नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • संरक्षणका लागि सामूहिक ऐक्यबद्धता हुन जरुरी रहेकोमा जोड 
संरक्षणका लागि सामूहिक ऐक्यबद्धता हुन जरुरी रहेकोमा जोड 
बागेश्वरी पोस्ट
शनिबार, जेठ १०, २०८२ बागेश्वरी पोस्ट
संरक्षणका लागि सामूहिक ऐक्यबद्धता हुन जरुरी रहेकोमा जोड 

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षणका लागि सामूहिक ऐक्यबद्धता जरुरी रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । क्रियाशिल पत्रकार महिला बाँकेको आयोजना तथा बाँके राष्ट्रिय निकुञ्जको सहकार्यमा आज बाँके राष्ट्रिय निकुञ्जमा पत्रकार महिलाहरुसंग गरिएको अन्तरक्रिया कार्यक्रमका सहभागी पत्रकार महिलाहरुले यस्तो बताएका हुन् । उनीहरुले बाँके राष्ट्रिय निकुञ्जले संरक्षणका लागि बनाएका योजना तथा कार्यक्रममा ऐक्यबद्धता जनाउँदै सहभागी हुन सकेमा पर्यावरणीय संरक्षण हुनुका साथै पर्यापर्यटनले पनि फड्को मार्ने बताएका हुन् । 

कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका प्रमुख बरिष्ठ संरक्षण अधिकृत बिरेन्द्र प्रसाद कँडेलले अहिले बन्यजन्तुको संख्यामा बृद्धि भएको बताउँदै स्थापनाको उद्देश्य अनुसार कार्य भइरहेको बताए । उनका अनुसार बाघ संरक्षणमा निकुञ्जले सफलता हासिल गरेको छ । सन् २०२२ को सर्वेक्षण अनुसार बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ रहेका छन् । यस्तै स्तनधारी बन्यजन्तु ३४, चरा २ सय ७६, सरिसृप २४, उभयचर ९ र माछा ५५ गरी ४ सय २२ प्रजाति रहेका छन् । जसमा दुर्लभ र सामान्य गरेर समेत प्रजातिको विभाजन गरीएको छ । यस्तै निकुञ्जका संरक्षण अधिकृत मन्दिप पंगेनीका अनुसार बाँके राष्ट्रिय निकुञ्जमा ८० वटा कृत्रिम पोखरी निर्माण गरिएता पनि १६ वटा मात्र सञ्चालित अवस्थामा रहेका छन् । जसमध्ये १३ वटामा सोलार सिस्टम जडान गरिएको छ । नेपालको १०औं राष्ट्रिय निकुञ्जको रुपमा स्थापना भएको निकुञ्जले सबै सरोकारवालाहरुसंग समन्वयात्मक रुपमा कार्य अगाडि बढाएको पनि संरक्षण अधिकृत पंगेनीले बताए । 

कार्यक्रममा क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेलले पत्रकार महिलाहरुले जङ्गगल सफारीका साथै जैविक विविधता संरक्षणका लागि स्थलगत रिपोर्टिङ्ग गर्दा विविध वातावरणीय सवालका बारेमा उजागर भएको बताइन् । यस्तै क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीले स्थलगत रिपोर्टिङ्गले बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तु र तिनको बासस्थान, बनेका भौतिक संरचना, बन्यजन्तुको आहारब्यहारका साथै मध्यवर्ती क्षेत्र ब्यबस्थापनका बिषयमा पनि मिडियामा सवाल उठाउन सहज भएको बताइन् । अध्यक्ष गिरीले वातावरणीयसंगै आगामी दिनमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायत बिविध बिषयगत क्षेत्रको सामूहिक अवलोकन गर्ने र बिषयबस्तु उठान गर्ने बताएकी छिन् । आज गरीएको जङ्गल सफारी र अन्तरक्रिया कार्यक्रममा बाँकेका विभिन्न मिडियामा कार्यरत पत्रकार महिलाहरुको सहभागिता रहेको थियो । 
 


प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १९:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP