नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पत्रकार महासंघ बाँकेले पहिलोपटक प्रकाशन गरेको 'भित्तेपात्रो' विमोचन
पत्रकार महासंघ बाँकेले पहिलोपटक प्रकाशन गरेको 'भित्तेपात्रो' विमोचन
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख १५, २०८२ बागेश्वरी पोस्ट
पत्रकार महासंघ बाँकेले पहिलोपटक प्रकाशन गरेको 'भित्तेपात्रो' विमोचन

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेले प्रकाशन गरेको नयाँ बर्ष २०८२ सालको भित्तेपात्रो (क्यालेण्डर) विमोचन गरिएको छ । महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका बीच आज क्यालेण्डर विमोचनसंगै नयाँ बर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान गरिएको हो । शाखाले पहिलोपटक क्यालेण्डर प्रकाशन गरेको छ । 

कार्यक्रममा प्रमुख अतिथि चौलागाईले अहिले पत्रकारहरूको सुरक्षा र प्रेस स्वतन्त्रताको रक्षा गम्भीर चुनौती बनेको बताए । पत्रकाहरुले पनि आफ्नो पेशागत मर्यादालाई ख्याल गर्नुपर्ने देखिएको भन्दै उनले पत्रकारहरूलाई निष्पक्ष, निर्भिक र स्वतन्त्र रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न राज्यसँग आग्रह गरे । शाखा अध्यक्ष गिरीले प्रेस स्वतन्त्रता र सुरक्षाको बिषयमा महासंघ गम्भीर रहेको बताए । उनले पत्रकारहरु पनि आफ्नो कर्मप्रति इमान्दार रहन आवश्यक रहेको बताए । पत्रकारहरुले स्वयम् आफ्नो र महासंघको गरिमा बढाउने गरी काम गर्नुपर्नेमा उनको जोड छ । गिरीले छिट्टै महासंघको वेबसाइट पनि सार्वजनिक हुने जानकारी दिए ।

कार्यक्रममा महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतम, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य विष्णु बेलबासे, प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस सेन्टरका उपाध्यक्ष केपी घिमिरे, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, अग्रज महिला पत्रकार अछरी पोखरेलले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । महासंघ बाँके उपाध्यक्ष एवम् क्यालेण्डर प्रकाशन समिति संयोजक करुणा शाहले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सहसचिव रविन्द्र सिंह ठकुरीले गरेका थिए ।

महासंघले क्यालेण्डर प्रकाशन गर्न उपाध्यक्ष शाहको संयोजकत्वमा सचिव कृष्ण ओली, कोषाध्यक्ष सुनिल रेग्मी तथा सदस्यहरु कृष्ण अधिकारी, पहल बहादुर केसी, आशा परियार र सलामत अली शेष रहेको सात सदस्यीय ‘भित्ते–पात्रो प्रकाशन समिति’ गठन गरेको थियो ।


प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १९:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP