नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • रुक्मिणी शाहको पूण्यतिथिमा भवन निर्माणका लागि सहयोग
रुक्मिणी शाहको पूण्यतिथिमा भवन निर्माणका लागि सहयोग
बागेश्वरी पोस्ट
शनिबार, वैशाख २७, २०८२ बागेश्वरी पोस्ट
रुक्मिणी शाहको पूण्यतिथिमा भवन निर्माणका लागि सहयोग

नेपालगञ्ज । बास नेपालकी पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाहको १७औं बार्षिक पूण्यतिथिमा सहयोग प्रदान गरिएको छ ।
बास नेपालद्वारा नेपालगञ्जमा आज सम्पन्न बार्षिक पूण्यतिथि कार्यक्रममा दर्शन सेवा समाज बाँकेको भवन निर्माण सहयोगार्थ ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरिएको हो । 

बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, केन्द्रीय सचिब जोशिना थारु, केन्द्रीय सदस्य कमल शाही, कार्यकारी निर्देशक नमस्कार शाह, कार्यक्रम प्रबन्धक मन भण्डारीले संयुक्तरुपमा सो सहयोग रकमको चेक दर्शन सेवा समाज बाँकेका सचिव दशरथ चन्द, सल्लाहकार जगदिश बहादुर सिंहलाई हस्तान्तरण गरेका थिए । 

शाहको सम्झनामा बास नेपालले स्थापना गरेको रुक्मिणी स्मृति अक्षय कोषबाट उक्त सहयोग प्रदान गरिएको हो । बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा शाहको सम्झनामा एक मिनेट मौनधारण गर्नुका साथै शाहको तस्विरमा अविर र पुष्प अर्पण गरिएको थियो । कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक तथा रुक्मिणी शाहका दाजु नमस्कार शाहले पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाहको व्यक्तित्वका बारेमा बोलेका थिए । 

कार्यक्रममा सहयोग ग्रहण गरिसके पश्चात बोल्दै दर्शन सेवा समाज बाँकेका सचिव चन्दले पूर्ब केन्द्रीय सदस्य शाहको सम्मानमा अक्षय कोष स्थापना गरी मानविय कार्यमा सहयोग गर्नु मानवीय, परोपकारी कार्य भएको बताए । उनले समाजको घर निर्माणका लागि बास नेपालबाट भएको सहयोगको सराहना गरे ।

कार्यक्रम समापन गर्दै बास नेपालका केन्द्रीय अध्यक्ष बर्माले बास नेपालको संघर्षशील समयमा केन्द्रीय सदस्यको रुपमा कार्यरत रही पूर्ब केन्द्रीय सदस्य स्वर्गीय शाहले संस्थागत बिकासमा अतुलनीय योगदान दिएको स्मरण गरे । उनले भने– 'शाहको सम्मानमा संस्थाले स्थापना गरेको अक्षय कोषको राशी आगामी दिनमा बृद्धि गर्दै लगिनेछ, सामाजिक कार्यहरु व्यापक रुपमा गरिनेछ ।' कार्यक्रममा बास नेपालका पदाधिकारी, सदस्य, स्वयंसेवक, कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

बालबालिकाहरुलाई शैक्षिक सामाग्री

पूण्यतिथिकै दिन बास नेपालले बाँकेको राप्तीसोनारी बिनौनास्थित जय बागेश्वरी बाल संरक्षण केन्द्रमा आश्रित बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बास नेपालका केन्द्रीय अध्यक्ष शिब कुमार बर्मा नेतृत्वको टोली आश्रममै पुगेर बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको हो । बास नेपालका केन्द्रीय अध्यक्ष बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, कार्यक्रम प्रबन्धक मन भण्डारी, प्रशासन प्रमुख शुद्ध चौधरीले आश्रममा आश्रित बालबालिका र आश्रमकी अध्यक्ष तारा ओलीलाई शैक्षिक सामग्री प्रदान गरेका थिए । बालबालिकाहरुलाई आवश्यक स्टेशनरी (कपि, कलम) प्रदान गरिएको कार्यक्रममा केन्द्रीय अध्यक्ष बर्मा, कार्यकारी निर्देशक शाहले बोलेका थिए ।

May be an image of 9 people and text that says 'GOOD 4米 ቅር hercie NASA SIS vivo vivoY22s Y22s May.H May.10,2025,09:38 2025, 09:38'

पुण्यतिथिमा सामाजिक कार्य

बासले शाहको पूण्यतिथिमा बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । २०६६ देखि हालसम्म बिभिन्न कार्यहरु गर्दै आएको हो । पहिलो, दोश्रो र तेस्रो बार्षिक पूण्यतिथिमा कार्यक्रम गरी शाहको व्यक्तित्वबारे चर्चा गरी सम्झना गरेको बासले चौथो पूण्यतिथिमा २०६९ बैशाख २७ गते नेपालगञ्जस्थित भेरी बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई फलफूल वितरण गरेको थियो भने पाँचौ बार्षिक पूण्यतिथिमा २०७० बैशाख २७ गते शाहको स्मृतिमा रुक्मिणि स्मृति अक्षय कोष स्थापना गरिएको थियो । त्यसैगरी २०७१ बैशाख २७ गते शाहको छैठौं पूण्यतिथिमा बासले भेरी बृद्धाश्रम नेपालगञ्जमा फलफुल बितरण गरेको थियो । 

२०७२ बैशाख २७ गते सम्पन्न सातौं पूण्यतिथिमा बासले बागेश्वरी मन्दिरमा रहेका अशक्त, अपांगता भएका व्यक्ति तथा जेष्ठ नागरिकहरुलाई फलफूल बितरण गरेको थियो भने २०७३ बैशाख २७ गते सम्पन्न आठौं बार्षिक पूण्यतिथिमा बासले साविकको मोतिपुर गाविस वडा नम्बर ६ मटेरिया बर्दिया स्थायी घर भई हाल नेपालगञ्ज बस्दै आएकी घरेलु हिंसा पीडित सीतारानी चौधरीकी १६ बर्षिया छोरी सरस्वती चौधरीलाई स्टेशनरी सहयोग हस्तान्तरण गर्नुका साथै कक्षा ९ र १० पढ्दा लाग्ने सबै शुल्क बासद्वारा सहयोग गरिएको थियो । 

२०७४ बैशाख २७ मा सम्पन्न नवौं बार्षिक पूण्यतिथिमा बासले निल सागर बृद्धाश्रम नेपालगञ्जमा आश्रित जेष्ठ नागरिकहरुलाई दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरेको थियो । त्यसैगरी २०७५ बैशाख २७ गते सम्पन्न शाहको १०औं बार्षिक पूण्यतिथिमा बासले बाँके सीतापुर माइती घर भई बर्दिया ठाकुरद्वारा घर भएकी ब्रेन ट्युमर रोगपीडित लक्ष्मी शाहीलाई उपचार सहयोगार्थ ५ हजार सहयोग हस्तान्तरण गरेको थियो । 

त्यसैगरी २०७६ बैशाख २७ गते सम्पन्न शाहको ११औं बार्षिक पूण्यतिथिमा बासले नेपालगञ्ज वडा नम्वर १९ मा बिर बहादुर माझीको संरक्षकत्वमा रही नेपालगञ्जको होप इन्टरनेशनल एकेडेमी स्कुलमा अध्ययनरत १३ बर्षिय बिशाल बिष्टलाई अध्ययनका लागि रु. ५ हजार सहयोग प्रदान गरेको थियो भने नेपालगञ्ज वडा नम्वर २० की घरेलु हिंसा पीडित महिला गंगा सुनारलाई व्यवसाय सञ्चालन गर्नका लागि रु. ५ हजार सहयोग गरेको थियो । 

२०७७ बैशाख २७ गते १२औं बार्षिक पूण्यतिथिमा बासले जानकी गाउँपालिका वडा नम्वर २ भैयापुर निवासी नेपाल प्रेस इन्स्टिच्युट क्षेत्रीय सञ्चार स्रोत केन्द्रमा कार्यरत स्वर्गीय गंगा फुयाँलकी धर्म पत्नी संगिता फुयाँल र खजुरा गाउँपालिका वडा नम्बर ६ उढरापुर निवासी दृष्टिबिहिन जय बहादुर बिश्वकर्मालाई खाद्यान्न सामग्री सहयोग गरेको थियो । उनीहरुलाई २५ किलो चामल, साढे २ किलो दाल, २ किलो नुन, २ लिटर तेल लगायत खाद्यान्न सामग्री सहयोग गरिएको थियो । 

यसैगरी २०७८ बैशाख २७ गते १३औं बार्षिक पूण्यतिथिमा बासले पूर्ण अपांगता भएकी सुनिता बुढालाई नगद पाँच हजार सहयोग गरेको थियो । बुढाको संरक्षण गरिरहेकी नेपालगञ्ज–१८ निवासी समाजसेवी बसन्ती शर्मालाई सहयोग रकम पाँच हजारको चेक हस्तान्तरण गरिएको थियो । यसैगरी बार्षिक पूण्यतिथि कार्यक्रममा नेपालगञ्जस्थित निल सागर सेवाश्रमलाई ५० किलो नुन सहयोग प्रदान गरिएको थियो । सहयोग निल सागर सेवाश्रमका प्रतिनिधि दिवाकर खत्रीले ग्रहण गरेका थिए । 

२०७९ बैशाख २७ गते १४औं बार्षिक पूण्यतिथिमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर १० निवासी १६ बर्षिय प्रकृति महतोलाई नगद दश हजार सहयोग गरिएको थियो । यसैगरी २०८० बैशाख २७ गते सम्पन्न १५औं बार्षिक पूण्यतिथिमा बासको केन्द्रीय कार्यालय भवन निर्माणार्थ एघार हजार एक सय एघार रुपैयाँ सहयोग प्रदान गरिएको थियो भने २०८१ बैशाख २७ गते सम्पन्न १६औं बार्षिक पूण्यतिथिमा वडा नम्बर १ की १२ बर्षिया बालिका तेजिका महतरा र नेपालगञ्ज २२ का निखिल कुमार यादबलाई जनही रु. ५ हजार सहयोग प्रदान गरिएको थियो ।

यसका अलावा शाहको सम्झनामा स्थापित अक्षयकोषबाट उनको जन्मदिनको सम्झनामा अशक्त, अपांगता भएका व्यक्ति, आर्थिक अभाब भएका बालबालिका, जेष्ठ नागरिक, हिंसामा परेका महिलाहरुलाई बिभिन्न सहयोग प्रदान गरिँदै आएको छ । शाहको स्मृतिमा बासले बास रुक्मिणी स्मृति अक्षय कोष स्थापना गरेको छ । उक्त कोषबाट यस क्षेत्रका हिंसा पीडित महिला, बिपन्न बालबालिकाहरुलाई सहयोग गर्ने उद्देश्य लिइएको छ । 

स्मरण रहोस् २०६५ बैशाख २७ गते खासकारकाँदौमा बास पूर्ब केन्द्रिय सदस्य शाहका पति लगायतले उनको दिउँसै हत्या गरेका थिए ।


प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  २२:०३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रुक्मिणी शाहको पूण्यतिथिमा भवन निर्माणका लागि सहयोग
रुक्मिणी शाहको पूण्यतिथिमा भवन निर्माणका लागि सहयोग
प्रेस युनियनले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ गर्ने
प्रेस युनियनले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ गर्ने
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP