको छ । देशको आर्थिक अवस्थालाई सुधार गर्न सबै क्षेत्रबाट सहकार्य, सद्भाव र समन्वयको आवश्यकता भइरहेको बेला नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य मैकुलाल मैकुलाललाई बारम्बार चन्दा रकम माग्दै, नदिएको खण्डमा ज्यान मार्ने धम्की आइरहेको घटनाप्रति नेपाली कांग्रेस बाँकेको गम्भीर ध्यानाकर्षण भएको छ," विज्ञप्तीमा भनिएको छ-"नेपालगञ्ज हेल्थ क्याम्पसका अध्यक्ष समेत रहनुभएका बाल्मिकीलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) संगठनको विद्यार्थी नेता भन्दै धम्क्याउने, ज्यान मार्ने धम्की दिने जस्ता कार्यहरु बारम्बार हुनु नेपालको कानुन विपरीतको कार्य हो । नेपालगञ्ज हेल्थ क्याम्पसका कर्मचारी र अध्यक्ष बाल्मिकीको चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा सार्वजनिक गर्ने, चन्दा माग्दै ब्ल्याकमेल गर्ने जस्ता गतिविधि हुनु निन्दनीय कार्य हो । यस्ता गतिविधिमा संलग्नलाई तत्काल पहिचान गरेर कारबाही गर्न नेपाल प्रहरी र प्रशासनको ध्यानाकर्षण गराउँदछौं ।"

May be an image of text

"संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई आत्मसाथ गर्दै नेपालको संविधानले आम नागरिकको स्वतन्त्र र भयरहित बाँच्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ । संविधानले दिएका मौलिक अधिकारको कार्यान्वयन हुँदै गइरहेको अवस्थामा देशले अहिले ठूलो आर्थिक संकटको सामना गरिरहेको छ," कार्यबहाक सभापति अधिकारीद्वारा जारी विज्ञप्तीमा भनिएको छ-"नेपाली कांग्रेस शैक्षिक क्षेत्रमा भएका कमीकमजोरीलाई नीतिगत रुपमा सुधार गर्दै देशको विकासमा योगदान गरिरहेको शिक्षा क्षेत्रलाई प्रभावकारी र सक्षम बनाउने मान्यताका साथ अगाडि बढिरहेको छ । यस्तो अवस्थामा बाँके जिल्लाका विभिन्न निजी विद्यालय र व्यवसायिक संघसंस्थाहरुलाई पछिल्लो समय चन्दा माग्दै आतंकित पार्ने, त्रासपूर्ण वातावरणको सिर्जना गरी मानसिक रुपमा दबाब दिने कार्य तक्काल रोक्न अपिल गर्दै यस्ता कार्यमा संलग्न व्यक्तिलाई अनुसन्धान गरी कारबाही गर्न सम्बन्धित निकायसंग जोडदार माग गर्दछौं ।" आफूलाई चन्दा माग्दै बारम्बार धम्की आइरहेपछि बाल्मिकीले प्रहरीसमक्ष आफ्नो जिउज्यानको सुरक्षाको माग गरेका छन् । 


प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  २०:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP