prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, साउन ४, २०८२ बागेश्वरी पोस्ट
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै

नेपालागञ्ज । निरंकुश राणा शासनविरुद्ध नेपालमा शुरु गरिएको क्रान्तिको अगुवाई गर्ने लोकतान्त्रिक आन्दोलनका नायक, नेपाली काँग्रेसका पूर्व पार्टी सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय वीपी कोइरालाको ४३औं स्मृति दिवस साउन ६ गतेदेखि विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमको आयोजना गरी देशैभरि मनाइँदैछ । 

paribartan 1

काँग्रेसका अनुसार स्मृति दिवसका अवसरमा देशैभर वृक्षारोपणका साथै वीपी कोइरालाको योगदानबारे चर्चा, परिचर्चा, लोकतान्त्रिक आन्दोलनका योद्धा तथा समाजमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान एवम् खेलकुद तथा शैक्षिक प्रतियोगिता लगायतका कार्यक्रम गरी स्मृति दिवस मनाउने कार्यक्रम तय गरिएको छ । 

नेपाली काँग्रेस बाँकेले पनि विभिन्न कार्यक्रमको आयोजना गरी स्थानीय तहमा स्मृति दिवस मनाउँदैछ । पार्टी सभापति नारायण प्रसाद गौडेलका अनुसार साउन ६ गते बिहान साढे ७ बजे नेपालगञ्ज वीपी चोकस्थित जननायक वीपी कोइरालाको शालिकमा माल्यार्पण, सोही दिन बिहान साढे १० बजे कोहलपुर-८ पिपरीस्थित शितल बनवाटिका तथा जैविक पार्कमा वृक्षारोपण कार्यक्रम राखिएको छ । 

यस्तै, साउन ६ गते प्रजातान्त्रिक सेनानी संघले बाँकेको कम्दीस्थित गौशालामा वृक्षारोपण कार्यक्रम राखेको छ भने सोही दिन प्रजातन्त्र सेनानी स्वर्गीय माया गिरीलाई मरणोपरान्त सम्मान गरिने संघका सचिव कृष्ण सापकोटाले बताए । 

स्मृति दिवसकै अवसरमा नेपाली काँग्रेस राप्तीसोनारी गाउँपालिकाका सबै वडा समितिहरुले साउन ६ गते वृक्षारोपण लगायतका कार्यक्रम गर्ने निर्णय गरेका छन् भने साउन ८, ९, १० र १२ नेपाल किसान महासंघले खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पताल प्रागंणमा वृक्षारोपण, हडियाबाबा मन्दिरमा सरसफाई, किसानहरुलाई निःशुल्क बीउविजन वितरण र वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । 

यसैगरी नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ क्षेत्रीय समितिले साउन ७ गते राप्तीसोनारी-७ नन्कौपुरस्थित अमरज्योति माविको प्रागंणमा पाठेघरको मुखको क्यान्सरको पहिचान तथा बाँझोपन सम्बन्धि एक दिने स्वास्थ्य शिविर आयोजना गर्दैछ । स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस बाँके, क्षेत्रीय समिति तथा भ्रातृ संगठनहरुले आयोजना गर्ने कार्यक्रमहरुमा पार्टी सभापति गौडेल, उपसभापति गोपाल प्रसाद अधिकारी, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, प्रवक्ता डिल्ली गिरी लगायतका नेता, कार्यकर्ता तथा स्थानीयहरुको उपस्थिति रहने जनाइएको छ । 

 


 


प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १९:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP