नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • एम्स प्रेसिडेन्ट पाको नेपालगञ्ज आउने 
एम्स प्रेसिडेन्ट पाको नेपालगञ्ज आउने 
बागेश्वरी पोस्ट
शनिबार, जेठ ३, २०८२ बागेश्वरी पोस्ट
एम्स प्रेसिडेन्ट पाको नेपालगञ्ज आउने 

नेपालगञ्ज । म्याराथन तथा रोडरेसको विश्वव्यापी सञ्जाल एसोसियसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) का अध्यक्ष पाको बोराओले नेपालगञ्ज भ्रमण तालिका तय गरेका छन् । स्पेन निवासी पाको विश्व प्रसिद्ध भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुन् । एम्समा १ सय २० देशका ४ सय ५० बढी म्याराथन आबद्ध छन् । एम्सको बोर्ड बैठक र नेपाल इन्टरनेशनल रनिङ कन्फ्रेन्सका क्रममा यही जेठ १९ गते काठमाडौं उत्रन लागेका अध्यक्ष पाकोले नेपालगञ्ज भ्रमण गर्ने तालिका सुनिश्चित भएको नेपालका लागि एम्स दुत एवं धारा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए ।
नेपालगञ्ज म्याराथन नेपालबाट एम्सको पहिलो पूर्णकालीन सदस्य हो ।

पश्चिम नेपालको प्रमुख सहर नेपालगञ्जमा १० बर्षदेखि नियमित आयोजना हुँदै आएको म्याराथनको रुट हेर्ने र स्थानीय अगुवासँग पाकोको अन्तरक्रिया गराउने तयारी गरिएको छ । यसका लागि निवर्तमान उपमेयर उमा थापालाई संयोजक र प्याब्सन जिल्ला अध्यक्ष विकास बज्राचार्यलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ । संसारमा निकै लोकप्रिय मानिएको म्याराथन विधाको सर्वोच्च निकायको प्रमुख नेपालगञ्ज आउनु खुशीको खबर रहेको लुम्बिनी प्रदेश खेलकुद परिषदका निवर्तमान सदस्य सचिव भिम ओलीले बताए ।

अध्यक्ष पाकोको भ्रमण फलदायी गराउने सवालमा शनिबार नेपालगञ्जमा नागरिक स्तरबाट छलफल चलाइएको छ । नाट्टा बाँके अध्यक्ष श्रीराम सिग्देलले बाँके राष्ट्रिय निकुञ्ज भ्रमणदेखि मानसरोवर माउन्टेन फ्लाइट गराउने र स्थानीय कला, संस्कृति देखाउन नाट्टाले सघाउने प्रतिबद्धता जनाए । त्यसैगरी प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले विद्यार्थीका लागि हाइप्रोफाइल व्यक्तित्वसँग अन्तरक्रिया गराउन ठूलो अवसर भएको बताउँदै नेपालगञ्ज म्याराथनको अभियानमा साथसाथै अघि बढिरहने वाचा गरे । 

सुटिङका पूर्व अन्तर्राष्ट्रिय खेलाडी एवं प्रेस युनियनका पूर्व अध्यक्ष नरेन्द्र थापाले खेलाडीको सहरलाई एम्ससँग जोड्न पाउनु गौरवको बिषय भएको बताए । नेपालगञ्जका उद्योगी सञ्जय अग्रवालले खेलकुदसँग उद्योगी व्यवसायीलाई जोड्दै जानुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  २१:२२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्तीसोनारी गाउँपालिकामा तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न
राप्तीसोनारी गाउँपालिकामा तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न
सशस्त्र प्रहरीद्वारा राप्ती नदीको बाढीमा फसेका तीन जनाको उद्दार
सशस्त्र प्रहरीद्वारा राप्ती नदीको बाढीमा फसेका तीन जनाको उद्दार
राप्तीसोनारीमा आधारभूत पत्रकारिता तालिम सुरु
राप्तीसोनारीमा आधारभूत पत्रकारिता तालिम सुरु
खाद्य स्वच्छता कायम गरी स्वस्थ नागरिक उत्पादनमा सबै सरोकारवालाको हातेमालो हुनुपर्नेमा जोड
खाद्य स्वच्छता कायम गरी स्वस्थ नागरिक उत्पादनमा सबै सरोकारवालाको हातेमालो हुनुपर्नेमा जोड
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP