नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, जेठ २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्ज-दिल्ली उडानका लागि दवाब समूह गठन
नेपालगञ्ज-दिल्ली उडानका लागि दवाब समूह गठन
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २३, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्ज-दिल्ली उडानका लागि दवाब समूह गठन

नेपालगञ्ज । नेपालगञ्ज–दिल्ली उडानका लागि नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीको नेतृत्वमा १६ सदस्यीय दवाब समूह गठन गरिएको छ । लुम्बिनी प्रदेशका सांसद एवम् पूर्व मन्त्री कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यतामा बाँकेका उद्योगी, व्यवसायी, राजनीतिक दल, नागरिक समाज, प्रहरी, प्रशासन, पर्यटन व्यवसायी लगायतका सरोकारवालाहरुको शुक्रबार नेपालगञ्जमा सम्पन्न छलफल कार्यक्रमले धामी संयोजक रहेको १६ सदस्यीय नेपालगञ्ज–दिल्ली उडान दवाब समूह गठन गरेको हो ।

समितिमा पशुपतिदयाल मिश्र, कृष्णप्रसाद श्रेष्ठ, दिवाकर खनाल, श्रीराम सिग्देल, सुधांशु कोइराला, मीनबहादुर मल्ल, प्रेमबहादुर शाह, राजेन्द्र श्रेष्ठ, करिश्मा योगी, उमा थापा मगर, नन्दलाल वैश्य, नवीन गिरी, रंग बहादुर खड्का, आशिष गुप्ता र सदस्य सचिव भीम बहादुर रानाभाट रहेका छन् ।

नेपालगञ्ज दिल्ली उडानका लागि गठन गरिएको दवाब समूह समितिका संयोजक धामीले नेपालगञ्ज–दिल्ली उडान नहुँदासम्म दवाब जारी राख्ने बताए । उनले नेपालगञ्ज लुम्बिनी प्रदेशको प्रमुख सहर मात्र नभई कर्णाली र सुदूरपश्चिम प्रदेशको पर्यटकीय गेटवे भएकाले नेपालगञ्ज–दिल्ली उडान आवश्यक रहेको बताए । चीनको तिब्बतमा रहेको कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्री नेपालगञ्ज हुँदै जाने भएकाले पनि नेपालगञ्ज–दिल्ली उडान महत्वपूर्ण हुने उनको दाबी थियो ।

नेपालगञ्ज–दिल्ली हवाई उडानका लागि आयोजित सरोकारवालाबीचको बृहत छलफल कार्यक्रममा पश्चिम क्षेत्रको पर्यटन विकासका लागि नेपालगञ्ज–दिल्ली हवाई उडान गर्नुपर्ने सबै सरोकारवालाको धारणा छ । संघीय संरचना अघि चलायमान रहेको नेपालगञ्ज शहर अहिले पछाडि परेको भन्दै नेपालगञ्ज लगायत यस क्षेत्रको विकासका लागि नेपालगञ्ज-दिल्ली हवाई उडान गर्नुपर्ने सम्बद्धले बताएका छन् । 

प्रदेश सांसद नमुना र मिना श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्र, नेपाली काँग्रेसका सचिव सुधांशु कोइराला, एमाले नेता मिन मल्ल, माओवादीका नेता प्रेम शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजेन्द्र श्रेष्ठ, नेकपा एकीकृत समाजवादीकी नेतृ करिश्मा योगी, नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्ष नवीन गिरी, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्षहरु कृष्ण प्रसाद श्रेष्ठ, नन्दलाल बैश्य, होटल व्यवसायी संघका अध्यक्ष रंग बहादुर खड्का, उद्योगी सञ्जय अग्रवाल लगायतले नेपालगञ्ज–दिल्ली उडानका लागि सबै लाग्नुपर्ने बताएका थिए ।

नेपाल सरकारले नै यसको आवश्यकता महसूस गरेर कुटनीतिक ढंगले लाग्नुपर्नेमा सरोकारवालाको जोड छ । त्यसका लागि निरन्तर दबाब जरुरी रहेको सहभागीहरुको भनाई छ । नेपालगञ्ज–दिल्ली उडानका लागि यस अघि नै प्रयास गरे पनि त्यसले सार्थकता पाएको छैन ।


प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  २२:२२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मनसुनजन्य विपदबाट बाँकेमा १५ हजार परिवार प्रभावित हुने पूर्वानुमान
मनसुनजन्य विपदबाट बाँकेमा १५ हजार परिवार प्रभावित हुने पूर्वानुमान
डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण तालिम सुरु
डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण तालिम सुरु
डुडुवाले पत्रकार महासंघ बाँकेमा सभा हल निर्माण गर्दै
डुडुवाले पत्रकार महासंघ बाँकेमा सभा हल निर्माण गर्दै
माहुरी होमले ग¥यो नेपालगञ्जमा कार्यशाला गोष्ठी
माहुरी होमले ग¥यो नेपालगञ्जमा कार्यशाला गोष्ठी
Nepalgunj metro _nabin bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP