prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • ४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, साउन ६, २०८२ बागेश्वरी पोस्ट
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम

नेपालगञ्ज । निरंकुश राणा शासन विरुद्ध नेपालमा सुरु गरिएको क्रान्तिको अगुवाई गर्ने लोकतान्त्रिक आन्दोलनका नायक, नेपाली काँग्रेसका पूर्व पार्टी सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय वीपी कोइरालाको ४३औं स्मृति दिवस आज बाँके लगायत देशैभरि विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमको आयोजना गरी मनाइएको छ । 

paribartan 1

स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस केन्द्रीय समिति तथा विभिन्न तहका पार्टी कार्यालयहरुले देशैभर वृक्षारोपणका साथै सभा समारोहको आयोजना गरी महामानव स्वर्गीय वीपी कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रमहरुमा वीपीको राजनीतिक, समाजिक तथा साहित्यिक योगदानको चर्चा समेत गरिएको थियो । कार्यक्रमहरुमा विभिन्न समयमा भएका लोकतान्त्रिक आन्दोलनका शहिदहरुप्रति श्रद्धाञ्जली समेत व्यक्त गरिएको थियो । स्मृति दिवस साताव्यापीरुपमा देशैभरि मनाइने काँग्रेस केन्द्रीय समितिले जनाएको छ । 

दिवसकै अवसरमा नेपाली काँग्रेस बाँकेले आज बिहान नेपालगञ्जस्थित वीपी चोकस्थित वीपीको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले वीपीको शालिकमा माल्यार्पण गरेका थिए । त्यस अवसरमा प्रमुख अतिथि काँग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी र जिल्ला सभापति गौडेलले महामानव वीपी कोइरालाको बिचारको बाटो काँग्रेसले छाड्न नहुनेमा जोड दिए । 

May be an image of 5 people, monument and text that says 'I0 ajaria p'

स्मृति दिवसकै अवसरमा कोहलपुर-८ पिपरीस्थित शितल बनवाटिका तथा जैविक पार्कमा बाँके काँग्रेसले वृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो । उक्त पार्कमा विभिन्न जातका ८०० बिरुवा रोपिएका छन् । वृक्षारोपमा काँग्रेस केन्द्रीय सदस्य बाल्मिकी, सभापति गौडेल, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिवद्वय रेनु सिंह ठाकुर, विनोद कुमार थारु लगायत विभिन्न तहका पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सचिव कोइरालाले सञ्चालन गरेको कार्यक्रममा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, पूर्व पार्टी सभापति जननायक वीपी कोइराला र संविधानका पिता, पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको तस्वीरमा केन्द्रीय सदस्य बाल्मिकी र सभापति गौडेल लगायतले माल्यार्पण गरी श्रद्धान्जली व्यक्त गरेका थिए ।

May be an image of ‎4 people, temple, tree and ‎text that says '‎राष्ट्रियता लोकतन्र समाजवाद e नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व पार्टी सम एवम प्रशम जन निरवाचित प्रधानमन्त्री महाम कोड्दरालाको မိ औ स्मृती दिव अवसरमा आयोजित रोपण कार्यत्र م मंगलवार २0 तथा जैविक पार्क वকী‎'‎‎

यसैबीच, स्मृति दिवसकै अवसरमा नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ ले आज बिहान कोहलपुर शिक्षण अस्पतालका १०० जना बिरामीलाई फलफूल वितरण गरेको छ । क्षेत्रीय सभापति पोषण केसी लगायत क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्यहरु एवम् विभिन्न तहका नेता, कार्यकर्ताहरुले बिरामीहरुलाई फलफूल वितरण गरेका थिए । स्मृति दिवसकै अवसरमा क्षेत्रीय समितिले आजै राप्तीसोनारी-८ स्थित शिवशक्ति मावि र वडा नं. ५ स्थित भुवरभवानी माविको प्रांगणमा वृक्षारोपण गरिएको छ ।

May be an image of 5 people and hospital

क्षेत्रीय सभापति केसीका अनुसार स्मृति दिवसका अवसरमा क्षेत्रीय समितिले भोलि साउन ७ गते राप्तीसोनारी-७ नन्कौपुरस्थित अमरज्योति माविमा पाठेघर मुखको क्यान्सरको पहिचान र बाँझोपन सम्बन्धि एक दिने शिविरको आयोजना गर्दैछ । शिविरमा नेपालगञ्जस्थित एचसीआरसीका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य सेवा दिने जनाइएको छ । 

यस्तै वीपी कोइरालाको ४३औं स्मृति दिवसकै अवसरमा प्रजातन्त्र सेनानी स्वर्गीय माया गिरीलाई मरणोपरान्त सम्मान गरिएको छ । गिरीलाई प्रजातान्त्रिक सेनानी संघ बाँकेले सम्मान गरेको हो । आज डुडुवा गाउँपालिकाको कम्दीस्थित पशुपतिनाथ सामुदायिक वन कार्यालय परिसरमा भएको कार्यक्रममा प्रजातन्त्र सेनानी संघको तर्फबाट स्वर्गीय गिरीका सुपुत्र टिकानाथ गिरीलाई सम्मानपत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारीले सम्मानपत्र हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा उपसभापति अधिकारी, संघका केन्द्रीय सदस्य रुपमाया बस्नेत, प्रदेश महामन्त्री जयलाल न्यौपाने, प्रदेश सदस्य गोविन्द ढकाल, जिल्ला सचिव कृष्ण सापकोटा लगायतले बोलेको थिए । संघका अर्का सचिव डिल्ली रावतले संचालन गरेको कार्यक्रमको अध्यक्षता संघका उपाध्यक्ष परमेश्वरी पाठकले गरेकी थिइन् । सचिव सापकोटाका अनुसार दिवसका अवसरमा सोही सामुदायिक वन कार्यालय परिसरमा वृक्षारोपण समेत गरिएको थियो । 

May be an image of ‎9 people and ‎text that says '‎일 PaND रा्ट्मत्ता রীদরল मेपाली मिपालीका्रेसका एम प्रशम 星島現肉 समचनाच काब्रेसका संस्थापक नेता, ्पटी सभापति स्व. नि.पी. कोरालाको မ3 प्रधानमन्त्री प्रयानम महामाजव नुती दिनसको सम्मान तथा बृक्षारोपण कार्यत्रम अबसरमा आयोजित बहे হਰ 두려 मवार म्िर्कट आाययोजक तेटाल प्रजातत् जातबरं ਜनी सेजात สม तंघ जिल्ला कार्य रामिति, お Afr 장디 白本石 و निह्हरावा 소의‎'‎‎

यस्तै, महामानव वीपी कोइरालाको स्मृति दिवसका अवसरमा साउन ८, ९, १० र १२ नेपाल किसान महासंघले बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पताल प्रागंणमा वृक्षारोपण, नेपालगञ्जको हडियाबाबा मन्दिरमा सरसफाई, किसानहरुलाई निःशुल्क बीउविजन वितरण र वक्तृत्वकला प्रतियोगिता कार्यक्रम आयोजना गर्दैछ । 

May be an image of 4 people and tree


 


प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  २०:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP