prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोहलपुरमा भूमिहीनलाई जग्गाधनी पूर्जा वितरणका लागि नापजाँचको काम अन्तिम चरणमा
कोहलपुरमा भूमिहीनलाई जग्गाधनी पूर्जा वितरणका लागि नापजाँचको काम अन्तिम चरणमा
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत १३, २०८१ बागेश्वरी पोस्ट
कोहलपुरमा भूमिहीनलाई जग्गाधनी पूर्जा वितरणका लागि नापजाँचको काम अन्तिम चरणमा

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरणका लागि निस्सा वितरण तथा जग्गा नापजाँचको कामलाई तीब्रता दिएको छ । जिल्ला भूमि आयोगले पूर्णता पाएसँगै रोकिएका निस्सा वितरण तथा जग्गा नापजाँचको कामलाई तीब्रता दिइएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताए । बुधवार वडा नंं. ७ मा निस्सा वितरण तथा जग्गा नापजाँच कार्यको सुभारम्भ गर्दै उनले आफ्नै नेतृत्वको स्थानीय सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गर्ने विश्वास दिलाए । ‘निस्सा वितरण र जग्गा नापजाँचको काम पहिल्यै सकिसक्थ्यो,' नगर प्रमुख आचार्यले भने–‘सरकार परिवर्तनसँगै आयोग भंग भयो । हाम्रो काम पनि बीचमा रोकियो । अहिले भूमि आयोगले पूर्णता पाएको छ । कामहरु पुनः सुरु भएका छन् । निस्सा वितरण र जग्गा नापजाँचको कामलाई पूर्णता दिए लगत्तै जग्गाधनी लालपूर्जा वितरणको काम सुरु गरिनेछ ।’

नगर उपप्रमुख संगिता सुवेदीले बर्षौंदेखि जोतभोग गर्दै आएपनि जग्गाधनी पूर्जा नपाउँदाको पीडा अव हल हुने बताइन् । ‘लामो समयदेखिको भूमिहीन समस्या समाधानका लागि हाम्रो अथक प्रयास छ,' उनले भनिन्–‘अव ढुक्क हुनुहोस् तपाईंले जोतभोग गर्दै आएको जग्गाको मालिक तपाईं नै भएको पूर्जा प्राप्त गर्नुहुनेछ । निस्सा वितरण र जग्गा नापजाँचको काममा नगरपालिकाबाट खटिएका प्राविधिकहरुलाई सहजीकरण गरेर सहयोग गरिदिनुहोस् ।’ वडा अध्यक्ष ठग्गा थारुले भूमिहीन समस्यालाई अव दीर्घकालिनरुपमा समाधान गर्ने गरी काम भइरहेकाले सबै वडाबासीले सहयोग गर्नुपर्ने बताए ।

वडा नं. ७ मा ७८९ वटा निस्सा वितरण गरिनेछ । निस्सा वितरणपछि जग्गा नापजाँचको काम सुरु गरिने अमिन गोविन्द केसीले बताए । कोहलपुर नगरपालिकाका १५ वटा वडामध्ये वडा नं. ६ बाहेक अन्य सबै वडामा निस्सा वितरण र जग्गा नापजाँचको काम करीव पूरा भइसकेको केसीले जानकारी दिए । कोहलपुर नगरपालिकामा ५९८ भूमिहीन दलित, ८५० भूमिहीन सुकुम्बासी तथा १६ हजार ७०० घरधुरी अव्यवस्थित बसोबासी रहेका छन् । वडा नंं. १ मा जग्गा नापजाँचसँगै फिल्ड बुक तयार भई जग्गाधनी पूर्जा वितरणको अन्तिम तयारी समेत भइसकेको छ । ७ दिनको हकदावी सम्वन्धी सूचना समेत पूरा भएर भूमिहीन दलित र भूमिहीन सुकुम्बासी गरी १४१ जनालाई जग्गाधनी प्रमाणपत्र वितरणको अन्तिम तयारीमा रहेको पनि केसीले बताए ।

यस्तै वडा नं. २ मा पनि फिल्डबुक करीव तयारी अवस्थामा छ । कोहलपुर नगरपालिका वडा नं. १ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी १ हजार ३६५ घरधुरीको १ हजार ४६ कित्ता जग्गा नापजाँच भएको गरिएको फिल्ड सहायक प्रभुमान थारुले जानकारी दिए । यस्तै वडा नंं. २ मा ३ हजार १०२ घरधुरीको ३ हजार ५०० कित्ता, वडा नंं. ३ मा १ हजार ६६६ घरधुरीको २ हजार ६०० कित्ता, वडा नंं. ४ मा ६७१ घरधुरीको १५३ कित्ता नापजाँच भएको छ । यस्तै वडा नं. ५ मा ९६८ घरधुरीको १ हजार ९७ कित्ता, वडा नंं. ८ मा ५१६ घरधुरीको ९०० कित्ता, वडा नं. १० मा एक हजार ५ घरधुरीको एक हजार १५० कित्ता, वडा नं. ११ म एक हजार २०० घरधुरीको १ हजार १० कित्ता, वडा नं. १२ मा १ हजार ६६० घरधुरीको २ हजार ८०० कित्ता, वडा नं. १३ मा १ हजार २२५ घरधुरीको ७०० कित्ता, वडा नंं. १४ मा ८०० घरधुरीको १ हजार ११ कित्ता र वडा नं. १५ मा ९५० घरधुरीको २ हजार ५०० कित्ता जग्गा नापजाँच गरिएको छ । 'वडा नंं. ७ मा निस्सा वितरण र जग्गा नापजाँचको काम भइरहेकोले त्यसको विवरण आउन केही दिन लाग्छ,' अमिन केसीले भने–‘वडा नंं. ६ मा काम गर्न बाँकी छ ।’


प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  २१:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP