prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, साउन ३, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा

नेपालगञ्ज । नेपालगञ्ज वडा नम्बर १८ मा नेपाली काँग्रेसको पार्टी वडा कार्यालय भवनको निर्माण अहिले द्रुत गतिमा अघि बढिरहेको छ । नेपाली काँग्रेसका पूर्व सभापति, पूर्व प्रधानमन्त्री एवम् संविधान पिता स्वर्गीय सुशील कोइरालाको स्मृतिमा भवन निर्माण गरिएको हो । 

paribartan 1

‘सुशील कोइराला स्मृति भवन’ नाम दिइएको उक्त भवन तीन तल्लाको हुनेछ । तीन तल्ला निर्माणका लागि रु. ६० लाख खर्च हुनेछ । प्रारम्भमा पहिलो चरणमा एक तला भवन निर्माण हुनेछ । पहिलो तल्लाका लागि करिब रु. २५ लाख रकम विनियोजन गरिएको पार्टी वडा उपसभापति राजाराम सुवेदीले जानकारी दिए । पहिलो तल्लामा सभापति कोठा एक, कार्यालय सचिव कोठा एक, बैठक कक्ष एक वटा रहनेछ ।

भवन निर्माणका लागि पार्टीका क्रियाशील सदस्य सोही वडा निवासी रामकुमार बर्माले झण्डै रु. ४० लाख मूल्य बराबरको साढे आठ धुर जग्गा दान दिएका छन् । उपसभापति सुवेदीका अनुसार भवन निर्माणका लागि पार्टी वडा सभापति जगदिश कुर्मीको संयोजकत्वमा निर्माण समिति गठन गरिएको छ । निर्माण समितिमा उपसभापति सुवेदी समेत रहेका छन् । भवन निर्माणका लागि सोही वडा लगायत अन्य स्थानका पार्टी सदस्य तथा शुभचिन्तक तथा नेपाली काँग्रेसवाट जनप्रतिनिधिमा जितेकाहरुले स्वतःस्फूर्त आर्थिक तथा जिन्सी सहयोग गर्दै आएका छन् । 

सुवेदीका अनुसार भवन निर्माणका लागि राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले मोरङ्ग-गिट्टी, मख्खन धामीले रु. ५० हजार, डा. राजेश केशर खनालले रु. ११ हजार, नवराज शाहले रु. २५ हजार र नयाँराम पौडेलले रु. ११ हजार  सहयोग गरेका छन् । त्यस्तै पार्टीका अन्य क्रियाशील सदस्य, साधारण सदस्य तथा शुभेच्छुकहरुबाट पनि भवन निर्माणका लागि निरन्तर सहयोग प्राप्त भइरहेको छ । 

‘भवन निर्माणका लागि एकमुष्ट ठूलो आकारको रकम अहिलेसम्म कतैबाट पाइएको छैन । निर्माण समितिका सदस्यहरुले आफ्नो जिम्मेवारीमा उधारोमा आवश्यक सामग्री खरिद गरी भवन निर्माण गरिरहेका छन्’-उपसभापति सुवेदीले भने । ठूलो आकारको रकम जुटाउन केही साता अघि निर्माण समिति सदस्य उपसभापति सुवेदीले संघीय सरकारको सहरी विकास मन्त्रालयमा भवन निर्माण सहयोगका लागि रकमसहितको प्रपोजल बुझाएका छन् । ‘मन्त्रालयबाट सहयोग गर्ने आश्वासन प्राप्त भएको छ’-सुवेदीले भने । 

संघीय सरकारका साथै प्रदेश र स्थानीय सरकारसंग पनि भवन निर्माणका लागि आर्थिक सहयोगको प्रस्ताव छिट्टै लिएर जाने बताउँदै उपसभापति सुवेदीले यसै आर्थिक वर्षभित्र तीनै तल्ला निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए । ‘तीनै तहका सरकारले हाामीलाई सहयोग गर्छन भन्ने हाम्रो अपेक्षा छ,’-उपसभापति सुवेदीको भनाई छ । सुवेदीका अनुसार २०८१ चैत १० गते एक समारोहका बीच ‘सुशील कोइराला स्मृति भवन’ निर्माणको शिलान्यास गरिएको थियो । कांग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले भवनको शिलान्यास गरेका थिए ।  


प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  १५:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP