prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार ३२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलन चैत ३० गते
कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलन चैत ३० गते
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत २८, २०८१ बागेश्वरी पोस्ट
कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलन चैत ३० गते

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलन यही चैत ३० गते नेपालगञ्जमा हुँदैछ । नेपालगञ्जको भवानियापुरस्थित सिटी हलमा हुने जिल्ला सम्मेलनको प्रमुख अतिथिका रुपमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कांग्रेस बाँकेले आज विहान पार्टी कार्यालय नेपालगन्जमा पत्रकार सम्मेलन गरी सम्मेलन तयारीबारे जानकारी दिएको छ । 

paribartan 1

सभापति नारायण प्रसाद गौडेलले सम्मेलनमा विशिष्ट अतिथि सहमहामन्त्री किशोर सिंह राठौर, अतिथिहरु केन्द्रीय सदस्य दिपक गिरी, गोपाल दहित, डा. गोविन्द पोखरेल, मैकुलाल बाल्मिकी, सञ्जय गौतम, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, लुम्बिनी प्रदेश सह-महामन्त्री निमा गिरी, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ्ग, राष्ट्रिय सभा सदस्य युवराज शर्मा लगायतका नेता गणहरु सहभागी हुने जानकारी दिनुभयो ।  

सम्मेलनमा बार्षिक नीति तथा कार्यक्रम र सांगठानिक तथा आर्थिक प्रतिवेदन प्रतिवेदन प्रस्तुत हुनेछ । नीति तथा कार्यक्रम पार्टी सभापति गौडेल, सांगठनिक प्रतिवेदन सचिव सुधांशु कोइराला र आर्थिक प्रतिवेदन कोषाध्यक्ष यज्ञ बहादुर बस्नेतले प्रस्तुत गर्नेछन् । 

यसअघि गत चैत १५ गते बसेको नेपाली कांग्रेस बाँकेको कार्यसमिति बैठकले जिल्ला सम्मेलनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम तथा सांगठनिक र आर्थिक प्रतिवेदन सर्वसम्मतरुपमा पारित गरेको थियो । सभापति गौडेलका अनुसार जिल्ला सम्मेलनमा प्रस्तुत हुने उक्त प्रतिवेदनहरु संशोधनसहित पास भएपछि त्यसले आधिकारिकता मान्यता पाउनेछ । 

जिल्ला सम्मेलनमा प्रस्तुत हुने नेपाली कांग्रेस बाँकेको नीति तथा कार्यक्रममा पार्टी संगठन सुदृढीकरण, सामाजिक तथा विकास निर्माण, सम्मान, सूचना, सम्पर्क, समन्वय र प्रचारप्रसार, आर्थिक व्यवस्थापन, निर्माणाधीन सुशील कोइराला स्मृति भवन लगायतका गहन तथा महत्वपूर्ण विषयहरु समेटिएका छन् । सभापति गौडेलका अनुसार नीति कार्यक्रममा जिल्ला सभापतिसंग पालिका संवाद कार्यक्रम गर्ने, तरुणसंग कांग्रेस अभियान संचालन गरी विभिन्न वडा, पालिका, क्षेत्र र जिल्लामा रहेका तरुण युवाहरुलाई प्रशिक्षण दिने, तरुण युवाहरुको व्यापक सहभागितामा सुशील कोइराला स्मृति दिवसको अवसरमा हरेक वर्ष जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता संचालन गर्ने, महिला हिंसा, घरेलु हिंसा, छुवाछुत, लैंगिक विभेद, बोक्सी र छाउपडी लगायतका सामाजिक कुरीति र अन्धविश्वास विरुद्ध जनचेतना बढाउने लगायतका विषयहरु समेटिएको सभापति गौडेलले बताए । 

त्यस्तै जिल्ला सम्मेलनमा सचिव कोइरालाद्वारा प्रस्तुत गरिने सांगठानिक प्रतिवेदनमा सदस्यता वितरण, नविकरण, भ्रातृ संस्थाहरुको उचित व्यवस्थापन तथा परिचालन लगायतका एजेण्डा समेटिएका छन् । यसैगरी जिल्ला सम्मेलनमा कोषाध्यक्ष बस्नेतले २०८१ साउन १ गतेदेखि २०८१ चैत १२ गतेसम्मको आय-व्यय विवरणसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ । 

तेस्रो जिल्ला सम्मेलनमा पार्टीको सांगठनिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्ति , जग्गादाता, उत्कृष्ट वडा सभापति, भ्रातृ संस्थालाई चलायमान बनाउन महत्त्वपूर्ण योगदान गर्ने अध्यक्षहरु, प्रजातन्त्र सेनानी, दुई जना पत्रकार लगायतलाई सम्मान गर्न लागिएको सभापति गौडेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।

जिल्ला सम्मेलनलाई व्यवस्थितरुपमा सम्पन्न गर्न पदाधिकारी तथा सदस्यहरुको संयोजकत्वमा विभिन्न उपसमितिहरु समेत निर्माण गरिएका छन् । तीन उपसमितिहरुले आफूले पाएको जिम्मेवारी अनुसार धमाधम काम गरिरहेको सभापति गौडेलले बताए ।

सचिव सुधांशु कोइरालाले संचालन गरेको पत्रकार सम्मेलनमा जिल्ला उपसभापतिद्वय गोपाल अधिकारी, कृष्ण कार्की, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, सहसचिव रेनु सिंह ठाकुर, प्रबक्ता डिल्ली गिरी, महासमिति सदस्यहरु लक्ष्मी नारायण शाह, फुलाराम थारु, उमा थापा मगर, जिल्ला सदस्य मन प्रसाद आचार्य लगायत उपस्थित थिए । 

 


प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तत्काल सदस्यता नवीकरण गर्न पत्रकार महासंघ बाँकेको ताकेता
तत्काल सदस्यता नवीकरण गर्न पत्रकार महासंघ बाँकेको ताकेता
जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य
जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP