नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • भ्रष्टाचार बिरुद्धको छैठौं राष्ट्रिय युवा सम्मेलन नेपालगञ्जमा सम्पन्न
भ्रष्टाचार बिरुद्धको छैठौं राष्ट्रिय युवा सम्मेलन नेपालगञ्जमा सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत २२, २०८१ बागेश्वरी पोस्ट
भ्रष्टाचार बिरुद्धको छैठौं राष्ट्रिय युवा सम्मेलन नेपालगञ्जमा सम्पन्न

नेपालगञ्ज । भ्रष्टाचार बिरुद्धको छैठौं राष्ट्रिय युवा सम्मेलन आज नेपालगञ्जमा सम्पन्न भएको छ । बास नेपालको आयोजनामा भएको सम्मेलनले देशमा ब्याप्त भ्रष्टाचार बिरुद्ध युवाहरु जागरुक हुनुपर्नेसहित भ्रष्टाचार बिरुद्धको अभियानलाई थप सशक्तरुपमा लैजाने निष्कर्ष निकालेको छ । 

सम्मेलनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद सूर्य ढकालले भ्रष्टाचार बिरुद्धको अभियानलाई सशक्तरुपमा अगाडि बढाउन युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनले बास नेपालले थालेको अभियानले देशभर जागरण फैलाएको बताउँदै सबै युवाहरुलाई सो अभियानमा सहभागी भएर खबरदारी गर्न अनुरोध गरे ।

कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथि राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त तथा बासका सल्लाहकार कृष्णहरि बास्कोटाले देशभरीका युवाहरुलाई मन, बचन र कर्मले सदाचारको पक्षमा काम गर्न अपिल गरे । उनले बिनम्र हुन, घमण्ड नगर्न र शान्तपूर्बक काम गर्नुपर्नेमा जोड दिएका थिए । सम्मेलनमा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथि बासका सल्लाहकार तथा असल शासन अभियन्ता केदार खड्काले राम्रो काम गर्ने ब्यक्तिलाई सम्मान गर्ने र गलत गर्नेको बिरोध गर्ने परिपाटी बासले बसाएको बताएका छन् । 

यसैगरी बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जीवनमा सुशासनको सपथ खाएर अगाडि बढेको भन्दै कुनै पनि हालतमा जिल्लामा भ्रष्टाचारका कार्यलाई प्रश्रय हुन नदिने प्रतिबद्धता ब्यक्त गरे । उनले कहीँ कतै पनि भ्रष्टाचारजन्य गतिविधि देखेमा जानकारी गराउन समेत युवाहरुलाई अपिल गरे । सम्मेलनमा लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले, गैसस महासंघ लुम्बिनी प्रदेश अध्यक्ष सुशिला बेलबासे, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बास नेपालका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिना लगायत अतिथिहरुले बोलेका थिए । 

बासका केन्द्रीय महासचिब खुमेश सुबेदीले सञ्चालन गरेको सम्मेलनमा स्वागत बासका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले गरेका थिए । कार्यक्रमको उद्देश्यमाथि बासका कार्यकारी निर्देशक नमस्कार शाहले प्रकाश पारेका थिए । बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको सम्मेलनमा उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने केन्द्रीय कार्यसमिति, बास नेपालका कार्यकारी निर्देशक शाह र निर्देशक हेमराज भट्टलाई कार्यसमितिको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

सम्मेलनका बीच बासको केन्द्रीय कार्यालय भवन निर्माणार्थ बासका सल्लाहकार कृष्णहरि बास्कोटाले १ लाख, बास नेपाल सुर्खेत जिल्ला शाखा अध्यक्ष अमर शाहीले ११ हजार १ सय ११ र बासका सक्रिय सदस्य बसन्ती रोकायाले ११ हजार हस्तान्तरण गरेका थिए । कार्यक्रमका बीचमा संस्थाको सक्रिय सदस्यता लिएका सदस्यहरुलाई सक्रिय सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो । सम्मेलनमा धन्यबाद ज्ञापनसहित समापन बास नेपालका केन्द्रीय अध्यक्ष बुढाथोकीले गरेकी थिइन् । 


प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  २१:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP