prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार २०, २०८२ बागेश्वरी पोस्ट
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको टिप्पणी गरेका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै गिरीले त्यस्ता ब्यक्तिहरुले चुरिफुरि देखाउँदै भाषण फलाक्दै हिँडेको टिप्पणी गरे । "पार्टीमा सबैको लगानी हुन्छ । कसैको जिन्दगी र जवानीको लगानी हुन्छ । कतिले आर्थिक सहयोग गर्लान् । महावीर शमशेर, भरत शमशेर, मैयाँ दिदी, गौरी दिदी जस्ता युगीन व्यक्तित्वहरूले नेपाली काँग्रेसलाई गर्नुभएको आर्थिक सहयोग, चन्दाको श्रेय लिन कहिल्यै पनि खोज्नुभएन," गिरीले भने-"तर, नेपाली काँग्रेसमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको र भाषण धेरै फलाकेको देखिन्छ ।"

कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य समेत रहेका उद्योगपति विनोद चौधरीले जारी केन्द्रीय कार्यसमिति बैठकमा बरिष्ठ नेता डा. शेखर कोइरालालाई संकिर्ण सोच भएको नेता भन्दै आफ्नो धारणा राखेपछि गिरीले चौधरीको नाम नलिई यस्तो टिप्पणी गरेका हुन् । त्यस अघि डा. कोइरालाले विधान बमोजिम योग्यता नपुगेका चौधरीलाई किन केन्द्रीय सदस्य बनाएको भन्दै सभापति शेर बहादर देउबालाई प्रश्न गरेका थिए । 

यसैगरी गिरीले चुनावको निहुँ झिकेर गुट र झुण्डको नाममा नेता कार्यकर्तालाई अनुशासनको कारबाही गर्दा पार्टी कमजोर हुने जिकिर गरे । उनले निर्वाचन सकिएको ३/४ बर्षपछि पनि अनुशासनको कारबाही गर्न थालियो भने पार्टीमा विग्रह आउने जिकिर गरेका हुन् । गिरीले बैठकमा बोल्दै भने, "नेपाली कांग्रेस पार्टी यो देशको ऐतिहासिक डेमोक्रेटिक पार्टी हो । डेमोक्रेसीमा सबैको पहिचान, स्थान, आवाज र असन्तुष्टिहरूको सम्मान हुन्छ । पार्टीभित्रको अनुशासनको कारबाही ३/४ महिनाभित्र हुन्छ । आजको २१ औं शताब्दीमा पनि अनुशासनको नाममा ३/४ वर्षसम्म पनि अनुशासनका नाममा कारबाही गर्न थालियो भने पार्टी कमजोर हुन्छ । गुट र झुण्डको नाममा कारबाही गर्न थालियो भने पार्टी कमजोर हुन्छ ।"

उनले थपे, "चुनावमा किसुनजीलाई ठूलो बज्रपात परेको थियो तर किसुजीले आम माफी दिनुभयो । त्यसो हुनाले सन्त नेता श्रद्धेय किसुनजीले नेपाली कांग्रेसका नेता, कार्यकर्ताले गरेका विगतका गल्तीहरूलाई विसर्जन गर्नुपर्छ भन्नु भए झै विगतमा भएका सानातिना कमीकमजोरीहरूलाई सुधार्ने मौका दिएर आममाफी गर्नुपर्छ भन्ने मेरो राय हो ।" गिरीको यो भनाई डा. शेखरसंग मिल्दो छ ।

गिरीले मुलुकमा राजनीतिक अवस्था तरल रहेको भन्दै ठूलो र इतिहास बोकेको दल कांग्रेस सरकारमा भएकाले सबैसंग सहमति र सहकार्य गर्न अपरिहार्य रहेको बताए । उनले पार्टीमा धेरै षड्यन्त्रका तानाबाना भइरहेको भन्दै विशेषगरी महामन्त्रीहरु यसमा गम्भीर बन्नुपर्नेमा जोड दिए । 
 


प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  २१:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP