नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन १२, २०८२ बागेश्वरी पोस्ट
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण

नेपालगञ्ज । नेपाली काँग्रेसका पूर्व पार्टी सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय वीपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा नेपालगञ्जको मंगल प्रसाद माविमा आज सरसफाई तथा वृक्षारोपण गरिएको छ । 

नेपाली काँग्रेस बाँके २ नम्बर क्षेत्रीय कार्यसमितिले आयोजना गरेको सरसफाई तथा वृक्षारोपण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, बाँके सभापति नारायण प्रसाद गौडेल, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, पूर्व मन्त्री सुरेन्द्र बहादुर हमाल, महिला नेतृ उमा थापा मगर लगायत जिल्ला स्तरीय नेता तथा कार्यकर्ता, विद्यालयका शिक्षक-शिक्षिका र विद्यार्थीहरुको सहभागिता रहेको थियो । सरसफाई तथा वृक्षारोपण कार्यक्रमलाई नेपाल स्काउटका छात्रछात्राहरुले सघाएका थिए ।

नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ताका अनुसार कार्यक्रममा विद्यालय प्रागंणको झारपात तथा फोहरहरुको सरसफाई गरिनुका साथै विभिन्न जातका ३५ वटा विरुवा रोपिएका थिए । कार्यक्रममा जननायक स्वर्गीय विपी कोइराला र संविधानका पिता, पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको तस्वीरमा माल्यार्पण गरिएको थियो । त्यस अवसरमा लोकतान्त्रिक आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहिदहरुप्रति एक मिनेट मौनधारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

क्षेत्रीय सभापति गुप्ताको अध्यक्षतामा भएको सरसफाई तथा वृक्षारोपण कार्यक्रममा केन्द्रीय सदस्य बाल्मिकी, बाँके सभापति गौडेल, सचिव कोइराला, कोषाध्यक्ष बस्नेत, पूर्व मन्त्री हमाल, नेता सुनिल सिंह राणा, महिला नेतृ थापा मगर, विद्यालयका प्रधानाध्यापक सन्ध्या गुप्ता लगायतले विपी कोइरालाको बहुआयामिक ब्यक्तित्व र काँग्रेसको सांगठानिक अवस्थाबारे प्रकाश पारेका थिए ।


प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  २०:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP