नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
बागेश्वरी पोस्ट
बिहीबार, असार ५, २०८२ बागेश्वरी पोस्ट
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई

नेपालगञ्ज । नेपालगञ्जका फोटोग्राफर अमित रावलले चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड प्राप्त गर्न सफल भएका छन् । रावलले बर्दियाको बढैयातालमा खिचेको रेडसांक प्रजातिको चराहरुको फोटोले इसेवा भोटिङमा सर्वाधिक ६ हजार ७ सय ७७ भोट प्राप्त गर्दै ५० हजार १ सय ११ रुपैँया राशीको पुरस्कारसहित पिपुल्स च्वाइस अवार्ड प्राप्त गर्न सफल भएको हो ।

अन्तरालको आयोजनामा भएको फेष्टिबलमा राष्ट्रिय फोटो प्रतिस्पर्धाबाट टप ३१ मा पर्न सफल फोटोहरु भोटिङका लागि इसेवामा राखिएका थिए । अर्वाड प्राप्त गरेपछि फोटोग्राफर रावलले पुरस्कारले फोटो खिच्न र संरक्षणको काममा आफूलाई अझै प्रोत्साहित गरेको बताए । पुरस्कारको केही राशी परोपकारी काममा लगाउने बताउँदै उनले भने, ‘कोहलपुरका मृगौला रोग पीडित फिरोज बक्सलाई यस पुरस्कारबाट १० हजार रुपैँया दिने उद्घोष गर्दछु ।’

फेष्टिबलको समापन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माया पुनले यस्ता कार्यक्रममले युवाहरुलाई सृजनात्मक काममा व्यस्त बनाउने बताइन् । स्वदेशमा सम्भावना नदेखेका युवाहरुका लागि यो कार्यक्रम प्रेरक हुन सक्ने उनको भनाई छ । यस्ता कार्यक्रममा सबैको साथ र सहयोगको खाँचो रहेको पुनले बताइन् ।

यस्तै समापन कार्यक्रममा नेपालगञ्ज १८ का तिलक गाहा मगरले खिचेको तस्बिरले खेलकुद विधामा उत्कृष्ट हुँदै लुम्बिनी प्रदेश सभा सदस्य पुनबाट अवार्ड र पुरस्कार राशी प्राप्त गरेको छ । कृषि विधामा बबी साई, संस्कृति विधामा सञ्जय महर्जन, दैनिक जीवन विधामा विजय थापा, प्रकृति र संरक्षण विधामा रोमिन थारु, नेपाल स्माईल विधामा जीवन लामा, वाईल्ड लाइफ विधामा विनय रावल, टुरिजम विधामा मनोज पौडेल र न्युज विधामा बरम बुढाका तस्बिर विधागत उत्कृष्ट भएका छन् । विधागत उत्कृष्ट तस्विरको पुरस्कार राशी ५र५ हजार रुपैँया रहेको थियो ।

प्रतियोगितामा आर्यन धिमालको जाजरकोट भूकम्पमा आफ्नो भत्किएको घर अघि रुँदै गरेकी महिलाको तस्बिर फोटो अफ द इयर भएको छ ।  उक्त तस्वीरले ५१ हजार १ सय ११ रुपैँया पुरस्कार प्राप्त गरेको छ । धिमाल कार्यक्रममा पुग्न नसकेकाले पुरस्कार उहाँसम्म पुर्याउने व्यवस्था मिलाइने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए  ।

समापन कार्यक्रममा पर्यटन कार्यालय कोहलपुरका प्रमुख टंकनाथ खनाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, पिजे क्लबका पूर्व अध्यक्ष एवम् प्रतियोगिताका निर्णायक विकास कार्की लगायतको सहभागिता रहेको थियो । यसैगरी अन्तरालको आयोजनामा सञ्चालन भएको दुई दिने फोटोग्राफी तालिम पनि समापन गरिएको छ । तालिममा सहभागी ३९ जनालाई समापन कार्यक्रममा प्रमाणपत्र पनि वितरण गरिएको छ ।

प्रतिष्पर्धामा छानिएका १ सय ११ फोटोहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै नेपालगञ्ज, संघिय राजधानी काठमाण्डौं र सातै प्रदेशमा हुने फोटो प्रदर्शनीमा समावेश गरिने आयोजकले छ । यी फोटोहरु अन्तरालले प्रकाशन गर्ने फोटो पुस्तकमा समेत समेटिनेछ ।

वरिष्ठ फोटो पत्रकार विकास कार्कीको नेतृत्वमा बरिष्ठ फोटोग्राफर रमेश मल्ल र फोटो पत्रकार केशव थोकर सदस्य रहेको निर्णायक मण्डलले उक्त फोटोहरु छनौट गरेको थियो । फेष्टिवलको पहिलो संस्करणमा रुकुमका मैत्या घर्ती मगर, दोश्रो संस्करणमा नेपालगञ्जकी पत्रकार निशु जोशी र तेस्रो संस्करणमा मुगुका पत्रकार राज बहादुर शाहीले उपाधि जितेका थिए ।

नेपाल पर्यटन बोर्ड प्रवद्र्धक, पर्यटन डिभिजन कार्यालय, कोहलपुरको सहकार्यमा आयोजना गरिएको चौथो नेपालगञ्ज फोटो फेस्टिबललाई नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका लगायतको सहयोग रहेको थियो ।


प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  २०:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP