prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ २०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  •   मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा 'संवाद कार्यक्रम'
  मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा 'संवाद कार्यक्रम'
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, भदौ १९, २०८२ बागेश्वरी पोस्ट
  मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा 'संवाद कार्यक्रम'

नेपालगञ्ज । मानव बेचबिखन नियन्त्रण गर्नका लागि बनेका कानुनहरुको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । १९औं मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका कार्यालय तथा लैंगिक हिंसा विरुद्धको निगरानी सञ्जालको आयोजनामा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० मा गरिएको संवाद कार्यक्रमका सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् । 

कार्यक्रममा समुदायका नागरिकहरुले भोगिरहेका समस्या तथा जिज्ञासाहरुमाथि सरोकारवालाहरुसंग सवालजवाफ गरिएको थियो । कार्यक्रममा समुदायका सवालहरु सम्बोधन गर्दे प्यानलमा सहभागी विशिष्ट ब्यक्तिहरुले खुला सिमाना, गरिबी, बेरोजगारी, लैंगिक असमानता, शिक्षा र सीपको कमीले गर्दा महिला, बालबालिका र युवाहरु बढी जोखिममा रहेको बताएका थिए । 

कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधिवक्ता दशरथ गौतमले मानव बेचबिखनबिरुद्ध कानुनी संरचना, राष्ट्रिय कार्ययोजना र विभिन्न अभियानहरु भए पनि चुनौतीहरु उस्तै गम्भीर रुपमा रहेको बताए । उनले यसका लागि तीनै तहका सरकार, कानुनी निकाय, सुरक्षा निकाय, संघ संस्था र समुदायले आफ्नो ठाउँबाट प्रतिबद्ध भएर लाग्नुपर्ने बताए ।  

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले स्थानीय तहले मानव बेचबिखन नियन्त्रण गर्नका लागि कोष स्थापनादेखि लिएर विभिन्न संघ संस्थाको समन्वयमा सचेतनामूलक कार्यक्रम गर्दै आएको बताए । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका बरिष्ठ महिला बिकास अधिकृत पवित्रा कुमारी पुरीले अनुसन्धान र प्रमाण संकलनमा कठिनाई हुने गरेका कारण पनि मानव बेचबिखको सवालमा काम गर्न चुनौती थपिएको बताइन् । 

May be an image of 1 person and text

लैंगिक हिंसा बिरुद्धको निगरानी सञ्जालका अध्यक्ष केशव कोइरालाले मानव बेचबिखनसंग जोडिएका मुद्धाहरुलाई प्राथमिकताका साथ उठान गरिनुपर्ने बताए । उनले यसका लागि विभिन्न संघ संस्थाहरुले समन्वय र सहकार्य गरेर काम गरिरहेको जानकारी पनि गराए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक याम बहादुर बुढा मगरले मानव बेचबिखनको पछिल्लो स्वरुप अनुसार सीमा क्षेत्रमा निगरानी बढाइएको बताए ।

कार्यक्रममा सहभागीहरुका तर्फबाट लोचन केसी, दिपा झा, आशा खड्का, आशा कुमारी बिक, दिपिका देबकोटा लगायतले प्रश्न गरेका थिए । कार्यक्रममा समुदाय स्तरका ६० बढी स्थानीयहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले मानव बेचबिखन बिरुद्ध एक हुने र समस्या समाधानका लागि एकजुट हुने प्रतिबद्धता पनि ब्यक्त गरेका छन् । संवाद कार्यक्रम समापनपछि सहभागीहरुले ब्यानगर प्रदर्शन गर्नुका साथै सचेतनामूलक नारा समेत लगाएका थिए ।

May be an image of 4 people and text

दिवसको पूर्व सन्ध्यामा गरिएको कार्यक्रममा समुदायका ब्यक्तिहरुले आफूले भोगिरहेका समस्याहरु खुलेर बताएका थिए । दिवस अन्तर्गत सरोकारवालाहरुबीच छलफल, विद्यालय स्तरीय कार्यक्रम, मानव बेचविखन विरुद्धको छड्के अनुगमन लगायतका कार्यक्रमहरु पनि गरिने जनाइएको छ । साथै बालश्रमको अनुगमन समेतलाई कार्यतालिकामा प्राथमिकताका साथ राखिएको र बालश्रमिक राखेका ब्यवसायी तथा उद्योग, ग्यारेजलाई आफ्नोमा भएका बालश्रमिकलाई तुरुन्त पुनःस्थापना नगरे सशक्त कारबाही गरिने नेपालगञ्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका बरिष्ठ महिला बिकास अधिकृत पुरीले बताइन् ।

कार्यक्रमको सहजीकरण पत्रकार साबित्री गिरीले गरेकी थिइन् । कार्यक्रमममा सहयोग र सहकार्य माइती नेपाल, शक्ति समूह, एएचएफ नेपाल, रेडियो कृष्ण्सार, साथी संस्था, ज्ञान नेपाल, साना हातहरु, आइएनएफ नेपाल, आरएचइएसटी, किन नेपाल, अभियान नेपाल, शान्ति पुनःस्थापना गृह र आशिष सामाजिक सेवा नेपाल लगायतका संघसंस्थाहरुले गरेको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी महिला विकास अधिकृत आशा कुमारी शाहीले जनकारी दिइन् । 


 


प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  २१:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वच्छ सफा नेपालको १२औँ वार्षिक साधारण सभा सम्पन्न
स्वच्छ सफा नेपालको १२औँ वार्षिक साधारण सभा सम्पन्न
  मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा 'संवाद कार्यक्रम'
  मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा 'संवाद कार्यक्रम'
नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय
नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय
जोखिमपूर्ण यात्रामा रहेका ५१२ जनाको नेपालगञ्ज नाकाबाट उद्दार
जोखिमपूर्ण यात्रामा रहेका ५१२ जनाको नेपालगञ्ज नाकाबाट उद्दार
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP