नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अन्ततः ४ घन्टापछि सिल्क एयरबाट यात्रु ओराल्न सरकार बाध्य !
अन्ततः ४ घन्टापछि सिल्क एयरबाट यात्रु ओराल्न सरकार बाध्य !
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत ९, २०७६ बागेश्वरी पोस्ट
अन्ततः ४ घन्टापछि सिल्क एयरबाट यात्रु ओराल्न सरकार बाध्य !

काठमाण्डौ । नेपाल सरकारको निर्णय विपरित काठमाण्डौ आइपुगेको जहाजका यात्रुलाई अन्ततः ओराल्न सरकार बाध्य भएको छ । अवतरण भएको करिब ४ घण्टापछि सिल्क एयरबाट काठमाडौं आएका ९८ जना यात्रुलाई विमानबाट बाहिर ल्याइएको हो।

कोरोना भाइरस संक्रमणको शंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले अवतरण भएको जहाजबाट यात्रु झर्न रोके पनि यात्रुहरूले जहाजभित्रै आन्दोलन गर्न थालेपछि उनीहरूलाई बाहिर ल्याइएको हो।

उनीहरुको स्वास्थ्य परीक्षणपछि क्वारेन्टाइनमा पठाउनका लागि अहिले प्रक्रिया जारि छ ।(१बजे राति, आइतबार) विमानस्थल प्रशासनका अनुसार मध्यराति १२ बजेपछि जहाजका यात्रुको स्वास्थ्य परीक्षण थालिएको हो। स्वास्थ्य परीक्षणपछि उनीहरूको अध्यागमन जाँचपासको प्रक्रिया अघि बढाइने छ ।

‘अवतरण नगर्न भन्दाभन्दै इन्धन सकिएको भन्दै पाइलटले शनिवार बेलुकी ८:३५ मा विमानस्थल अवतरण गराए,’ विमानस्थल स्रोतले भन्यो । जहाजभित्र रहेका यात्रुहरू कोरोनाको उच्च संक्रमण भएका मुलुकहरूबाट आएको आशंकामा विमानबाट बाहिर ल्याउने अनुमति दिइएको थिएन।

विमानभित्र १ जना अष्ट्रेलियन् र ९७ जना नेपाली नागरिक छन्। उनीहरू विभिन्न देश हुँदै सिल्क एयरबाट काठमाडौं आएका थिए। विमानभित्र रहेका यात्रुलाई बाहिर ल्याइए पनि काठमाडौंबाट सिंगापुर जान लागेका १६० जना यात्रुको उडान भने रोकिएको छ ।

काठमाडौं-सिंगापुर उडान रद्द गरिएको हो । सोही हवाईजहाजबाट सिंगापुर जानका लागि १६० जना यात्रुहरुले बोर्डिङ पाससमेत लिएका थिए । उनीहरुले पनि केहीबेर विमानस्थलमा होहल्ला गरेका थिए । अहिले भने होटलमा लगेर राखिएको छ ।

सरकारले यसअघि विभिन्न मुलुकबाट आएका ६१ जनालाई शनिबार साँझ खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा क्वारेन्टाइनमा राखेको थियो। सरकारले यसअघि नै चैत ९ अर्थात आइतबारबाट चैत १८ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने घोषणा गरिसकेको थियो।


प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  ०५:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP