नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार १८, २०८२ बागेश्वरी पोस्ट
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण

नेपालगञ्ज । नेपाली काँग्रेसका पूर्व सभापति, पूर्व प्रधानमन्त्री एवम् नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १०२औं जन्म जयन्तीका अवसरमा नेपालगञ्जमा वृक्षारोपण गरिएको छ ।

नेपाली काँग्रेस बाँकेको आयोजनामा नेपालगञ्जको वडा नम्बर १ र १८ को सीमानामा पर्ने वाटरपार्कस्थित चिल्ड्रेन पार्कमा वृक्षारोपण कार्यक्रम गरिएको थियो । एक औपचारिक कार्यक्रमका बीच प्रमुख अतिथि नेपाली काँग्रेसकी नेतृ एवम् पूर्व बाँके पार्टी सभापति किरण कोइरालाले विरुवा रोपेर वृक्षारोपणको शुभारम्भ गरेकी थिइन् ।

वृक्षारोपणमा नेपाली काँग्रेसका नेता एवम् लुम्बिनी प्रदेशका पूर्व सांसद शंकर गिरी, बाँके पार्टी सभापति नारायण प्रसाद गौडेल, उपसभापतिद्वय गोपाल प्रसाद अधिकारी र कृष्ण कार्की, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, सहसचिवद्वय रेनु सिंह ठाकुर र विनोद थारु लगायत पार्टी नेता तथा कार्यकर्ताहरुले पनि विभिन्न जातका विरुवा रोपेका थिए ।

वृक्षारोपण समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेतृ कोइरालाले नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइरालाले देखाएको वाटोमा पार्टीका सबै कार्यकर्ता इमान्दारितापूर्वक हिँड्न सके नेपाली काँग्रेसलाई कसैले परास्त गर्न नसक्ने बताइन् ।

पार्टीका नेता गिरीले नेपाली काँग्रेसलाई एकताको कसीमा बाँधिराख्न, संगठन मजबुत बनाउन, गुटउपगुटको अन्त्य गर्न, कार्यकर्ताको सक्रियता बढाउन पार्टीमा अब सक्षम नेतृत्वको खाँचो रहेको औंल्याए ।

कार्यक्रमको अध्यक्षता गरेका बाँके पार्टी सभापति गौडेलले जुँगाको लडाइँले पार्टी संगठन बलियो हुन नसक्ने भन्दै स्वर्गीय गिरिजा प्रसाद कोइरालाको नेतृत्व जस्तै पार्टीलाई हाँक्न सक्ने नेताको खाँचो रहेको बताए ।


प्रकाशित मिति: बुधबार, असार १८, २०८२  २०:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP