prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार २०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कृषि ज्ञान केन्द्र बाँकेको नेतृत्वमा विभिन्न 'कृषि कार्यक्रम' को संयुक्त अनुगमन
कृषि ज्ञान केन्द्र बाँकेको नेतृत्वमा विभिन्न 'कृषि कार्यक्रम' को संयुक्त अनुगमन
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार १३, २०८२ बागेश्वरी पोस्ट
कृषि ज्ञान केन्द्र बाँकेको नेतृत्वमा विभिन्न 'कृषि कार्यक्रम' को संयुक्त अनुगमन

नेपालगञ्ज । कृषि ज्ञान केन्द्र बाँकेको नेतृत्वमा संयुक्त अनुमगन टोलीले आज जिल्लाका विभिन्न स्थानमा सञ्चालित अनुदानका कार्यक्रमको स्थलगत अनुगमन गरेको छ । टोलीले बैजनाथ, नेपालगञ्ज, राप्तीसोनारी र डुडुवाका अनुदानग्राहीको कार्य क्षेत्रमै पुगी अनुगमन गरेको कार्यालय प्रमुख विनोद घिमिरेले बताए ।

nepalgunj 081-082

बैजनाथ-१ गाभर भ्यालीमा मिलन बस्नेतले सञ्चालन गरेको श्री भ्याली एग्रो फार्मको च्याउ प्रबद्र्धन कार्यक्रम अनुगमन गरिएको छ । उक्त कार्यक्रमका लागि कृषि ज्ञान केन्द्र बाँकेले ४ लाख ८३ हजार १ सय ५८ रुपैयाँ अनुदान रकम उपलब्ध गराएको छ । जसले स्टेब्लाइजर, कटिंग मेशिन लगायत खरिद गरेर च्याउ उत्पादनमा सहजता थपिएको बस्नेतले बताए । विद्युतको समस्या झेलिरहेको अवस्थामा स्टेब्लाइजर उपलब्ध भएपछि सजिलो भएको उनको भनाई छ ।

May be an image of 7 people, grass and tree

घिमिरेका अनुसार त्यस पश्चात बैजनाथ-८ टिटिहिरियामा जे एन कृषि फर्मका जगनारायण थारुले गरिरहेको 'कालानमक धान' को खेती अवलोकन गरिएको थियो । थारुलाई कृषि प्रविधि प्रदर्शन तथा धान बीउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत १ लाख ८४ हजार ३ सय अनुदान रकम उपलब्ध गराइएको थियो । थारुले ३० कट्टामा उक्त धान लगाइरहेका छन् । उनले ९००० केजी धान बीउ विक्री वापत प्रोत्साहन अनुदान समेत पाएका छन् । उनले स्प्रेयर टंकी, रासायनिक मल, विषादी, डेलिभरी पाइप तथा ४० केजी कालानमक धानको बीउ पाएको बताए ।

May be an image of 12 people and text

संयुक्त अनुगमन टोलीले नेपालगञ्ज-१७ ढोडे गाउँका मोहिद्दिन बागवानले २० कट्ठा क्षेत्रफलमा गरिरहेको भिन्डी खेतीको पनि निरीक्षण गरेको छ । उनले ४१ हजार ९ सय २३ रुपैयाँ अनुदान पाएका छन् । यस्तै राप्तीसोनारी ६ हब्रहवास्थित सिद्धेश्वर कृषि सहकारी संस्थाले उन्नत बीउ उत्पादनका लागि पूर्वाधार तथा प्रशोधन विकास सहयोग कार्यक्रम (धानको उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रम) अन्तर्गत पाएको अनुदान सहयोगको निरीक्षण गरिएको छ । त्यहाँ खलियान निर्माण र उन्नत बीउ उत्पादन प्रोत्साहन अनुदानमा ३ लाख ५१ हजार १ सय ५२ रुपैयाँ सहयोग गरिएको छ ।

May be an image of 12 people

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख घिमिरेका अनुसार राष्ट्रपतिबाट उत्कृष्ट कृषकको पुरस्कार प्राप्त गरेका डुडुवा-६ हिरिमिनियास्थित बि एल कृषि फर्मका आलु उत्पादक कृषक जयपाल मौर्यको खेतीबारे पनि जानकारी लिइएको छ । उनलाई कृषि ज्ञान केन्द्रले पिविएस बीउ आलु तथा कोल्ड स्टोरमा सहयोग गरेको छ । मौर्यले बाउबाजेको पालादेखि नै आफ्नो परिवारले कृषि कर्मलाई पेशाकै रुपमा अघि बढाएको बताउँदै प्राविधिक ज्ञान र उपकरणमा कृषि ज्ञान केन्द्रले गरेको सहयोग उपलब्धिमूलक रहेको बताए ।

May be an image of ‎13 people and ‎text that says '‎i ة संयुक अनुनमन कार्यंत्रम CUE‎'‎‎

अनुगमन टोलीमा जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सीता कार्की, कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक समिद अहमद, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, कृषि सम्बद्ध विभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कोलेनिकाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता थियो ।  


प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  २२:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक
बैंक घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य मिश्र पक्राउ
बैंक घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य मिश्र पक्राउ
राप्ती नदीको बाढीबाट बस्ती जोगाउन आपतकालीन तटबन्ध
राप्ती नदीको बाढीबाट बस्ती जोगाउन आपतकालीन तटबन्ध
जलवायु कार्य तथा न्याय नेटवर्कद्वारा प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण
जलवायु कार्य तथा न्याय नेटवर्कद्वारा प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP