prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राजनीतिक यात्राको ४९ वर्षपछि शंकर गिरी पहिलो पटक सांसदमा निर्वाचित
राजनीतिक यात्राको ४९ वर्षपछि शंकर गिरी पहिलो पटक सांसदमा निर्वाचित
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत २, २०७६ बागेश्वरी पोस्ट
राजनीतिक यात्राको ४९ वर्षपछि शंकर गिरी पहिलो पटक सांसदमा निर्वाचित

नेपालगन्ज । प्रदेश ५ को रिक्त प्रदेश सभा सदस्य पदमा शंकर गिरी निर्वाचित भएका छन्। निर्वाचन आयोगको आइतबार बसेको बैठकले गिरीलाई प्रदेश सभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको हो। विपक्षी दल कांग्रेसका नेता बलदेव शर्मा पोखरेलको निधन भएपछि प्रदेश सभामा समानुपातिकतर्फ एक सदस्य पद रिक्त थियो।

नेपाली कांग्रेसको सिफारिसमा सो पदमा गिरीलाई प्रदेश सभा सदस्य नियुक्त गरिएको हो। निर्वाचन आयोगले गिरीलाई आज आईतबार निर्वाचित भएको घोषणा गरेको र छिट्टै राजपत्रमा प्रकाशित गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

‘आयोगबाट आज निर्णय भएको छ । राजपत्रमा प्रकाशित गर्ने र प्रदेश प्रमुखलाई लेखेर पठाउने काम हामीबाट हुन्छ-उनले भने। निर्वाचन आयोगले प्रदेश प्रमुखलाई जानकारी गराएपछि प्रदेश प्रमुख कार्यालयले प्रदेश सभालाई जानकारी दिने छ। सभामुखबाट सपथग्रहण लिएपछि गिरीले प्रदेशसभामा प्रवेश गर्ने छन्।

वीपीको समाजवाद र दर्शनका अनुयायी, कुशल राजनीतिज्ञ, विभिन्न विषयबस्तुलाई चिर्न सक्ने, विकासप्रेमी र आफ्नो जीवनको सम्पूर्ण उर्जावान् समय (करिव ५ दशक) नि:स्वार्थ पार्टीमा लगाएका दाङ कांग्रेसका पुराना तर सक्रिय नेता गिरीलाई कांग्रेस नेतृत्वले अहिले सम्झेको छ । 

४९ वर्ष अगाडि अर्थात् २०२७ साल पौष १ गते राति १६ वर्षको कलिलो उमेरमा तत्कालीन राप्ती अंचलाधीश कार्यालयको गेटमा कालो झण्डा गाडेर सक्रिय राजनीतिको शुभारम्भ गरेका गिरी कांग्रेसको सशस्त्र संघर्षको क्रममा २०३१ सालमा पिस्तोल काण्डमा नेपालगन्जमा होस् या २०३८ सालको आमनिर्वाचन वहिष्कार गर्दा या २०४२ सालको सत्याग्रहका वेला उनी दाङको जेलमा कैद हुन पुगेका थिए । यसका अतिरिक्त विभिन्न समयमा नेपालगन्जदेखि दाङमा पटक पटक गरी गिरफ्तार, हिरासत तथा नजरवन्दमा परेका गिरी पटक पटक पार्टीको आन्तरिक गुटवन्दीको शिकार हुन पुगेका थिए ।

२०३६ फागुन महिनामा घोराहीमा विपी कोइरालाको उपस्थितिको एउटा कार्यक्रमा उनले स्वागत भाषण गरे । खरो वक्ताको ख्याति कमाएका गिरीले भाषणमा विपीलाई युगपुरुष, नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने अन्तर्राष्ट्रिय नेता भनी सम्वोधन गरे । यो सम्वोधन पञ्च र वामपन्थी दुवैको लागि अपाच्य थियो । २०३६ चैत्र १ गतेको एउटा पत्रिकाले त त्यस सम्वोधनको विरोधमा सम्पादकीय नै लेख्यो-शिर्षक थियो ‘वीपी एउटा गुटको नेता कि युग पुरुष ?’

वीपी कोइरालाद्वारा अनुमोदित २०३६ को जनमत संग्रहमा बहुदल प्रचार समिति नेपाली कांग्रेस दाङको सचिव भएका गिरी २०४० सालमै राप्ती अंचल केन्द्रिय सम्पर्क समितिको सदस्य भएका थिए । उनले पार्टीको नवौं, दशौं, एघारौं, वाह्रौं र १३औं महाधिवेशनमा प्रतिनिधित्व गरेका थिए । पार्टीको ८औं महाधिवेशनमा उनी दाङको तत्कालीन क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा १ मतले पराजित भएका थिए भने १२औं महाधिनेशनमा नेपाली कांग्रेस दाङको सभापतिमा उम्मेदवारी दिएका थिए । दोश्रो चरणको निर्वाचनमा उनी पराजित भएका थिए ।

आगरा विश्वविद्यालयबाट इतिहास र राजनीतिशास्त्रमा स्नातक गरेका गिरी २०४० देखि २०४९ सम्म अमर माध्यमिक विद्यालय उरहरीमा प्रधानाध्यापक भई सक्रिय शैक्षिक नेतृत्व समेत गरेका थिए । कुशल राजनीतिज्ञका रुपमा चिनिने गिरीले तुलसीपुर क्षेत्रकै शैक्षिक पक्षमा शिक्षाको कमीलाई पूर्ति गर्न राप्ती बबई क्याम्पसको स्थापनाको परिकल्पना गर्न महत्वपूर्ण योगदान दिएका थिए ।

२०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका गिरी २०५९ पछिको हरेक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेका छन् । चाहे त्यो राजाद्वारा गराइएको नगर निर्वाचनको विरुद्धमा प्रहरी हिरासतमा जाँदा होस् या २०६२-६३ को आन्दोलनमा चाहे त्यो माओवादीद्वारा कब्जा गरिएका सम्पत्ति फिर्ता अभियानमा दर्जनौं पटक वार्तामा जाँदा होस्, उनी नि:स्वार्थ कुनै पदको लोभ विना नेतृत्वदायी भूमिकामा रहे ।


प्रकाशित मिति: आइतबार, चैत २, २०७६  २०:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP