नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, मंसिर २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार ६, २०८२ बागेश्वरी पोस्ट
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङ जिल्लाको टरिगाउँस्थित विमानस्थल विस्तार गर्न सरकारले पर्याप्त बजेट नछुट्टयाएको भन्दै गुनासो गरेका छन् । ‘बजेटमाथि खुसीका साथ कुरा राखौंला भन्ने आशामा थिएँ । तर, केही मन्त्रालयको बजेट हेर्दा गम्भीर भएर बोल्नुपर्ने अवस्था आएको छ,' उनले भने । 

आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयगत शिर्षकमाथिको छलफलमा आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गिरीले भने, ‘यो बजेटले जनतालाई देखेन, न यो विकासमैत्री भयो । न लगानीमैत्री भयो । न त सरकार पक्ष सांसदमैत्री भयो ।’ बजेट शीर्ष नेता र त्यसमा पनि सत्तारुढ दलका शीर्ष नेता केन्द्रित हुन पुगेको उनले आरोप लगाए । ‘जो जो मन्त्रीजी हुनुहुन्छ, प्रधानमन्त्रीजी हुनुहुन्छ । त्यही मैत्री भयो जस्तो मलाई लाग्यो । बडो कठोरताका साथ भन्नुपर्छ,’ कांग्रेस केन्द्रीय सदस्य समेत रहेका गिरीले भने ।

पर्यटनसँग सम्बन्धित ११ वटा योजना झापाको एउटै निर्वाचन क्षेत्रमा परेको उनले बताए । ती योजनाहरूको नामै संसदमा उनले सुनाए । सभामुख देवराज घिमिरेको निर्वाचन क्षेत्रमा समेत एउटा पर्यटनसम्बन्धि २१ लाखको योजना परेको भनेर उनले  ब्यङ्ग्य गरे । नेपाली जनताले कठिन संघर्ष गरेर ल्याएको गणतन्त्रमा असमान रुपमा बजेट वितरण हुँदा दुःख लागेको उनले बताए ।

टरिगाउँ विमानस्थलका लागि छैन बजेट 

पूर्व मन्त्री समेत रहेका सांसद गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीले दाङ तुलसीपुरको टरिगाउँ विमानस्थलको धावन मार्ग विस्तार गर्न पर्याप्त बजेट विनियोजन गरिने संसदमै वाचा गरेको तर बजेट बनाउने बेला अर्थ मन्त्रीले त्यस्तो वाचा बिर्सिएको आरोप लगाए । 

पोखरा विश्वविद्यालयका प्राध्यापक डा. गोविन्द प्रसाद लामिछाने र नेपाल नागरिक उड्डयन प्राधिकरणको एक टोलीले सर्भे गरी टरिगाउँ  विमानस्थलको डीपीआर तयार गरेको थियो  । उक्त  प्रतिवेदन अनुसार भ्याटसहित ३ अर्व ४२ करोड बजेट आवश्यक छ । जग्गा अधिग्रहण गर्नका लागि मात्रै करिब ९० करोड र पन्ध्र सय मिटर धावन मार्ग निर्माणका लागि रु. २ अर्व ५२ करोड लाग्ने अनुमान गरिएको छ । तर, सरकारले आगामी आथिक वर्ष २०८२/०८३ को बजेटमा जग्गा अधिग्रहणका लागि रु. १ करोड मात्रै बजेट विनियोजन गरेको छ । 

रु. १ करोड मात्रै बजेट विनियोजन गरेर अर्थ मन्त्रीले यो सरकारको विश्वसनियतामाथि नै प्रश्न चिन्ह खडा गरेको र यदि सरकारले यसरी नै आफ्नो वाचा बिर्संदै जाने हो भने दंगाली जनता अब चुप लगेर नबस्ने पनि उनले  चेतावनी दिए ।


प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  २१:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट दुई पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नुपर्छ: राठौर
केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट दुई पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नुपर्छ: राठौर
तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छः राठौर
तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छः राठौर
भिम रावलले भने-'नेपाली कम्युनिष्ट पार्टीले अब देशको नेतृत्व गर्छ'
भिम रावलले भने-'नेपाली कम्युनिष्ट पार्टीले अब देशको नेतृत्व गर्छ'
२१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
२१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP