prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बासका नवनिर्वाचित केन्द्रीय पदाधिकारीलाई केन्द्रीय कार्यालयमा स्वागत तथा बधाई
बासका नवनिर्वाचित केन्द्रीय पदाधिकारीलाई केन्द्रीय कार्यालयमा स्वागत तथा बधाई
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत २५, २०८१ बागेश्वरी पोस्ट
बासका नवनिर्वाचित केन्द्रीय पदाधिकारीलाई केन्द्रीय कार्यालयमा स्वागत तथा बधाई

नेपालगञ्ज । बास नेपालले नवनिर्वाचित केन्द्रीय पदाधिकारीहरुलाई केन्द्रीय कार्यालयमा स्वागत तथा बधाई ज्ञापन गरेको छ । बास नेपालको चैत्र २२ र २३ गते नेपालगञ्जमा सम्पन्न १०औं महाधिबेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई फूलमाला र अबिरले स्वागत तथा बधाई ज्ञापन गरेको हो । बासका निमित्त कार्यकारी निर्देशक हेमराज भट्टको अगुवाईमा बास केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरुले बासका नवनिर्वाचित अध्यक्ष शिव कुमार वर्माको नेतृत्वमा रहेको समितिलाई स्वागत गरिएको हो ।

समितिलाई गरिएको स्वागतपछि बोल्दै बासका केन्द्रीय अध्यक्ष वर्माले बासको दशौं केन्द्रीय महाधिबेशन सफल पार्न कर्मचारीले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा धन्यबाद ज्ञापन गरेका थिए । सबैको साथ र सहयोगमा उत्कृष्ट कार्यसमिति चयन भएको भन्दै उनले कार्यसमितिले सदैब कर्मचारीको हितमा कार्य गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यसमिति र कर्मचारी बीचको सम्बन्ध बलियो भयो भने मात्रै संस्था अगाडि बढ्ने भन्दै बर्माले सोही अनुसारको वातावरण सिर्जना गर्न केन्द्रीय समिति लाग्ने उनको भनाई थियो । उनले केन्द्रीय कार्यालयले गरेको स्वागतले थप जिम्मेवार बनाएको बताए । संस्थाको अभियानलाई थप सशक्त बनाउँदै लैजाने उनको प्रतिबद्धता थियो । 

बासका निर्वतमान अध्यक्ष लुना बुढाथोकीले अहिलेको समिति सशक्त समिति रहेको भन्दै यो अवधिमा संस्थागत प्रगति बढ्दै जाने विश्वास ब्यक्त गरिन् । बासका केन्द्रीय उपाध्यक्ष खुमेश सुबेदीले उपाध्यक्षमा निर्वाचित भएसँगै उपाध्यक्षको हैसियतले आफूले संस्थागत शुद्धिकरणमा बिशेष ध्यान दिने प्रतिबद्धता ब्यक्त गरे । यसैगरी अर्का उपाध्यक्ष दिला शाहले संस्थागतरुपमा थप जिम्मेवारी प्राप्त भएकोमा त्यसको पूर्ण सदुपयोग गर्दै संस्थागत सुदृढीकरणमा लाग्ने बताइन् ।

कार्यक्रममा बोल्दै बासका केन्द्रीय महासचिब कल्पना अधिकारीले संस्थाको केन्द्रीय कार्यसमिति र ब्यवस्थापन समिति संगसंगै अगाडि बढेमा मात्रै संस्थाले सफलता हासिल गर्ने भन्दै सो कुरामा ध्यान दिइने बताइन् । उनले संस्थागत ब्यवस्थापनलाई थप अब्बल बनाउन आफ्नो भूमिका रहने प्रतिबद्धता ब्यक्त गरिन् । बासका प्रबन्धक मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा संस्थागत अवस्थाको बिषयमा बासका निमित्त कार्यकारी निर्देशक भट्टले जानकारी गराएका थिए । स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा नवनिर्वाचित केन्द्रीय पदाधिकारी, पूर्व केन्द्रीय अध्यक्ष रमेश सिटौला र कर्मचारीहरुको सहभागिता रहेको थियो । 


प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  २१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP