नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, साउन ३१, २०८२ बागेश्वरी पोस्ट
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने

नेपालगञ्ज । नेपाली काँग्रेसले जिल्लास्तरका नेता तथा कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्ष दिन लागेको छ । नेपाली काँग्रेसको केन्द्रीय परिपत्र अनुसार पार्टीको प्रशिक्षण शाखाले बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा प्रशिक्षण दिन लागेको हो ।काँग्रेस बाँकेको प्रशिक्षण शाखा प्रमुख एवम् पार्टी उपसभापति गोपाल प्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले यही भाद्र १४, १५ र १६ गते प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले भाद्र १४ गते निर्वाचन क्षेत्र नम्बर ३ को बैजनाथ गाउँपालिका, भाद्र १५ गते निर्वाचन क्षेत्र नम्बर २ को डुडुवा गाउँपालिका र भाद्र १६ गते निर्वाचन क्षेत्र नम्बर १ को कोहलपुरमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो ।

प्रशिक्षणमा लोकतान्त्रिक समाजवाद, नेपाली कांग्रेसको आर्थिक नीति, उपलब्धि र भावी कार्यदिशा, ⁠नेपाली कांग्रेसको तहगत संरचना र नेतृत्व विकास, ⁠सांगठनिक अवस्था र संगठन विस्तारको रणनीति, ⁠नेपाली कांग्रेसको आदर्श तथा सिद्धान्त, नेपालको संविधान कार्यान्वयनमा कांग्रेसको भूमिका, ⁠संगठन विस्तारमा प्रविधिको प्रयोग र प्रभावका विषयबस्तुमा केन्द्रीय, प्रदेश र जिल्लास्तरका विज्ञले प्रशिक्षण दिनेछन् ।

प्रशिक्षणमा जिल्ला कार्यसमितिका सदस्य, महासमिति सदस्य, महाधिबेशन प्रतिनिधि, प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिका पदाधिकारी, प्रदेश प्रतिनिधि, प्रदेश सभा (१) र (२) का कार्यसमितिका पदाधिकारी, पालिकाभित्रका वडा सभापति, पार्टीबाट निर्वाचित वडा अध्यक्षहरुलाई प्रशिक्षण तथा अभिमुखीकरण गरिने शाखा प्रमुख अधिकारीले बताए ।उनका अनुसार प्रशिक्षण तयारीका लागि शाखाका पदाधिकारीलाई कार्य विभाजन तथा जिम्मेवारी प्रदान गरी आवश्यक तयारी शुरु भएको छ । काँग्रेस बाँके प्रशिक्षण शाखाले नियमित रुपमा विभिन्न तहका आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिँदै आएको जनाएको छ । 


प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  २१:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP