नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना संंक्रमण रोक्न नरैनापुरमा थप ४ हेल्थ डेस्क स्थापना गरिदै
कोरोना संंक्रमण रोक्न नरैनापुरमा थप ४ हेल्थ डेस्क स्थापना गरिदै
सर्वसाधारणलाई कोरोनाबारे जानकारी दिन माइकिङ्ग
बागेश्वरी पोस्ट
बुधबार, चैत ५, २०७६ बागेश्वरी पोस्ट
कोरोना संंक्रमण रोक्न नरैनापुरमा थप ४ हेल्थ डेस्क स्थापना गरिदै

नरैनापुर(बाँके)। बाँकेको नरैनापुर गाउँपालिकाका थप ४ स्थानमा हेल्थ डेस्क स्थापना गरिने भएको छ ।

यसअघि एक स्थानमा हेल्थ डेस्क स्थापना गरिएको थियो । विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमण रोक्न भारत आवतजावत हुने थप चार स्थानमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आज (बुधबार) भएको बैठकमा रोशनपुर्वा, घोरदौरिया, भगवानपुर र सोनबर्षामा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको स्वास्थ्य शाखा प्रमुख मोइन खाँले जानकारी दिनुभयो । सुइया नाकामा भने यसअघि नै हेल्थ हेस्क स्थापना गरिएको थियो । भारतको उत्तर प्रदेशमा पनि कोरोना संक्रमित विरामी भेटिएकाले खुला सीमाका कारण बढेको जोखिमलाई मध्यनजर गर्दै नरैनापुरबाट भारततर्फ बढी आवतजावत हुने स्थानमा अनिवार्य स्वास्थ्य परिक्षण गर्ने गरी हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष इस्तिायक अहमद शाहले बताउनुभयो ।

‘सकेसम्म अब सीमा वारपार नगर्न हामी सबै नागरिकलाई अपिल गर्दछौं, अत्यावश्यक काम बाहेक अन्य समयमा धेरैं हिंड्डुल नगर्न हाम्रो आग्रह छ,’ अध्यक्ष शाहले भन्नुभयो, ‘पूर्व सावधानी स्वरुप नरैनापुरका विभिन्न क्षेत्रबाट भारत आवजआवत गर्ने नागरिकको स्वास्थ्य परिक्षण अनिवार्य रुपमा गर्ने ब्यवस्था मिलाउँछौं ।’ प्रत्येक हेल्थ डेस्कमा एक सिफ्टमा दुई जना स्वास्थ्यकर्मी रहने गरी प्रहरीको सहयोग लिएर हेल्थ डेस्क सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख खाँले बताउनुभयो ।

त्यस्तै सर्वसाधारणलाई कोरोना भाइरसका लक्षण र यसको संक्रमण हुन नदिन अपनाउनुपर्ने सजकताका बारेमा जानकारी दिन माइकिङ्ग गर्ने निर्णय भएको छ । माइकिङ्ग गर्दै घरघरमा पर्चा पम्प्लेट पनि वितरण गरेर नागरिकलाई स्वास्थ्य सजकता अपनाउन अपिल गरिने स्वास्थ्य शाखाका उपप्रमुख नागेन्द्र कुमार शाहले बताउनुभयो ।

स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत अंगत बहादुर शाहीले खुला सीमाका कारण नरैनापुरमा पनि कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै भारत आवतजावतमै कडाई गर्न जरुरी रहेको बताउनुभयो । सर्वसाधारणलाई कोरोनाको संक्रमण हुन नदिन अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी गराउन आवश्यक रहेकाले जनप्रतिनिधिहरुले यसतर्फ ध्यान दिनुपर्ने सुझाब दिनुभयो ।

सुइया नाकामा आज(बुधबार) विहान ९ बजेसम्म २ हजार ४ सय २८ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।


प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  १७:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP