नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्ज फोटो फेस्टिबलको चौथो संस्करणको तयारी पूरा
नेपालगञ्ज फोटो फेस्टिबलको चौथो संस्करणको तयारी पूरा
बागेश्वरी पोस्ट
मंगलबार, असार ३, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्ज फोटो फेस्टिबलको चौथो संस्करणको तयारी पूरा

नेपालगञ्ज । नेपालगञ्ज फोटो फेस्टिबलको चौथो संस्करणको तयारी पूरा भएको छ । असार ४ र ५ गते नेपालगञ्जमा आयोजना गरिएको फेस्टिबलमा राष्ट्रिय फोटो प्रतिष्पर्धामा देशभरबाट सहभागी फोटोबाट छानिएका १ सय ११ फोटो प्रदर्शनीमा राखिएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । ‘बाँके, बर्दियासहित देशभरका सांस्कृतिक, पर्यटन, कृषि लगायतका ९ विधामा विविधता झल्कने फोटो एउटै थलोमा हेर्ने अवसर छ’ फोटो प्रर्दशनीको अवलोकन गर्न आह्वान गर्दै शाह भन्छन्, ‘निःशुल्क रुपमा फोटो हेर्ने व्यवस्था मिलाएका छौं ।’ ४ गते विहान ११ बजेदेखि साँझ ७ बजेसम्म र ५ गते विहान ७ बजेदेखि साँझ ७ बजेसम्म फोटो अवलोकन गर्न सकिनेछ ।

अन्तरालको आयोजनामा हुने उक्त फोटो फेस्टिबलमा फोटो प्रदर्शनीसंगै दुई दिने फोटोग्राफी तालिम पनि सञ्चालन हुनेछ । प्रतिष्पर्धामा छानिएका १ सय ११ फोटोहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै नेपालगञ्ज, संघीय राजधानी काठमाडौं र सातै प्रदेशमा हुने फोटो प्रदर्शनीमा समावेश गरिनेछ । यी फोटोहरु अन्तरालले प्रकाशन गर्ने फोटो पुस्तकमा समेत समेटिने आयोजकले जनाएको छ । बरिष्ठ फोटो पत्रकार विकास कार्कीको नेतृत्वमा बरिष्ठ फोटोग्राफर रमेश मल्ल र फोटो पत्रकार केशव थोकर सदस्य रहेको निर्णायक मण्डलले उक्त फोटोहरु छनौट गरेको हो ।

नेपालगञ्ज फोटो फेस्टिबल अन्तर्गत राष्ट्रिय फोटो प्रतिष्पर्धाको सबैभन्दा ठूलो र मुख्य पुरस्कार वर्ष फोटो रहेको छ । यसको पुरस्कार राशी ५१ हजार १११ रुपैयाँ र प्रमाणपत्र रहेको छ । यस्तै टप ३१ मा परेका फोटोमा सर्वाधिक भोट प्राप्त गर्ने फोटोग्राफरले पिपुल्स च्वाइस अवार्ड प्राप्त गर्नेछन् भने यसको पुरस्कार राशी ५० हजार १११ रुपैयाँ र प्रमाणपत्र रहेको छ । असार ५ गते दिउँसो १ बजेसम्म उक्त फोटोहरुमा इ-सेवामा गएर भोट गर्न सकिनेछ ।

यस वर्ष पनि हरेक विधाका उत्कृष्ट फोटोलाई नगद पुरस्कारसहित विधागत उत्कृष्ट फोटो अवार्ड प्रदान गरिनेछ । दैनिक जीवन, समाचार, पर्यटन, कृषि, संस्कृति, वन्यजन्तु, प्रकृति र संरक्षण, खेलकुद, नेपाल स्माइल गरी प्रतियोगितामा ९ विधा प्रतिष्पर्धामा समावेश छन् । हरेक विधाको उत्कृष्टलाई ५ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी यस वर्ष फोटो पत्रकार र फोटोग्राफरहरुका फोटोग्राफी अनुभव आदान-प्रदान गर्ने उद्देश्यले नेपाल फोटोग्राफी समिट पनि आयोजना हुने भएको छ ।


प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  २१:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP