नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, जेठ २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • महिलालाई समान अवसर र सहभागितामा जोड
महिलालाई समान अवसर र सहभागितामा जोड
बागेश्वरी पोस्ट
शनिबार, जेठ २४, २०८२ बागेश्वरी पोस्ट
महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगञ्ज । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जद्वारा सञ्चालित तालिमका सहभागीले समाजमा अझै पनि महिलामाथि हुने विभिन्न हिंसा तथा विभेदले ठूलो समस्या पारेकोले यसलाई अन्त्य गर्न स्थानीय सरकारले नीतिगत रुपमा व्यवस्थापन गर्नुपर्ने बताएका थिए । 

समाजमा दाइजो प्रथा, सम्वन्ध विच्छेद, बालविवाह जस्ता मुख्य समस्या भएकाले सो विरुद्ध सशक्त रुपमा अवाज उठाउनुपर्नेमा उनीहरुको जोड थियो । तालिमको समापन गर्दै नेपालगञ्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्टले नगर क्षेत्रमा पनि अशिक्षित तथा गरिब असहाय महिलाहरुको अवस्था अझै पनि दयनीय रहेकाले उनीहरुलाई सशक्तिकरणका लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको बताए । उनले महिलाहरुको जागरुकता नै सशक्तिकरण भएकाले सबैभन्दा पहिला सचेत भई अभियान सञ्चालन गर्नुपर्ने भन्दै महिला सम्वन्धि कानुनी अधिकारलाई बुझ्न जरुरी रहेको बताए । 

कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले स्थानीय महिलाहरु सक्षम भएमा समाज नै समृद्ध हुने भएकाले महिलालाई विशेष सम्मान र अवसर प्रदान गर्नुपर्ने बताए । उनले समुदायको विकासमा महिलाहरु नै अग्रसर भएर समस्या पहिचान गरी योजना प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै सुशासन तथा पारदर्शी समाज निर्माणमा उल्लेख्य भूमिका निर्वाह गर्न आग्रह गरे । 

कार्यपालिका सदस्य बसन्त कुमार कनोजियाले महिला भनेका घरको लक्ष्मी भएकाले उनीहरुको सम्मान गर्दै हरेक प्रक्रियामा अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिए । उपमहानगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख वरिष्ठ महिला विकास अधिकृत पवित्रा कुमारी पुरीले महिला तथा बालबालिकालाई उपलब्ध गराइने विभिन्न सेवा सुविधाका बारेमा जानकारी गराएकी थिइन् । 

संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १२ नम्बर वडा कार्यालयका वडा सदस्य सुशिला पन्त, संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट लगायतले बोलेका थिए । त्यस अवसरमा समाजमा बढी रहेको दाइजो प्रथा, घरेलु हिंसाविरुद्ध पैरबी गर्न ७ बुँदे प्रतिबद्धता समेत गरिएको थियो । 

महिला, बालबालिका तथा किशोरीहरुको सशक्तिकरणका लागि गरिएको दुई दिने क्षमता विकास तालिममा नेपालगञ्ज उपमहानगरपालिका अन्र्तगत विभिन्न वडाका ५५ जना महिला, बालबालिका र किशोरीहरुको सहभागिता रहेको थियो ।  
तालिममा महिला, बालबालिकाको कानुनी अधिकार, अवस्था, समस्या, लैङ्गिक समानता, लैङ्गिक विभेद, नेतृत्व विकास, यौन तथा प्रजनन स्वास्थ्य, बाल विवाह, यौन हिंसा, निर्णय क्षमता विकास, कानुनी अधिकार, सुरक्षा, न्याय तथा पहुँचका उपाय, आर्थिक सशक्तिकरण लगायतका विषयमा जानकारी गराइएको थियो । 
 


प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  २१:५४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मनसुनजन्य विपदबाट बाँकेमा १५ हजार परिवार प्रभावित हुने पूर्वानुमान
मनसुनजन्य विपदबाट बाँकेमा १५ हजार परिवार प्रभावित हुने पूर्वानुमान
डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण तालिम सुरु
डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण तालिम सुरु
डुडुवाले पत्रकार महासंघ बाँकेमा सभा हल निर्माण गर्दै
डुडुवाले पत्रकार महासंघ बाँकेमा सभा हल निर्माण गर्दै
माहुरी होमले ग¥यो नेपालगञ्जमा कार्यशाला गोष्ठी
माहुरी होमले ग¥यो नेपालगञ्जमा कार्यशाला गोष्ठी
Nepalgunj metro _nabin bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP