prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, भदौ ३, २०८२ बागेश्वरी पोस्ट
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'

नेपालगञ्ज । नेपालगञ्जकी चेली नविना रानाभाट एपिवन टेलिभिजनबाट प्रशारण भइरहेको रियालिटी शो 'एक्टिंग स्टार' को उत्कृष्ट दश (टप टेन) मा पर्न सफल भएकी छिन् । आफ्नो अभिनयको बेग्लै र गहिरो छाप छोड्न सफल भएकी नविना ४०० बढी प्रतिष्पर्धीलाई उछिन्दै निरन्तर अघि बढिरहेकी छिन् । उनलाई आज गृहनगर नेपालगञ्जमा भब्य स्वागत गर्दै मिडिया क्याम्पेन समेत गरिएको छ ।

May be an image of 6 people and dais

नेपालगञ्ज ग्यालरीको आयोजनामा गरिएको मिडिया क्याम्पेनमा नविनालाई 'एक्टिंग स्टार' को उपाधि दिलाउन सबै लाग्नुपर्नेमा जोड दिइएको छ । सशक्त र जीवन्त अभिनयले जजहरुको समेत मन जितिरहेकी नविनाले निरन्तर उत्कृष्ट प्रस्तुति दिँदै आएकी छिन् । कलाकारितालाई नै अब आफ्नो मूल मन्त्र ठानेर अघि बढ्ने बताएकी नविनाले आफूलाई भोट गरिदिएर सपना साकार बनाउने अभियानमा साथ दिन आग्रह गरिन् । अबका दिनमा पनि हरेक इपिसोडमा उत्कृष्ट र दमदार प्रस्तुति दिने गरी आफ्नो तयारी रहने भन्दै उनले बाँके र लुम्बिनीका विषयबस्तुलाई पनि अभियनको 'थिम' बनाउने उद्घोष समेत गरिन् । नविनाले रियालिटी शोमार्फत कला कौशल देखाएर यहाँसम्म आइपुग्दा आफ्नो पहिलो सपना पूरा भएको बताउँदै अब टाइटल जित्ने आफ्नो अर्को सपना पूरा गर्न सबैको साथ आवश्यक रहेको उल्लेख गरिन् । 

May be an image of 3 people, dais, temple and text

नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव भिम बहादुर रानाभाट र निशा रानाभाटकी छोरी नबिनालाई अब पश्चिम नेपालकी छोरी ठानेर रियालिटी शो 'एक्टिंग स्टार' को उपाधि दिलाउने गरी सबै लाग्नुपर्ने आवश्यकता औंल्याइएको छ । उनको सशक्त अभिनय र कला क्षमताको उच्च कदरका निम्ति पनि उनी विजेता बन्नुपर्नेमा जोड दिइएको छ । कार्यक्रमकी प्रमुख अतिथि लुम्बिनी प्रदेश सदस्य कृष्णा केसी नमुनाले नविनालाई जिताउनका लागि भोट गर्न सबैलाई आह्वान गरिन् । उनले नविना नेपालगञ्ज मात्रै नभएर पश्चिम नेपालकी क्षमतावान छोरी भएको भन्दै उनको जित सबैको जित हुने बताइन् ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले आफ्नो जीवन्त अभिनयमार्फत दर्शकको मत जितिरहेकी नविना नेपालगञ्जको गौरब भएको भन्दै उनको अभिनय कलाको प्रोत्साहन र निरन्तरताका लागि पनि उपाधि जिताउन सबै लाग्नुपर्ने बताए । पर्याप्त भोटको अभावमा राम्रो प्रतिभा पनि छिट्टै आउट हुने अवस्था आउन सक्ने भन्दै गिरीले नविनालाई भोट गर्न कञ्जुस्याँई गर्न नहुने बताए । उनले नविनालाई खुलेर भोट गर्न अह्वान गरे । स्थानीय पत्रकार, जनप्रतिनिधि, व्यवसायी, कलाकार लगायत विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति रहेको कार्यक्रममा नविनाको जितका लागि सामूहिक भोट अपिल गरिएको छ ।

May be an image of 7 people and dais

मिडिया क्याम्पेन कार्यक्रममा नबिनाका बुवा भीमले उनी अब आफ्नो मात्र छोरी नभएर समग्र कला पारखी र पश्चिम नेपालको चेली भएको भन्दै अत्याधिक भोटका लागि लागिदिन सबैलाई आग्रह गरे । कार्यक्रमको सहजीकरण नेपालगञ्ज ग्यालरीका एडमिन समिरमान श्रेष्ठले गरेका थिए । 

May be an image of 2 people, people studying and tableMay be an image of 3 people and text that says 'ACTING STAR VOTE VOTEFOR FOR Nabina Rana Bhat Nepalgunj, Banke हजुरहरुको साथ र समर्थन मेरो सफलताको आधार हो| भोट गरेर मलाई साथ दिनुहोस। यदि तपाईहरूलाई App मार्फत भोट गर्न समस्या भइरहेको भए दिइएको QR Code मार्फत पनि भोट को लागि आर्थिक सहयोग गर्न सक्नु हुनेछ। Voting App Nepal OSR Connect Laxmi Sunrise International Cinemaghar eSewa'


प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १८:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP