नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राप्तीसोनारीका ३ र ४ मा गाउँपालिकाको आफ्नै बजेटबाट बिद्युत बिस्तार
राप्तीसोनारीका ३ र ४ मा गाउँपालिकाको आफ्नै बजेटबाट बिद्युत बिस्तार
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत ६, २०७६ बागेश्वरी पोस्ट
राप्तीसोनारीका ३ र ४ मा गाउँपालिकाको आफ्नै बजेटबाट बिद्युत बिस्तार

बाँके(अगैया)।राप्तीसोनारी गाउँपालिकाको आफ्नै लगानीमा बिद्युत बिस्तारको काम सुरु भएको छ ।

बर्षौदेखी बिद्युत विहिन अवस्थामा रहेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ४ मा बिद्युतीकरण गर्न पोल गाड्ने काम सुरु गरिएको हो । बिद्युतीकरणका लागि बिहीबारबाट पोल गाड्ने काम सुरु भइसकेको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ बैसामा गाउँपालिका अध्यक्ष लाहुराम थारुले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् ।

नेपाल बिद्युत प्राधिकरणले लगाएको ठेक्काको विवाद नसुल्झेपछि गाउँपालिकाले आफ्नै बजेटबाट बिद्युतीकरणको काम सुरु गरेको होे । सर्बसाधारणलाई बिद्युत सेवाबाट बञ्चित हुन नदिन गाउँपालिकाले आफ्नै बजेटबाट बिद्युतीकरणको काम सुरु गरेको अध्यक्ष थारुले प्रष्ट्याए । यसका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६÷०७७ मा एक करोड ८९ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए । अध्यक्ष थारुका अनुसार चालु वर्षभित्र वडा नम्बर ३ र आगामी आर्थिक वर्षको बजेटबाट वडा नम्बर ४ मा बिद्युतीकरणको काम सम्पन्न गरिनेछ ।

बिद्युत बिहिन अवस्थामा रहेको राप्ती सोनारीको वडा नम्बर ५ मा भने बिद्युत प्राधिकरणकै ठेक्का यथावत रहेको बताइएको छ । बिद्युतीकरण शिलान्यास गरिसकेपछि बोल्दै गाउँपालिका अध्यक्ष थारुले गाउँपालिकाले बिद्युतीकरणको कामलाई उच्च प्राथमिकतामा राखेको बताए । बिद्युतीकरणको काम सम्पन्न गर्न संघ र प्रदेश सरकारसँग आवश्यक पहल गर्ने र सम्भव नभएमा गाउँपालिका आफैले बजेट थपेर भएपनि कामलाई पुर्णता दिने प्रतिबद्धता जनाए । बिद्युतीकरणका लागि वडा नम्बर ३ मा कुल १ सय ९५ वटा पोल गाड्ने योजना छ ।

 

पोल गाडिसकेपछि तार बिस्तार गर्ने काम सुरु गरिने गाउँपालिकाले जनाएको छ । बिद्युत पोल गाड्न सुशान निर्माण सेवाले ठेक्का सम्झौता गरिसकेको छ । गाउँमा बिद्युतीकरणका लागि धमाधम पोल गाड्ने काम सुरु भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । अलपत्र अवस्थामा रहेको बिद्युतीकरणको काममा गाउँपालिकाले हात हालेको भन्दै स्थानीय बासिन्दा हर्षित भएका हुन् ।

सोनारी बघौडा ग्रामिण बिद्युतीकरण समितिका सदस्य तथा स्थानीय समाजसेवी प्रेमराज श्रेष्ठले राजनीतिक प्रतिशोधका नाममा राप्तीपारीका जनतालाई बिद्युत सेवाबाट कसैले पनि बञ्चित गर्न नहुने बताए । राप्तीपारी क्षेत्रमा बिद्युत बिस्तारको माग राख्दै पटक पटक धाउनु परेको स्मरण गर्दै उनले अब बिद्युतीकरणको कामले चाडैं पुर्णता पाउने विश्वास ब्यक्त गरे । गाउँपालिकाले बिद्युतीकरणको काममा कुनै कसर बाँकी राख्न नहुनेमा उनको आग्रह छ ।


प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  २०:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP