prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • द्वन्दकालमा मारिएका पत्रकार 'इच्छुक' लाई नेपालगञ्जमा स्मरण
द्वन्दकालमा मारिएका पत्रकार 'इच्छुक' लाई नेपालगञ्जमा स्मरण
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, जेठ १३, २०८२ बागेश्वरी पोस्ट
द्वन्दकालमा मारिएका पत्रकार 'इच्छुक' लाई नेपालगञ्जमा स्मरण

नेपालगञ्ज । द्वन्दकालमा मारिएका पत्रकार कृष्ण सेन 'इच्छुक' लाई आज नेपालगञ्जमा स्मरण गरिएको छ । २०५९ साल जेष्ठ ६ गतेका दिन गिरफ्तारपछि २०५९ साल जेठ १३ गते महेन्द्र पुलिस क्लबमा कठोर यातना दिएर मारिएका इच्छुकको २३औं स्मृति दिवसमा आज प्रेस सेन्टर नेपाल बाँकेले 'इच्छुक र जनपक्षीय पत्रकारिता' विषयक अन्तरक्रिया कार्यक्रम गरेको थियो । साहित्य र पत्रकारितालाई संगसंगै अगाडि बढाएका इच्छुक बहुप्रतिभाशाली व्यक्ति थिए । जनयुद्मा जस्तै जनसाहित्यमा पनि कृष्णसेनको योगदान महत्त्वपूर्ण छ ।

nepalgunj 081-082

कार्यक्रममा बोल्दै माओवादी केन्द्रकी स्थायी समिति सदस्य पुर्ण कुमारी सुबेदीले पत्रकारिता, साहित्य र जनयुद्धमा इच्छुकको अविस्मरणीय योगदान रहेको भन्दै उनीबाट अहिलेको पुस्ताले धेरै कुरा सिक्न सक्नुपर्नेमा जोड दिइन् । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले इमान्दार, निष्ठावान र निडर भएर समाज र जनताको पक्षमा कलम चलाउन सके मात्र कृष्णसेनप्रति सच्चा श्रद्धाञ्जली हुने विचार ब्यक्त गरे । पत्रकारिता जहिले पनि जनपक्षीय हुने भन्दै गिरीले पत्रकारहरुले सत्यका पक्षमा निष्ठापूर्वक कलम चलाउनुपर्नेमा जोड दिए ।  

कार्यक्रममा प्रेस संगठन नेपालका केन्द्रिय सदस्य सुशिल लामिछाने, प्रदेश अध्यक्ष प्रदिप वाग्ले, पूर्व केन्द्रिय सदस्य डक्ट प्रसाद धिताल, नेपाल पत्रकार महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अली, पूर्व अध्यक्षद्वय निरज गौतम र झलक गैरे, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डाँगी, अग्रज पत्रकार शरण कर्माचार्य, साहित्यकारद्वय मणि अर्याल र डा. इन्द्र बहादुर भण्डारी लगायतले सेनको ब्यक्तित्वमाथि चर्चा गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा पत्रकारहरु विपी अस्तु र कपिल अञ्जानले सेनको साहित्यिक व्यक्तित्वको चर्चा गर्दै कविता वाचन समेत गरेका थिए । प्रेस सेन्टर बाँकेका अध्यक्ष चन्द्र बोहराको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 


 


प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  २१:१८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP